• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस २४, २०८२ Thu, Jan 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

महोत्तरीका १४ स्थानीय तहले ल्याय साढे नौ अर्ब बराबरको बजेट

64x64
रासस बिहीबार, असार १२, २०८२  ०८:४४
1140x725

महोत्तरी – महोत्तरीका स्थानीय तहको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट रु नौ अर्ब ४२ करोड १७ लाख ९३ हजार रहेको छ । जिल्लाका १५ मध्ये १४ स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । 
    
जलेश्वर नगरपालिकाबाहेक यहाँका अरू सबै स्थानीय तहले आ–आफ्नो ठाउँको नीति तथा कार्यक्रम र वार्षिक बजेट गाउँ तथा नगरसभाको परिषद्मा प्रस्तुत गरेका छन् । स्थानीय तहका लागि बजेट प्रस्तुत गर्ने कानुनी रुपमा स्वीकृत तालिका बमोजिम असार १० भित्रै नौ नगरपालिका र पाँच गाउँपालिकाले आ–आफ्नो तहको गाउँ तथा नगरसभाको परिषद् आयोजना गरेका हुन् ।

सबैभन्दा बढी बर्दिबास नगरपालिकाले रु एक अर्ब २२ करोड ४० लाख १० हजारको बजेट प्रस्तुत गरेको छ । यसैगरी, गौशाला नगरपालिकाले रु एक अर्ब १५ लाख ५५ हजारको अनुमानित आयव्ययको बजेट प्रस्तुत गरेको छ ।

यसैगरी, भङ्गाहा नगरपालिकाले रु ७१ करोड ९८ लाख ४४ हजार, सम्सी गाउँपालिकाले रु ६३ करोड ४३ लाख १७ हजार, लोहारपट्टी नगरपालिकाले रु ५७ करोड ८८ लाख १९ हजार, मनराशिशवा नगरपालिकाले रु ५६ करोड ७४ लाख ८१ हजार र पिपरा गाउँपालिकाले रु ५३ करोड ५१ लाख ४७ हजारको अनुमानित आयव्ययको बजेट प्रस्तुत गरेका छन् ।

Ncell 2
Ncell 2

यसैगरी, बलवा नगरपालिकाले रु ५२ करोड ९१ लाख ९४ हजार, सोनमा गाउँपालिकाले रु ४९ करोड ३८ लाख, रामगोपालपुर नगरपालिकाले रु ४६ करोड १६ लाख ७६ हजार र औरही नगरपालिकाले रु ४५ करोड २७ लाख ७७ हजारको बजेट प्रस्तुत गरेका छन् । मटिहानी नगरपालिकाले रु ४४ करोड ५० लाख, महोत्तरी गाउँपालिकाले रु ४३ करोड ९४ लाख ७३ हजार र एकडारा गाउँपालिकाले रु ३३ करोड ८६ लाख ९६ हजारको अनुमानित आयव्ययको बजेट प्रस्तुत गरेका छन् । जलेश्वर नगरपालिकाको नगरसभा परिषद् आयोजना हुन सकेको छैन ।

जिल्लाका स्थानीय तहले बर्सेनि बजेटको आकार बढाउँदै लगे पनि आन्तरिक स्रोत परिचालन, स्थानीय कर बढाउने उपायबारे खासै पहलकदमी लिएको देखिएको छैन । स्थानीय स्रोतसाधनको परिचालनबाट आय हुने भरपर्दो आधार स्थानीय तहले बनाउन नसक्दा बजेट सङ्घीय र प्रादेशिक सरकारले दिने विभिन्न शीर्षकका रकममा निर्भर देखिएका छन् ।

तीन तहका सरकारमध्ये स्थानीय तह जनतासँग प्रत्यक्ष सम्बन्ध हुने घरआँगनको  सरकार भएको हुँदा जनअपेक्षा सङ्कलन र जनचाहना बमोजिमका योजना सञ्चालनमा यो तहको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  ०८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३ हजार १०० रुपैयाँ वृद्धि भएको हो । मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार, पुस २२, २०८२
दोहोरो अंकले घट्यो नेप्से साताको पहिलो दिन आइतबार नेप्से सूचक १०.२९ अंकले घटेर २६१०.६३ अंकमा अडेको हो । आइतबार, पुस २०, २०८२
ताजा समाचारसबै
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबार, पुस २४, २०८२
आगामी प्रतिनिधि सभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने बिहीबार, पुस २४, २०८२
भेनेजुएलामा अमेरिकी आक्रमण, १०० जनाको मृत्यु बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
कुलमानको राजीनामापछि प्रधानमन्त्रीले के भनिन् बुधबार, पुस २३, २०८२
एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्