काठमाडौं– बाढी पूर्वानुमा महाशाखाले सिन्धुपाल्चोकको मेलम्ची नदीको जलाधार क्षेत्रमा भारी वर्षा भइरहेको जनाएको छ। गुम्थाङ, धाप, नकोटेलगायत स्थानमा भारी वर्षा मापन भएको महाशाखाले जानकारी दिएको छ।
मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको महाशाखाको भनाइ छ।
यस्तै, धापमा ४३.४ र गुम्थाङमा ४२.२ मिलिमिटर वर्षा मापद भएको महाशाखाले जानकारी दिएको छ।
महाशाखाले मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको बताएको छ।
यस्तै, उता झापाको शनिश्चरे, चन्द्रगढी लगायत क्षेत्रमा पनि भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।
कोशी नदीको जलाधार क्षेत्र भोजपुरमा १२७.६ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। यस्तै, झापाको शनिश्चरेमा १४२.६ मिलिमिटर वर्षा मापन भएको छ।
महाशाखाले मेची, विरिङ, निन्दा, अदुवाखोला लगायत साना खोलामा बाढीको उच्च जोखिम रहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।