काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पतञ्जलि जग्गा खरिदमा हदबन्दी छुटको निर्णय नीतिगत निर्णय भएको दाबी गरेका छन् ।
विशेष अदालतमा बुधबार भएको बयानका क्रममा उनले यस्तो जिकिर गरेका हुन् । साथै, उक्त विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारभित्र नपर्ने जिकिर पनि नेपालले बयानका क्रममा गरेका छन् ।
थुनछेक बहसका क्रममा सरकारी वकिल कार्यालय प्रमुख मोहन सागर बस्यालले नेपालले बयानका क्रममा उक्त विषय भनेको जानकारी गराए । तर, नेपालको उक्त दाबी यथार्थ नभएको बस्यालले बहसका क्रममा जिकिर गरेका छन् ।
बयान सकिएलगत्तै अहिले थुनछेक बहस जारी छ । थुनछेक बहसका क्रममा अख्तियारको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्तले बहस गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।