• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १, २०८३ Thu, Sep 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

अपरिपक्वताले एक्लिँदै कप्तान! 

64x64
दीप सुवेदी शनिबार, असार १८, २०७९  १८:२४
1140x725

काठमाडौं– नेपाली क्रिकेटमा सुनिँदै आएको कुरा हो–यहाँ गुट, उपगुट छ। यही कारण नेपाली क्रिकेटले गति लिएन र उपलब्धीहरू गुमाउँदै गयो। 

शनिबार बिहान कप्तान सन्दीप लामिछानेले गरेको एक ट्वीटले पनि यही संकेत दिन्छ। विश्वकप लिग–२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा हुने त्रिकोणात्मक ओडीआई सिरिजको तयारीका लागि क्यानडा पुगेका सन्दीपले आफूलाई कसैले सहयोग नगरेको आशय झल्कने ट्वीट गरेका छन्।

‘समर्थन शून्य। चिन्ता छैन, तिमीले यो भिडन्त एक्लै लड्नुपर्ने थियो,’ सन्दीपले ट्वीटरमा लेखेका छन्। सन्दीपले भनेको जस्तै हो, केही गर्न चाहनेलाई नेपाली क्रिकेटमा समर्थन शून्य छ। पूर्वकप्तान पारस खड्कादेखि ज्ञानेन्द्र मल्लको हातमा कप्तानी जिम्मेवारी आइपुग्दा यसलाई नकार्न सक्ने स्थिति थिएन। 

पारसले कप्तानीबाट सन्यास लिनुभन्दा अगाडि एकदशकसम्म मैदानभित्र होस् या बाहिर उत्तर कोरियाका ‘सुप्रिम लिडर’ किम जोङ उनले जस्तै एक छत्र राज गरे। ‘नन टेस्ट प्लेइङ नेसन्स’मा विश्वमै सर्वाधिक सम्भावना बोकेको देश नेपालमा संघले क्रिकेट विकास र खेलाडीको लागि केही गर्न सकेन। 

यसबीचमा टंक आङबुहाङ, विनयराज पाण्डे र चतुरबहादुर चन्दबीच नेपाल क्रिकेट संघ (क्यान)को नेतृत्व हत्याउने होडबाजीले क्रिकेट विस्तारै धरासायी बन्दै गयो। यसको फाइदा भने पारसले उठाउन भ्याए। धमिलो पानीमा पनि माछा मार्न सिपालु पारसले प्रशासनिक, खेलाडी छनोट र टोलीको सर्वाधिकार लिए। एसोशिएटकै सर्वाधिक लोकप्रिय खेलाडी बनेका पारस ब्याट र बलको जादुले नेपाली क्रिकेटलाई माथि त पुर्‍याए नै मिठो बोल्ने शैलीले अन्तर्राष्ट्रिय जगतमै पनि अलग पहिचान बनाउन सफल भए। 

त्यो बेला यस्तो स्थितिसमेत सिर्जना भयो कि पारसले भनेपछि प्रशिक्षक र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) होस् या क्यान कसैले नाइँ भन्नै सक्दैन थिए। यही कारण पारसले सबै खेलाडीलाई आफ्नै क्यापमा ताने र क्यानविरुद्ध एक ढिक्का बनाए। सन् २०१४ मा बंगलादेशमा आईसीसी टी–२० विश्वकप खेलेर फर्किएपछि क्यान पदाधिकारीलाई भ्रष्टाचारको मुद्दामा अख्तियार पुर्‍याइयो।

जुन कामले पारसको कद झनै उँचो बन्यो। आईसीसीले पनि क्यान प्रतिबन्ध लगायो। चाहेर होस् या नचाहेर क्यानको सम्पूर्ण अधिकार पारसको हातमा पुग्यो। त्यसपछि क्यानको नम्बर एक शत्रु बने पारस। त्यही प्रतिबन्धनको समयमा सन्दीप लामिछानेको उदय भयो। आफूलाई मेन्टेन गर्ने, मिडियाको अगाडि अंग्रेजीमा जवाफ फर्काउन सक्ने र संसारका सबै लिग खेलेका सन्दीप नेपाली क्रिकेटको नयाँ परिचय बन्यो। 

सानो उमेरमा अपत्यारिलो सफलता पाएका सन्दीपलाई पारसपछि नेपाली हाँक्न सक्ने गतिल्लो उत्तराधिकारीका रुपमा लिइएको थियो। तर, सन्दीपले पारसको गुटबन्दीमा साथ दिएनन्। त्यसैकारण होला अचानक पारसले सन्दीपको नामसमेत लिन चाहेनन्। सन्दीपले गल्ती स्वीकारेर या सम्मानस्वरुप सञ्जालमा पारस दाइ, भगवान! आदि–आदि भन्दै पोस्ट गरिरहे। प्रोफाइल पिक्चर समेत उनको तस्बिर राखे। तर, अहँ पारसको मन पग्लिएन।

Ncell 2
Ncell 2
nimb
nimb

यो विवाद चलिनै रह्यो। त्यसैबेला पारसकै कप्तानीमा नेपालले ऐतिहासिक एकदिवसीय मान्याता पायो। एउटा सक्षम खेलाडी मात्र नभइ निडर र उत्कृष्ट लिडरको भूमिकामा उनी खरो उत्रिरहे। विश्वकप २०१४ पछि खस्किएको नेपाली क्रिकेटले फेरि लय समाउने संकेत देखायो।

२०१९ अक्टोबरमा आईसीसीले क्यानमाथि लगाएको निलम्बन फुकुवा गर्‍यो। यसको अर्थ अब नेपाली क्रिकेटको बागडोर व्यक्तिको नाममा नभई संघमा पुग्यो। यो निर्णय आएको भोलिपल्ट पारसले सबै समर्थकलाई चकित पार्दै कप्तानबाट राजीनामा दिए।

पारसले चाहेको भए कप्तानी नछोड्न सक्थे। तर, नयाँ संघको तिक्तताको कारण उनी कप्तानी त्याग्न बाध्य भए। त्यसपछि पदाधिकारीहरुसँग दोहोरो कुराकानी नभएको आफैंले विभिन्न सञ्चारमाध्यमहरुमा बताएका थिए। 

गुटमा नलाग्ने र घरेलु प्रतियोगितमा सफल कप्तानको नेतृत्व गरेका शरद भेषवाकरले कहिल्यै पारसको विकल्पको रुपमा हेरिएन र उपकप्तान समेत बन्ने मौका पाएनन्। 

तर, कप्तानी छाडे पनि आफूनिकट आउट अफ फर्म रहेका ज्ञानेन्द्र मल्ललाई कप्तान नियुक्त गर्न लबी क्यानसँग गरिरहे। र, पारस सफल पनि भए। अघिल्लो वर्ष अप्रिलमा क्यानले नेपाल, नेदरल्यान्ड्स र मलेसियासम्मेलित टी–२० सिरिज आयोजना गर्‍यो। तर, पारसको ठाउँमा सन्दीप जोराले मौका पाए।

पारसबिना टिमको ब्याटिङ अर्डर पूर्ण रुपमा बदलियो। नयाँ प्रशिक्षक डेभ वाट्मोरले कुशल भुर्तेल र आरिफ शेखलाई मौका दिए। जसमा उनीहरु खरो उत्रिए। सञ्जालमा पारसले दुवै खेलाडीको तारिफ गरे। तर, प्रतियोगिता अवधिभर कीर्तिपुरस्थित त्रिवि क्रिक्रेट मैदानमा पाइलासमेत टेकनन्।

संघसँगको तिक्तता र प्रशाशनिक नेतृत्वको मोहका कारण ओमन सिरिज अगाडि अगस्टमा पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए। र, अन्त्य भयो एक युगको। भित्र खेल छोडेर बाहिरी मैदानमा उत्रेका पारसले चलाखीपूर्ण आफ्नै चाल चाल्न थालिसकेका थिए। मैदान भित्रको कमाण्ड मल्लले सम्हालेका थिए। त्यसैले पारस खुलेर राजनीतिमा होमिए। 

उनको सन्यासपछि नेपाली क्रिकेटमा ‘ग्रेडिङ’को विषयमा लिएर फेरि संघ र खेलाडीबीच चर्काचर्की सुरु भयो। पारस र ज्ञानेन्द्र खेलाडीको मुद्दा उठाएर मैदान भित्र बलियो बन्न चाहन्थे। तर, क्यानले भने खुट्टा कमाएन। ज्ञानेन्द्रलगायत उपकप्तान दीपेन्द्रसिंह ऐरी, फास्ट बलर सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गर्दै सन्दीपलाई कप्तानी जिम्मेवारी दियो।

क्यान सन्दीपलाई कप्तानी जिम्मेवारी दिँदै टोलीमा देखिएको गुट र उपगुट अन्त्य गर्न चाहन्थ्यो। टिमलाई एकजुट बनाउने जिम्मेवारी कप्तान कै हो। तर, सन्दीपमा त्यो जिम्मेवारी बहन गर्ने क्षमता पक्कै थिएन। क्यानले नै टिममा गुट र उपगुट रहेको बताइरहँदा सन्दीपले भन्नुपर्थ्यो–पहिला टिमलाई एकजुट बनाउनुस्, अनि कप्तान।  

सायद त्यो बेला सन्दीपले टोलीको कप्तानी जिम्मेवारी नलिएको भए अहिले ज्ञानेन्द्र झै उनी टोलीमा स्थान बनाउन संघर्ष गर्दै गरेका हुने थिए। विगतमा पारस गुटले गरेको व्यवहार र चम्किलो करिअरलाई बचाइराख्न सन्दीपलाई योभन्दा ठूलो मौका केही मिल्ने थिएनन्। त्यसैले होला सन्दीपले पनि नाइ भन्न सकेनन्।

तर, यसले क्रिकेटलाई दुर्घटनातिर धकेल्दै गयो। ओमन सिरिजमा प्रत्येक खेलपछि व्यक्तिगत प्रदर्शनको तारिफ गर्दै तस्बिरसहित सामाजिक सञ्जालमा प्रशंसा गर्ने पारसले खेलाडीको बखान गरिरहे। तर, उत्कृष्ट प्रदर्शनका वावजुद सन्दीपको नामसमेत लिएन्। पारसले नेपाली क्रिकेट सम्बन्धी लेखेको आफ्नै ब्लगमा सबै खेलाडीको नाम लिए, तर सन्दीपको छुटाएका छन्। कुरा जे भए पनि पारस र सन्दीप बीच ठूलो दरार थियो।

ओमान भ्रमणमा पनि सन्दीपलाई ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीसहित सिनियर खेलाडीले अलग्याउन खोजेको आरोप लागिरह्यो। तर, विनोदले भने समाजिक सञ्जालमा यसको स्ष्टीकारण दिँदै टिममा कुनै गुटबन्दी नगरेको दाबी गरे।

सन्दीपले पनि टिमलाई बचाइरहन टोलीमा कुनै गुट र उपगुट नरहेको बताउँदै आए। उनीहरुले जे भने पनि क्यानले ज्ञानेन्द्रलाई लगातार तीन सिरिजमा मैदान बाहिर राख्दै टोलीमा रहेको गुट र उपगुटलाई अन्त्य गर्न खोजिरहेको सन्देश दिरहेको थियो। 

सन्दीपले नै शनिबार सामाजिक सञ्जालमा लेखेको ‘चिन्ता छैन, तिमीले यो भिडन्त एक्लै लड्नु पर्ने थियो’ले टोलीमा गुट रहेको स्पष्ट पार्छ। खेलमार्फत् नै आफ्नो भविष्य बनाउने सोचमा रहेका खेलाडीहरुले क्रिकेटमा रहेको गुट र उपगुटबारे खुलेर बोल्न सक्दैनन्। तर, खेलाडीहरुले बेलाबेलामा घुमाउँरो ढंगले प्रस्तुत गर्ने आफ्नो भनाइले भने टोलीमा ठूलो खाडल रहेको प्रष्ट पार्छ। 

माथि उल्लेखित घटनाक्रम र इतिहासले पनि सन्दीपको यो ट्वीट सामान्य रुपमा लिन मिल्दैन। न त विगतका पारसले गरेका कार्यले नै टोलिभित्र सौहार्दपूर्ण सम्बन्ध छ भनेर पत्याउन सक्ने अवस्था छ। त्यसैले क्यानले यसबारे बेलैमा सोच्न आवश्यक छ। नत्र नेपाली क्रिकेट सन् २०१४ पछि कै स्थितिमा नफर्किएला भन्न सकिँदैन।

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक बुधबार, भदौ ३१, २०८३
रविको सहमति बिना उद्योगमन्त्री बनेका हुन् दीपक साह? बुधबार, भदौ ३१, २०८३
रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ६ हजारभन्दा बढी अझै बेपत्ता बुधबार, भदौ ३१, २०८३
न्यायिक पदलाई राजनीतिक पुरस्कार नबनाउन नेपाल बारको चेतावनी बुधबार, भदौ ३१, २०८३
विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन उडाउन रोक बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्