• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वन्यजन्तुबाट क्षतिः तीन वर्षमा ३३ करोड रुपैयाँभन्दा धेरै राहत वितरण

64x64
युवराज भट्टराई शुक्रबार, असार १७, २०७९  १८:१०
1140x725
खेतमा पसेको गैँडा धपाउँदै चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र बचौली गाउँका स्थानीय (तस्बिरः पिटर गिल)

काठमाडौं– देशभरका विभिन्न आरक्षण तथा वन कार्यालयको क्षेत्रमा वन्यजन्तुले पुर्‍याएको क्षतिको राहतका लागि तीन वर्षमा सरकारले ३३ करोड रुपैयाँभन्दा धेरै खर्च गरेको छ।

आर्थिक वर्ष २०७५/७६ देखि सरकारले संरक्षित क्षेत्रमा वन्यजन्तुबाट भएको क्षतिको राहत दिन सुरु गरेको हो। सरकारले ‘वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९’ लाई २०७५ मा तेस्रो पटक संशोधन गरेर पीडित परिवारलाई राहत दिने व्यवस्था गरेको थियो। त्यस यता आव २०७७/७८ सम्ममा ३३ करोड ६७ लाख ५३ हजार ६१७ रुपैयाँ पीडित परिवारलाई वितरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

सरकारको निर्देशिकाअनुसार वन्यजन्तुका कारण भएको मानवीय क्षति, पशुधन, भण्डारण गरिएको अन्न, घर/गोठ, खाद्यान्न बालीलगायत क्षति शीर्षकमा राहत प्रदान गरिने निर्देशिकामा उल्लेख छ। वन्यजन्तुका कारण मानवीय जनजीवनमा क्षति अत्यधिक भएको गुनासोका कारण राहतको व्यवस्था गरिएको थियो।

यस्तो छ राहतको व्यवस्था
सरकारले विभिन्न वन्यजन्तुलाई वर्गीकरण गरेर तिनले पुर्‍याएको क्षतिमा राहत दिने वा नदिने भन्ने छुट्याएको छ। हात्ती, गैंडा, बाघ, भालु, चितुवा, ब्वाँसो, जंगली कुकुरलगायत जनावरले मानवीय क्षति पुर्‍याए राहत वितरण गर्ने व्यवस्था छ। खाद्यान्न तथा बसोबासस्थलमा पुर्‍याएको क्षतिमा पनि राहत दिने व्यवस्था छ।

वन्यजन्तुको आक्रमणबाट कसैको मृत्यु भए उक्त व्यक्तिको हकवाला वा आश्रित परिवारलाई १० लाख रुपैयाँ राहत दिने व्यवस्था गरिएको छ। त्यसैगरी सख्त घाइते भए २ लाखसम्म र सामान्य घाइते भए २० हजार रुपैयाँसम्म दिने व्यवस्था छ।

त्यस्तै, सरकारले वयस्क भैंसी वा जोत्ने गोरु वा राँगोको मृत्यु भए ३० हजारसम्म र अन्य पशुको मृत्यु भए १० हजारसम्म राहत दिने व्यवस्था गरेको छ। घर वा गोठको क्षति भए १० हजारसम्म, भकारीमा भण्डारण गरिएको अन्नमा क्षति भए १० हजारसम्म र खाद्यान्न बालीमा क्षति भए १० हजार रुपैयाँसम्म राहत दिने व्यवस्था छ।

सरकारले दिने राहतका लागि पीडित वा हकवालाले निवेदन दिएर आवश्यक कागजात पूरा गर्नुपर्ने हुन्छ। सबै किसिमका राहत लिनका लागि सम्बन्धित उपभोक्ता समिति, गाउँपालिकाको सिफारिसलगायत कागजातसहित सम्बन्धित वनसम्बन्धी कार्यालयमा निवेदन दिएपछि क्षतिपूर्ति दिने व्यवस्था छ। तर, राहत माग गर्दा घटना भएको ३५ दिनभित्र निवेदन दिनुपर्छ।

बढ्दो छ राहतमा खर्च
सरकारले कार्यविधि लागू गरेको पहिलो आव २०७५/७६ मा सरकारले ८ करोड ९० लाख ८४ हजार रुपैयाँ राहत वितरण गरेको थियो। उक्त आर्थिक वर्षमा सबैभन्दा धेरै राहत रकम कोशी टप्पु वन्यजन्तु आरक्षका पीडितलाई वितरण गरिएको थियो भने कञ्चनजंघा संरक्षण क्षेत्रबाट राहत वितरण गर्नै परेको थिएन।

Ncell 2
Ncell 2
nimb
nimb

कोशी टप्पुले कुल २ करोड ५८ लाख ७७ हजार राहत वितरण गरेको थियो। उक्त आवमा देशभर जम्मा ३० जनाको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको थियो। कुल ११८ जना सख्त र १९ जना सामान्य घाइते भएका थिए। पशुधनको क्षतिका घटना एक हजार ५९३ वटा भएका थिए। भण्डारण गरिएको अन्न क्षति भएका घटना ४३८, घरगोठको क्षतिको घटना ५९५ र अन्नबालीमा क्षति भएका घटना तीन हजार ४५८ वटा भएका थिए।

राहत वितरण कार्यक्रम सुरु भएको दोस्रो आव २०७६/७७ मा देशभर कुल १० करोड ६६ लाख ७५ हजार ९७१ रुपैयाँ वितरण भएको थियो। यो आर्थिक वर्षमा सबैभन्दा धेरै रकम कोशी टप्पुले नै बाँडेको थियो। सबैभन्दा कम रारा राष्ट्रिय निकुञ्जले बाँडेको थियो। 

कोशी टप्पुले करिब २ करोड १३ लाख ७५ हजार राहत बाँडेको थियो। रारा राष्ट्रिय निकुञ्जले तीन लाख २८ हजार ४०५ रुपैयाँ वितरण गरेको थियो। उक्त आवमा वान्यजन्तुको आक्रमणबाट ३३ जनाको मृत्यु भएको थियो। त्यस्तै, ११० जना सख्त र ६७ जना सामान्य घाइते भएका थिए। यीबाहेक पशुधनको क्षतिका घटना दुई हजार २९८, भण्डारण गरिएको अन्नको क्षतिका ३५२, घरगोठको क्षतिका ७६४ र अन्नबालीको क्षतिका घटना चार हजार ६४० वटा भएका थिए।

गत आर्थिक वर्षमा भने सबैभन्दा धेरै राहत रकम वितरण भएको छ। वर्षेनी बढिरहेको राहतको रकम गत आवमा १४ करोडभन्दा धेरै पुगेको थियो। गत वर्ष १४ करोड ९ लाख ९३ हजारभन्दा बढी राहत वितरया भएको थियो।

Xtrem

Xtrem

गत आवमा पनि कोशी टप्पु वन्यजन्तु आरक्षबाट सबैभन्दा धेरै २ करोड २४ लाख २५ हजार रुपैयाँ राहत वितरण भयो। त्यस्तै, सबैभन्दा कम रारा राष्ट्रिय निकुञ्जबाट २ लाख ७७ हजार वितरण भएको थियो।

वन्यजन्तुको आक्रमणमा परी गत आव ४० जनाको मृत्यु भएको थियो। त्यस्तै, ९८ जना सख्त र ६७ जना सामान्य घाइते भएका थिए। त्यस्तै, दुई हजार ६८१ वटा पशुधनको क्षति, २१६ वटा अन्न भण्डारणमा क्षति, २९३ वटा घरगोठको क्षति र पाँच हजार ६० वटा अन्नबालीमा क्षतिका घटना भएका थिए।

मानव तथा वन्यजन्तु द्वन्द्वका अध्येता कुमार पौडेल देशमा बढ्दो वन्यजन्तुको संख्यासँगै बढिरहेको क्षति र त्यसमा दिइने राहत नेपालमा मात्रै नभएर संसारले नै जिम्मेवार लिनुपर्ने किसिमले लैजानुपर्ने बताउँछन्। वन्यजन्तु निश्चित देश वा क्षेत्रको मात्रै नहुने भएको बताउँदै उनी यस्तो राहत र क्षतिपुर्तिको विषयमा सम्पूर्ण विश्वले नै संगठित भएर पीडित पक्षलाई सहयोग पुर्‍याउनुपर्ने तर्क गर्छन्।

‘वन्यजन्तु र मानव द्वन्द्व तथा यसको समाधानसँगै वन्यजन्तुको संरक्षणको विषयमा अब गर्नुपर्ने बहस भनेको वन्जयन्तु संसारकै लागि जोगाएको हो,’ उनी भन्छन्, ‘वन्यजन्तु जोगाउँदा हुने फाइदा पूरै संसारकै मान्छेको भएजस्तै भएका क्षति पनि सम्पूर्ण संसारकै मान्छेको हुन् भन्ने सोचले अघि बढ्नुपर्छ।’

यस शृंखलाका थप सामग्री 
मानव–वन्यजन्तु द्वन्द्वः बाँच्ने संघर्षमा परिणाम मृत्यु
वन्यजन्तु र मान्छेको बासस्थान ‘ओभरल्याप’ले संरक्षणमा चुनाैती
वन्यजन्तुले उठिबास: पहाडबाट तराई, तराईबाट सहर!
जनावरमाथि ज्यादती 
मानिसले नहेरे वन्यजन्तुलाई कसले हेर्छ त? : मनबहादुर खड्का [अन्तर्वार्ता]

 

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग महासंघको जनकपुरधाममा असोज २२ र २३ गते सम्पन्न पाँचौँ पूर्ण बैठकले जारी गरेको घोषणापत्रमा गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल र र... शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो भारतको बिहार राज्यस्थित बेगुसराय जिल्लाको सिमरियाघाटमा घटस्थापनाको अघिल्लो दिन गङ्गास्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ। शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
सरकारले इ–बिडिङ खारेज गरेर आफू निकट ठेकेदारलाई ठेक्का दिन खोज्यो : बस्नेत आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्