• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

वन्यजन्तु र मान्छेको बासस्थान ‘ओभरल्याप’ले संरक्षणमा चुनाैती

कुमार पौडेल शुक्रबार, असार १७, २०७९  ०८:३७
1140x725

काठमाडौं- मान्छे र वन्यजन्तुबीचको द्वन्द्व बढ्नुको एउटै कारण मान्छेको वासस्थान बढ्नु नै हो। मान्छेको बसोबास क्षेत्र बढ्दा वन्यजन्तुको वासस्थान घटिरहेको छ। जसकारण वन्यजन्तुको वासस्थान र मान्छेको वासस्थानको बीचमा ‘ओभरल्याप’ हुने अवस्था आएको छ।

पूर्वी तराईदेखि पश्चिम तराईसम्मको क्षेत्र भनेको संसारमै लोप हुन लागेका वन्यजन्तुका लागि उपयुक्त वासस्थान भएको क्षेत्र हो। संसारमै अन्त कतै नपाइने उपयुक्त वासस्थान यो क्षेत्रमा छ। अहिले हामीले संरक्षण गरेर यी प्रजातिहरुलाई जोगाउने हो भने ती वासस्थानहरुमा उनीहरुको सुरक्षा सुनिश्चित गरिनुपर्ने हुन्छ। 

मानिसहरुको बसोबास र विस्तार पछिल्लो समय बढेको छ। मान्छेको विस्तार बढ्ने क्रमले वन्यजन्तुको बासस्थान घटिरहेको छ। जसले गर्दा द्वन्द्व निम्तिएको छ।

मानिसको बसोबास क्षेत्र विस्तार भइरहँदा स्वभाविक हिसाबमा वन क्षेत्र कम हुने र ती जनावरका लागि चाहिने आवश्यक क्षेत्र खण्डित हुने भइरहेको छ। मान्छे एक ठाउँबाट अर्को ठाउँमा जाने क्रम बढ्दा मानिसबाट जनावर र जनावरबाट मानिसलाई त्रास हुन्छ। अनि आफू जोगिन द्वन्द्व हुन्छ। 

वन्यजन्तुको संरक्षण मान्छेकै लागि हो। संरक्षण गर्नुपर्ने प्रजाति कुन ठाउँमा संरक्षण गर्ने, हामीलाई ती प्रजाति कति चाहिने, र ती प्रजातिले मानिसलाई कसरी नोक्सान नगर्ने अवस्था सिर्जना गर्ने, कसरी मानिसहरुको पनि व्यवस्थापन गर्ने भन्ने विषय हाम्रो संरक्षण नीतिमा आउनुपर्ने हुन्छ। त्यो भयो भने मात्रै हामीले मानिसलाई हुने हानी कम गर्न सक्छौं।

हामीलाई बाघ पनि चाहिएको छ। सँगै हामीलाई मान्छे पनि मर्नबाट जोगाउनु छ। तर, यसो भनिरहँदा बाघ र मानिससँगै बस्न सक्दैनन्। सँगै बस्ने अवस्था भए त्यसका निश्चित आधारहरु र सुरक्षाका विभिन्न चरणहरु तयार हुनुपर्छ। त्यो आवश्यक र सत्य कुरा हो। 

तर, अहिले आएको कुरामा हाम्रा निकुञ्ज, संरक्षण क्षेत्र, लोपउन्मुख प्रजातिहरुको बासस्थानबाट सकेसम्म मान्छेलाई कसरी टाढा राख्ने भन्ने कुरामा चाहिँ कार्ययोजनाहरु तयार हुनुपर्छ।

मानव वन्यजन्तु द्वन्द्व कम गर्ने र संरक्षण गर्ने विषयको कुरा गरिरहँदा संरक्षण कसरी सुरु भयो भन्ने पनि जान्न आवश्यक हुन्छ। नेपालमा भएको संरक्षण ‘फ्यागसिप स्पिसिस मोडल कन्जरभेसन’ हो। त्यो भनेको ठूला जनावरलाई जोगाउने र निश्चित ठाउँहरु त्यसका लागि तय गर्ने भन्ने हुन्छ। हामीले निकुञ्ज, संरक्षण क्षेत्रहरु बनाएका छौं। ती प्रजातिहरुको संरक्षणलाई सुनिश्चित गर्न हाम्रो संरक्षणको शैली विकास भएको हो। 

Ncell 2
Ncell 2

केही वर्षअघि फर्किने हो भने, विश्वभरि र नेपालमा पनि बाघको संख्या निकै कम भएको थियो। त्यो बेलाको पहिलो प्राथमिकता बाघको संख्या कसरी बढाउने भन्ने थियो। नेपालमा गैंडाको संख्या पनि न्यून अवस्थामा पुगेको थियो। त्यतिबेलाको मुख्य ध्यान यी जनावरको संख्यामा वृद्धि गराउने र उनीहरुलाई लोप हुन नदिने भन्ने थियो। 

अहिले यिनीहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ। बाघ, गैंडा, हात्तीजस्ता जनावरहरु, जसले मानिसलाई अलि बढी दु:ख दिने अवस्थामा पुगेको कुरा समाचारमा आइरहेको छ, त्यसबारे अब सोच्नुपर्छ। वन्यजन्तुको संख्या, यसको विचरण क्षेत्र र विस्तार मात्रै नभएर मानिसलाई हुनसक्ने क्षति कसरी कम गर्ने भनेर पनि संरक्षणको सोच र योजना बन्नुपर्ने आवश्यकता छ।

आजभन्दा ५० वर्षअघिको तराई सम्झियौं र आजको तराई हेर्यौं भने वन्यजन्तुको बासस्थान कसरी खण्डित भएका छन् भन्ने देख्न सक्छौं। बीचबीचमा कसरी राजमार्ग निर्माण भएको छ, बस्तीहरुको विकास कसरी भएको छ, मान्छेहरुको विकास कसरी भएको छ? ती कुराहरुले पनि सहजै वन्यजन्तुहरुप्रति मानिसले गर्ने व्यवहार, परेको प्रभाव र दबाब, वासस्थान संकुचित हुनुपरेको अवस्था देखिन्छ। यी सबै कुराहरु निकै धेरै मात्रामा भएका छन्।

मुख्य कुरा मान्छेले वन्यजन्तुलाई कुन व्यवहार गर्ने हो त? कुन वन्यजन्तुको नजिक जाने? कसको नजिक नजाने? कुन जनावरसँग मान्छेले कसरी व्यवहार गर्ने? त्यो कुराको ज्ञान अभाव छ। यी कुराहरुको बारेमा पनि आमजनमानसमा चेतना फैलाउन आवश्यक छ।

हामीले दोष मात्रै जनावरलाई दिइरहेका छौं वा हामीलाई पनि केही ज्ञान छ भन्ने कुरा अहिलेको अवस्थाले देखाउँछ।

संरक्षणको पक्षबाट हेर्दा बाघले धेरै दुःख दियो, त्यसैले चिडियाखानामा पालौं वा गैंडाले दुःख दियो, त्यसलाई बारभित्र राखौं भनेर संरक्षण हुँदैन। बाघ, गैंडाजस्ता वन्यजन्तु जंगलमै रहनुको कारण छ। पारिस्थितिक प्रणालीमा जनावर जंगलमा हुँदा के–के कुरा गरिरहेको हुन्छ र ती कुराहरुले जैविक विविधता र फुड चेनमा कस्तो किसिमको योगदान दिइरहेको हुन्छ भन्ने महत्त्वपूर्ण कुरा हो।

तर, वन्यजन्तुलाई दोष दिनेभन्दा पनि मुख्य कुरा कसरी मानिसको क्षति कम गराउने, वन्यजन्तुको वासस्थानबाट मानिसलाई कति टाढा सार्ने, ती क्षेत्रमा मान्छेको आवागमन नै निषेध गर्ने हो कि, वा त्यो निषेध हुँदा समुदायलाई हुने क्षतिको भरणपोषण अरुले गर्ने हो कि, त्यो क्षति कसले बेहोरिदिने? यो विषयमा चाहिँ छलफल हुनपर्छ।

नेपालका अधिकांश पूर्वाधार निर्माणका कामहरु वन्यजन्तुमैत्री तरिकाले भएका छैनन्। चितवनको राजमार्ग हेर्ने हो भने निकुञ्जको बीचबाट बाटो बनाइएको छ। वन्यजन्तु संरक्षणका निम्ति राजमार्ग नै नबनाउने, ढुंगे युगमा जाने भन्ने होइन। तर, पूर्वाधार निर्माण गर्दा वन्यजन्तुमैत्री विकास गर्ने विभिन्न तरिका छन्। कतिपय ठाउँमा अण्डरपास राख्ने,ओभर पास राख्ने, कति उचाईंका बार राख्ने, वन्यजन्तुको आवागमनलाई कसरी सहज बनाउने? भन्ने जस्ता कुरालाई मध्यनजर गरेर हामीले विकास निर्माणका काम गर्नुपर्ने हो। तर, विगतमा त्यो भएको छैन।

यो शैलीमा विकास निर्माणको काम भएको थियो भने वन्यजन्तुको आवागमन र उसलाई पर्ने असर पनि कम हुन्थ्यो। तर, हामीले यी कुराहरुलाई ध्यानमा नराखि धेरै विकास निर्माणका कामहरु गरिसकेका छौं। यसले वन्यजन्तुको वासस्थान खण्डित गरेको छ। 

वन्यजन्तु जुन बाटोबाट हिँड्थे, जुन ठाउँमा पानी खान्थे, उनीहरुको आहारलगातयका विषय बेवास्ता गरिएको छ। यी ठाउँमा बस्तीको विकास भएको छ। त्यही कारण पनि द्वन्द्व बढिरहेको छ।

पछिल्लो समय नेपाल सरकारले कस्तो किसिमको पूर्वाधार निर्माण गर्ने र कसरी त्यसलाई वन्यजन्तुमैत्री बनाउने भनेर छुट्टै कार्यविधि ल्याएको छ। सायद अब भविष्यमा बनाउने ठूला पूर्वाधारमा वन्यन्तुमैत्री विकासको कुरालाई महत्त्वमा राखिने छ। विगतमा भएका गल्तीहरु पुनः दोहोरिने छैनन् भन्ने अपेक्षा गर्न सकिन्छ। समस्या र त्यसको जड हामीले देखेका छौं। तर, यसको समाधान के त?

वन्यजन्तु र मानव द्वन्द्व र यसको समाधानसँगै वन्यजन्तुको संरक्षणको विषयमा अब गर्नुपर्ने बहस भनेको यो वन्जयन्तु सबै संसारकै लागि जोगाएको हो भन्नेमा केन्द्रित हुनुपर्छ

यो सबैको समाधान मानिसबाट सुरु गर्नुपर्छ। वन्यजन्तुको संरक्षण मानिसबाटै सुरु भएको हो। त्यसैले यो गरिरहँदा भएको समस्याको समाधान पनि मान्छेबाटै सुरु गर्नुपर्छ।

हामीलाई वन्यजन्तु आवश्यक छ। हामी वन्यजन्तुबिनाको संसार कल्पना गर्न सक्दैनौं, मान्छेबिनाको संसार पनि हामी कल्पना गर्न सक्दैनौं। तर, वन्यजन्तु र मानव दुवैको क्षति नहुने गरी मान्छेको बस्तीको व्यवस्थापन गर्न सक्छौं। 

संरक्षणको पाटोबाट हेर्दा वन्यजन्तु भनेको बर्दियाको मान्छेको मात्रै होइन। नेपालको भनिएको बाघ नेपालको मात्रै होइन। यो संसारकै सम्पत्ति हो। बाघ संरक्षण गर्दा हुने क्षति संसारका सबैको क्षतिको रुपमा बुझ्नु पर्छ। यो क्षति सबैले बेहोर्नुपर्छ भन्ने कुरामाथि बहस हुनुपर्छ। चितवनमा बाघले मान्छेलाई पुर्‍याएको क्षति, झापामा हात्तीले त्यहाँका मानिसलाई पुर्‍याएको क्षति अहिले त्यहाँका मान्छेले मात्रै बेहोर्नु परेको छ।

नेपालजस्तो गरिब देशले त्यो किसिमको क्षतिको क्षतिपूर्ती दिन सक्ने अवस्था पनि छैन। तर पनि सबै क्षति बेहोरेर हामीले यी प्रजातीलाई जोगाएका छौं।

तर, जोगाएको कसका लागि? भन्ने प्रश्न उठ्न सक्छ।हामीलाई वा हाम्रो लागि मात्रै होइन। पूरै संसारका लागि जोगाएको हो।

वन्यजन्तु र मानव द्वन्द्व र यसको समाधानसँगै वन्यजन्तुको संरक्षणको विषयमा अब गर्नुपर्ने बहस भनेको यो वन्जयन्तु सबै संसारकै लागि जोगाएको हो भन्नेमा केन्द्रित हुनुपर्छ।

यो जोगाउँदा हुने फाइदा पूरै संसारकै मान्छेको भएजस्तै भएका क्षति पनि सम्पूर्ण संसारकै मान्छेको हुन् भन्ने सोचले अघि बढ्नुपर्छ। 

(वन्यजन्तु तथा मानवद्वन्द्वका अध्येता कुमार पौडेलसँगको कुराकानीमा आधारित) 

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  ०८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा
थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी शुक्रबार, पुस २५, २०८२
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा शुक्रबार, पुस २५, २०८२
थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश शुक्रबार, पुस २५, २०८२
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न मेटा, टिकटकलगायतलाई आयोगको आग्रह शुक्रबार, पुस २५, २०८२
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्