• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जनावरमाथि ज्यादती

64x64
ईश्वर बराल शुक्रबार, असार १७, २०७९  १३:२३
1140x725
तस्बिर सौजन्य : भरत बराल

काठमाडौं– असारको पहिलो साता सञ्चारमाध्यम र सामाजिक संजालमा हात्तीको छावा लछारपछार पारिरहेको भिडियोले निकै चर्चा पायो। भिडले मेची नदी तर्दै गरेको छावाको पुच्छर समातेर तान्यो। कोही शरीरमा चढ्न खोजे, कसैले बाटो छेके त कसैले लछारपछार गरेर कुटिरहेको भिडियोमा देखिन्थ्यो।

भारतबाट मेची तरेर आएका हात्ती उतै फर्किँदा उक्त छावा हुलबाट छुटेको थियो। यसरी छुटेको छावालाई मानिसले स्पर्श गर्दा त्यसको माउले फेरि आफूसँग नराख्ने संरक्षणकर्मी शंकर लुइँटेल बताउँछन्। उनी भन्छन्, ‘एकचोटी मानिसहरूले छोए छावाको माउले लिँदैन। त्यस्तो बेला छावाको ज्यानै जोखिममा हुन्छ।’

मानिसहरूले ज्यादती गरेरै भए पनि त्यो छावालाई मेची नदी कटाइदिएका थिए। तर, हात्तीको बथानमा पुगेर पनि छावा माउसँगै जान पाएन। लुइँटेलका अनुसार अहिले उक्त छावालाई भारत पश्चिम बंगालको गोरुमारा राष्ट्रिय निकुञ्जमा राखिएको छ। लुँइटेल भन्छन्, ‘अघिल्लो रात हात्तीको हुलले गरेको वितण्डाको मूल्य त्यो छावाले व्यहोर्नु पर्‍यो। मान्छेले छावासँग बदला लिए। त्यो फेरि बथानमा फर्कन सकेन।’

त्यही ठाउँमा पाँच वर्षअघि वयस्क हात्तीमाथि पनि ज्यादती भएको थियो। उक्त हात्तीलाई मान्छेहरूले घेरा हालेर मारेका थिए। यसपटक छावाको ज्यान भने जोगाउन सकिएको लुइँटेलले बताए।

खेतमा पसेको गैँडा धपाउँदै चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र बचौली गाउँका स्थानीय। (तस्बिर: पिटर गिल)

झापाको घटना उदाहरण मात्रै हो। पछिल्लो समय वन्यजन्तु र मानिसबीचको द्वन्द्व बढेसँगै वन्यजन्तुमाथि हुने ज्यादतीका घटना पनि बढेका छन्। यसैको उदाहरण हो, सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा बाँदरमाथि भएको ज्यादती।

उक्त गाउँपालिकाको बेसीमा पर्ने थाङ्पाल क्षेत्रका किसान बाँदरबाट हैरान थिए। बाँदरले बाली भित्र्याउनै नदिने अवस्था भएपछि करिब चार वर्षअघि स्थानीयले पासोमा पारेर बाँदर समात्न थाले। पासो बनाइएको खोरमा बाँदरका बच्चा धेरै परे। केही वयस्क बाँदर पनि समातिए। खोरमा परेका बाँदरलाई स्थानीयले समातेर विभिन्न प्रकारका रङ दलेर छोडे। केही बच्चा बाँधेर स्थानीयले घरैमा राखे।

यो पनि पढ्नुहोस्

मानव–वन्यजन्तु द्वन्द्वः बाँच्ने संघर्षमा परिणाम मृत्युशुक्रबार, असार १७, २०७९

यसरी रङ दलेर छोडिएका बाँदरहरूलाई उनीहरुको समूहले लखेटर छेउ पर्न नदिएको स्थानीय कृषक सीता गजुरेल बताउँछिन्। यस्ता बाँदर लामो समय एक्लिएपछि गाउँबाट हराएका थिए। मान्छेकै कारण ती बाँदरको अस्वाभाविक मृत्यु भएको अनुमान संरक्षणविद्हरूको छ।

समातेर घरमा राखिएका बच्चाका कारण पनि बाँदरले सास्ती पाए। त्यस्ता बच्चाको छेउछाउ आएर बाँदरको हुलै रुने र कराउने गरेको गजुरेल बताउँछिन्। ‘जंगलमा खानेकुरा केही नभएर गाउँ पसेका जनावरमाथि यस्तो उपद्रव गर्नु हुँदो रहेनछ। अहिले अलिअलि पछुतो पनि लागेको छ,’ उनले भनिन्।

Ncell 2
Ncell 2
nimb
nimb

सो क्षेत्रमा अहिले पनि बाँदरकै कारण किसानले धानबाहेकका बाली लगाउन छाडेको कृष्ण खड्का बताउँछन्। उनी भन्छन्, ‘बाँदरले धानमा त्यति क्षति पुर्‍याएको छैन। अन्य बाली भने सखाप पार्छ।’

करिब १२–१५ वर्ष अघिसम्म थाङ्पालमा बाँदर एकदमै न्यून थिए। तर, अचानक यहाँ बाँदरको संख्या बढ्नु पनि जनावरमाथिको ज्यादती नै प्रमुख कारण हो। स्थानीय दिनेश शर्माका अनुसार काठमाडौं उपत्यकाका विभिन्न धार्मिक स्थलबाट बाँदरलाई गाडीमा हालेर सो स्थानमा लगेर छाडिएको थियो।

‘१५ वर्षअगाडि त यहाँ बाँदर कहिलेकाहीँ मात्र आउँथे। सबै मिलेर लखेटेपछि महिनौं आउँदैन थिए’, उनी भन्छन्, ‘तर, अहिले बाली नै सखाप पार्ने गरी हुल छन्। जति लखेटे पनि यतै बस्छन्। यो सबै काठमाडौंबाट गाडीमा हालेर ल्याएर यहाँका जंगलमा छोडिएका हुन्।’

यो पनि पढ्नुहोस्

वन्यजन्तु र मान्छेको बासस्थान ‘ओभरल्याप’ले संरक्षणमा चुनाैतीशुक्रबार, असार १७, २०७९

उपत्यकाबाट यता ल्याएर छाडिएका बाँदरहरुले आँफूहरूको उठिबास लगाउने अवस्था भएको शर्मा बताउँछन्। उनी भन्छन्, ‘आफ्नो बासस्थानबाट अन्तै लग्दा बाँदरमाथि पनि ज्यादती भएन र? उनीहरूको रैथाने बासस्थानबाट लखेटेपछि खानाकै समस्या भयो होला। वातावरणमा घुलमिलको समस्या भयो होला। हामीले पनि समस्या भोग्नु परेको छ।’

Xtrem

Xtrem

बाँदरलाई पासो थापेर खोरमा राख्न र प्राकृतिक बासस्थानबाटै लखेट्न कतिपय स्थानीय सरकार नै पनि लागेका छन्। चार वर्षअघि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले बाँदरलाई पासो थापेर खोरमा हाल्न १ लाख बजेट छुट्याएको थियो। ती बाँदर निकुञ्ज तथा मानवरहित बस्तीमा छाड्ने गाउँपालिकाले जनाएको थियो। धनकुटा नगरपालिकाले भारतबाट बाँदर पक्रने मान्छे ल्याएर पक्रिएका बाँदर ट्रकमा हाली तराईका जंगलमा लगेर छाडिएको थियो। तर, संरक्षणविद्हरूका अनुसार ठूला मांसाहारी जनावर हुने जंगलमा बाँदर बस्न सक्दैन। बाली र कन्दमुल खाने बाँदरका अधिकांश प्रजाति मानवबस्ती आसपास नै बस्न रुचाउँछन्। 

शहर वा बस्ती पसेको चितुवामाथि पनि मान्छेले ज्यादती गरेका घटना प्रशस्त छन्। २०७७ असारमा पर्वतको जलजला गाउँपालिका–७ मा स्थानीयहरूले एक चितुवालाई नियन्त्रणमा लिएका थिए। उक्त चितुवालाई बाँधेर झांगलझुंगल पार्दै मान्छेको भिडले गाउँ डुलायो। नियन्त्रणमा लिएर यातना दिइएको चितुवासँग प्रहरीदेखि स्थानीयसम्मले सेल्फी लिए। अन्त्यमा, वन कार्यलयलाई जिम्मा लगाइयो।

मानवबस्तीमा पसेर क्षति गर्नसक्ने जनावरमाथि हुने ज्यादतीको श्रृङ्खला लामो छ। वन्यजन्तु संरक्षणकर्मीहरुले यसको विपक्षमा निरन्तर आवाज पनि उठाइरहेका छन्। वन्यजन्तुलाई कुनै विशेष कामदेखि मनोरञ्जनात्मक प्रयोजनका लागि प्रयोग गरेर पनि ज्यादती भइरहेको छ। 

मानवबस्तीमा पसेर क्षति गर्नसक्ने जनावरमाथि हुने ज्यादतीको श्रृङ्खला लामो छ। वन्यजन्तु संरक्षणकर्मीहरुले यसको विपक्षमा निरन्तर आवाज पनि उठाइरहेका छन्। वन्यजन्तुलाई कुनै विशेष कामदेखि मनोरञ्जनात्मक प्रयोजनका लागि प्रयोग गरेर पनि ज्यादती भइरहेको छ। 

मानवीय क्रियाकलापले मात्रै नभएर मानिसहरूले बनाएका पूर्वाधार तथा संरचनाहरूले पनि वन्यजन्तुमाथि ज्यादती भइरहेको छ। एकातिर प्रत्यक्ष रुपमा वन्यजन्तुको जीवनमाथि ‘धावा’ बोल्ने मानिसको प्रवृत्ति र अर्कातिर संरचना, पूर्वाधार, सडक, जंगल अतिक्रमणजस्ता विविध पक्षहरुबाट वन्यजन्तुमाथि मानिसको दमन निरन्तर चलिरहेको छ। यस्ता घटनामा धेरै वन्यजन्तुले ज्यान गुमाएका छन् भने वन्यजन्तुले आक्रमण गर्दा मान्छे पनि मारिएका छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जारी गर्ने वार्षिक प्रगति विवरणअनुसार पछिल्ला वर्षहरूमा वन्यजन्तुको अस्वाभाविक मृत्यु बढिरहेको छ। प्राकृतिक कारणबाहेक वन्यजन्तुको मृत्यु हुने अन्य कारणमा मानवीय क्रियाकलाप नै प्रमुख हुन्। आर्थिक वर्ष २०७४/७५ मा देशभरका निकुञ्ज, आरक्षण क्षेत्र, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा गरी कुल ३२६ वन्यजन्तुको मृत्यु भएको थियो। गत आर्थिक वर्षमा यो संख्या ७५ प्रतिशतले बढेर ५७३ पुगेको थियो। त्यसमा २२५ चित्तल, ५४ बँदेल, ३४ गैंडा, १८ जरायो, १८ कृष्णसार, १७ बाँदर, १५ नाउर, ११ दुम्सी र बाँकी अन्य जनावर छन्।

तराईमा बढेको बसाइँसराईको चापले पनि जनावरमाथिको ज्यादती बढेको छ। दुर्लभ र संरक्षित जन्तु पाइने धरै राष्ट्रिय निकुञ्ज तराईमै छन्। ती निकुञ्जमा बाघ, हात्ती, गैंडाजस्ता र्दुलभ जनवारहरू छन्। त्यही भूभागमा बसाइँसराइ पनि तीव्र हुँदा जंगल अतिक्रमण र विनाश बढेको छ। जसकारण वन्यजन्तुको चरण र घुमफिर क्षेत्र संकुचित भएको छ।  

यो पनि पढ्नुहोस्

वन्यजन्तुले उठिबास: पहाडबाट तराई, तराईबाट सहर! शुक्रबार, असार १७, २०७९

विभिन्न अध्ययनअनुसार एउटा बाघले आफ्नो आहारा र विचरणका लागि कम्तीमा ८० वर्ग किलोमिटर क्षेत्र लिन्छ। तर, बर्दियामा बाघको लागि क्षेत्र नै कम भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठ बताउँछन्। ‘बर्दिया राष्ट्रिय निकुञ्जमा पाँच वटा बाघका लागि करिब १०० वर्गकिमि छ। त्यति क्षेत्र अपुग हुन्छ। बाघको क्षेत्रमा मानवीय गतिविधि हुनुहुँदैन,’ श्रेष्ठ भन्छन्, ‘तर, मानवीय गतिविधिका कारण निरन्तर वन्यजन्तुको बासस्थान र क्षेत्राधिकार घटिरहेको छ।’

जनावरको संख्याअनुसार संरक्षण क्षेत्र विस्तार नहुनु र मानवीय गतिविधिले वन्यजन्तुको दैनिकीमा असर गर्नु पनि तीमाथिको दुर्व्यवहार भएको वन्यजन्तु अध्येता कुमार पौडेल बताउँछन्। ‘वन्यजन्तुको वासस्थान कम भएको छ। मानिसको जनसंख्यासँगै वासस्थान बढिरहनुले पनि वन्यजन्तुको वासस्थान घटिरहेको हो। वन्यजन्तुको बासस्थान खोस्नु मान्छेले गरेको सबैभन्दा ठूलो ज्यादती हो,’ पौडेल भन्छन्।

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १३:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
सरकारले इ–बिडिङ खारेज गरेर आफू निकट ठेकेदारलाई ठेक्का दिन खोज्यो : बस्नेत आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्