• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

वन्यजन्तुले उठिबास: पहाडबाट तराई, तराईबाट सहर! 

64x64
नेपाल लाइभ शुक्रबार, असार १७, २०७९  १२:१९
1140x725

काठमाडौं– झापाको विर्तामोड नगरपलिका–७ की करूणा तामाङको परिवार ताप्लेजुङबाट झापा बसाइँ सरेको ३५ वर्ष भयो। उनको परिवार झापा आएदेखि एकै ठाउँमा निरन्तर बसिरहेको छ। बस्नलाई त्यो ठाउँ रोज्नुको मुख्य कारण थियो– नजिकको देउनीया खोला र खोलापारि जंगल। खोलो नजिकै भएकाले बालीमा सिचाइ गर्न र जंगलबाट घाँस–दाउरा ल्याउन उनीहरूलाई सहज भएको थियो।

करूणाको परिवार ताप्लेजुङबाट झापा बसाइँ सर्नुका केही कारण थिए। जसमध्ये प्रमुख कारण जंगली जनावरको ‘पीर’ नै थियो। ‘पहाडमा ठूलो परिवार थियो। तमोर खोला किनारमा बेंसी खेत थियो। थोरै उब्जनीले वर्षभरि खान धौधौ हुने’, उनी भन्छिन्, ‘त्यसमाथि अन्नबाली नरुङ्गे बाँदर, घोरल र ढेडूले एक गेडा भित्र्याउन दिँदैन थियो।’

आधारभूत आवश्यकताको अभाव, पहाडको जमिनमा हुने कम उब्जनी, त्यही पनि जंगली जनवारले सखाप पारिदिने हुँदा करूणाको परिवार ‘सुख खोज्दै’ झापा झर्‍यो। झापा झरेपछि उनको परिवारले पानी र घाँस दाउराको खासै समस्या भोग्नु परेन। उनी भन्छिन्, ‘उत्पादन पनि धेरै हुने। घाँस, दाउराको र पानीको पनि चिन्ता रहेन।’

तर, जनावरले दिने दुःख भने झापा झर्दा पनि कम भएन। बरु बढ्यो।  उनी भन्छिन्, ‘पहाडमा बाली मात्रै नष्ट गर्ने जनवार थिए। तर, झापामा हाम्रो परिवारले बालीमा मात्रै होइन, बस्तीमै अक्रमण गर्ने हात्तीको समेत सामना गर्नुपर्‍यो।’

हात्ती मात्र नभइ जंगलबाट हरिण, मृग आएर लगाएको बाली सबै खाने, बिगार्ने गरेको उनी सुनाउँछिन्। 

करुणाका अनुसार ८/१० वर्षअगाडिसम्म हात्तीको पीर खासै हुँदैनथियो। उनी भन्छिन्, ‘कहिलेकसो हात्ती आउँथ्यो। तर, गाउँले मिलेर होहल्ला गरेपछि जंगलतिरै जान्थ्यो। तर, अरु जनवारले अलि धेरै नै दुःख दिथे। मानिसलाई जनवारबाट आक्रमण भने नगन्य हुन्थ्यो।’

कररुणाले ५/७ वर्षअगाडिसम्म हात्तीले मान्छे मारेको, नियमित हात्ती आएको समाचार सुन्ने गरेको बताउँछिन्। ती स्थान भारतको सीमावर्ती क्षेत्र हुन्। करुणाको घरबाट पूर्वतिर पर्छन्।

‘हात्ती शान्तिनगर, बाहुनडाँगी, खुदुनाबारीतिर दिनै आएर, मान्छे मारे रे भन्ने सुन्ने गरेका थियौं’, उनी भन्छिन्, ‘तर, पछि पछि भने हाम्रै गाउँतिर नियमित जस्तै देखिन थाल्यो।’ कहिले एक्लै, कहिले समूहमै हात्ती आउन थालेपछि गाउँलेले सतर्कता बढाउन थालेको करुण बताउँछिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

तर पनि खाँस–दाउराका लागि घर नजिकको जंगल जानुको विकल्प थिएन। यसरी घाँस–दाउरा गर्ने क्रममा एक दिन करुणाकै समूहका एक पुरूषलाई हात्तीले लछारपछार पार्‍यो। निमेषभरमै आँखै अगाडि ती पुरुषको मृत्यु भयो। करुणसहित उनको समूहमा रहेका अन्य त्यहाँबाट फुत्के।

उनी भन्छिन्, ‘घाँस दाउरा काट्दै थियौं। छ्यास्राक्क गर्‍यो। यसो पछाडि हेर्दा त सँगैको साथीलाई पचास मिटर पर हुत्याएछ। हामी त डोको छोडेर रुँदै कुद्यौं।’

त्यसपछि उनीहरू केही दिन घाँस–दाउरा गर्न जंगल नै गएनन्। तर, जंगल नजानु नै समाधान थिएन। जंगलमा हात्ती नरहेको यकिन गर्ने अनि मात्र जंगल जाने गर्न थाले। हात्तीसँग उनीहरूको जम्काभेट भने बढ्न थाल्यो। 

विस्तारै जंगलसम्म आउने हात्ती अब भने करुणाको गाउँमै आउन थाल्यो। जंगल छिचोलेर हात्ती गाउँ पस्न थालेपछि गाउँमा त्रास बढ्न थाल्यो। ‘हात्तीले कहिले घर फोरेर धानका बोरा, कहिले जाँडको घ्याम्पो खाने त कहिले बालीको बिगार गर्न थालेपछि गाउँमा त्रास बढ्न थाल्यो’, उनी भन्छिन्।

Xtrem

Xtrem

एक दिन पुनः जंगलमै भएको घटना दोहोरियो। तर, स्थान थियो करुणाकै घरअगाडिको सडक। ‘साउनको दिन थियो। खेतमा काम गरेर घर फर्किँदै थियौं। छिमेकी दाईलाई  हात्तीले समातेर पछार्‍यो’, उनी भन्छिन्, ‘ठाउँको ठाउँमै त्यो दाईको प्राण पखेरु उड्यो।’

केही समयको अन्तरालमा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएपछि गाउँलेहरु थप सशंकित बन्न थाले। करुणा पनि गम्भीर रुपमा विक्षिप्त भएकोे बताउँछिन्। ‘म त सपना पनि हात्तीकै देख्न थालेँ। तीन वटा गाई थिए। दुई वटा बेचिदिएँ। एउटालाई यहीँ बारीमा घाँस रोपेर पाल्ने निधो गरेँ। जंगल नै जान छाडिदिएँ’, उनी भन्छिन्। 

उसो त करुणाको अन्नबाली, टहरो, कटेरो हात्तीले भत्काएर क्षति पुर्‍याएको थियो। त्यसमाथि हात्तीसँगको जम्काभेटमा मृत्युको मुखबाट बाँचेकी करुणा अहिले दिग्दार देखिन्छिन्। जंगल जान छाडेकी उनी यो ठाउँ नै छाडेर कतै जान पाए हुन्थ्यो भन्नेमा छिन्। 

‘ताप्लेजुङमा पनि जनवारले बस्न खान दिएन। यहाँ त कतिखेर ज्यान जान्छ टुंगो छैन’, उनी भन्छिन्, ‘जंगली जनवारको दुःखले गाउँमा मान्छेले गाईवस्तु पाल्न छाडेका छन्।’

हात्तीको पीरले परिवार अब उक्त ठाउँमा बस्न नसक्ने अवस्थामा रहेको उनी बताउँछिन्। बुढेसकाल लागेसँगै यो स्थान छोडेर सहरतिर सर्ने सोचिरहेको करुणाले बताइन्। उनका कतिपय छिमेकी त सहरतिर बसाइँ हिँडिसकेका पनि छन्। ‘३५ वर्षअगाडि ताप्लेजुङबाट हिँन्दा पनि जनवारकै पीर थियो। यहाँबाट पनि जनवारकै कारण छोड्नुपर्ने भयो’, उनले भनिन्। 

तर, यो स्थान छोडेर अन्यत्र सर्न उनको परिवारलाई सजिलो छैन। पहिलो त, बसोबास गरिहेको ठाउँको जग्गा बिक्री हुनुपर्‍यो। तर, हात्तीलगायत  जंगली जनावरको पीर छ भनेर होला यो स्थानमा बिरलै मात्र जग्गाको कारोबार हुने गरेको करुणाको दुःखेसो छ।

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले इ–बिडिङ खारेज गरेर आफू निकट ठेकेदारलाई ठेक्का दिन खोज्यो : बस्नेत
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ?
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
सरकारले इ–बिडिङ खारेज गरेर आफू निकट ठेकेदारलाई ठेक्का दिन खोज्यो : बस्नेत आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्