• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

मानिसले नहेरे वन्यजन्तुलाई कसले हेर्छ त? : मनबहादुर खड्का [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, असार १७, २०७९  १४:१४
1140x725

मानिस र वन्यजन्तुबीचको द्वन्द्व नेपालका लागि नयाँ घटना होइनन्। केही समयको अन्तरालमा वन्यजन्तुबाट मानिसमाथि आक्रमण भएको वा मानिसबाट वन्यजस्तुमाथि ज्यादती भएका घटना सार्वजनिक हुने गरेका छन्। यो द्वन्द्वको न्यूनीकरणका लागि पहल नभएका होइनन्, तर घटनामा पुनरावृत्ति भइरहेकै छ। यही विषयलाई केन्द्रमा राखेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्वमहानिर्देशक मनबहादुर खड्कासँग नेपाल लाइभका लागि किशोर दहालले गरेको कुराकानीः

मानव र वन्यजन्तुबीच द्वन्द्वको अवस्था नेपालमा कस्तो छ?
संरक्षणमा अहिले सबैभन्दा ठूलो चुनौती नै मानव र वन्यजन्तुबीचको द्वन्द्व हो, असमझदारी हो। यो नेपालको तराई, मध्य पहाड र उच्च पहाड तथा हिमाली क्षेत्रमा हुने गरेको छ। तर तराईमा अलि बढी घटना हुने गरेको पाइन्छ। बाघ, हात्ती, गैंडा जस्ता जनावर तराईमा पाइन्छ। यहाँको भूमि पनि समथर छ। त्यसैले ओहोरदोहोर पनि बढी हुन्छ। जसका कारण द्वन्द्व/असझदारीको घटना बढी हुने गरेको हो।

वरिपरि मानव बस्ती र बीचमा वन्यजन्तु संरक्षित क्षेत्रहरु हुने गरेको छ। कैयौँ ठाउँमा त राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्ष भित्रै पनि बस्तीहरु छन्। नेपाल सरकारले कतिपय बस्ती नै स्थानान्तरण गरिसकेको छ। कतिपय बस्तीहरु स्थानान्तरण गर्न बाँकी छ। वन्यजन्तु संरक्षित क्षेत्रबाट बाहिर निस्किने र मानवहरु पनि विभिन्न कारणले संरक्षित क्षेत्रभित्र जाने गर्दा आक्रमण हुने गरेको छ।

नेपालको तराई, पहाड र हिमाली क्षेत्रलाई छुट्याएर हेर्दाचाहिँ द्वन्द्वको प्रकृति कस्तो देखिन्छ?
तराईमा विशेषगरी हात्ती, गैंडा, बाघ, चितुवाको बढी प्रकोप छ। मध्य पहाडमा भालु तथा चितुवा र त्यसभन्दा माथि हिउँ चितुवाको बढी प्रकोप छ।

वन्यजन्तुको आक्रमणबाट  हुने गरेको मानव मृत्युको घटना कस्ता छन्?
मृत्युको दरचाहिँ पहाडभन्दा तराईमै बढी देखिन्छ। मध्य पहाडमा चितुवाको कारणले केही घटना घटेका छन्। तराईमा भने बाघ, गैंडा र हात्तीको कारणले मृत्यु भएको देखिन्छ। बाघको आहारा मानिस होइन। बाघले घरमै आएर गाई खाइदियो, मानिस खाइदियो भन्ने पहिले कमै सुनिन्थ्यो। बाघले त्यति साह्रो गर्दैन। हामी नै जंगलमा घाँस, निगुरो लगायतका वन पैदावार संकलनका लागि जान्छौँ। यसरी अचानक भेट हुँदा बाघले आक्रमण गर्छ। अनि मानिसहरुको मृत्यु हुने वा घाइते हुने गरेको छ।

हात्तीले लामो दुरीको यात्रा छ। ऊ प्रायः एक ठाउँमा बस्दैन। त्यसैक्रममा ऊ मानव बस्तीमा आउँछ। त्यसैबेला धान लगायतका अन्न खान खोज्छ। मान्छेले पनि प्रतिकार गर्छन्। अनि रिसाएर मान्छेलाई मारेको घटना पाइन्छ। बाघको चाहिँ त्यस्तो घटना देखिँदैन।

त्यसो भए यस्तो घटनामा मानव नै बढी दोषी देखिए, होइन त?
यसरी भनौँ, हामीले मान्छेलाई अलि बढी सचेत गराउन सकेनौँ कि। जंगलमा जान हुँदैन भनेर मान्छेमा सचेतना आउनुपर्छ। हुन त, नेपालमा जीविका चलाउनका लागि वनबाट धेरै कुरा प्राप्त हुन्छन्। त्यसैले वनमा जानुपर्ने हुन्छ। तर त्यसरी जाँदा लापरवाही हुने, एक्लै जाने, यताउति घुम्ने गरेको पाइन्छ। समूह बनाएर जाँदा खतरा अलि कम हुन्छ।

एउटा घटना सुनाउँछु। बर्दियामा ६/७ महिनाअघि बाघले धेरै आतंक मच्चायो। केही दिनको अन्तरमा ६/७ जनालाई एकैचोटि खाइदियो। म वन विभागको डीजी हुँदा त्यहाँ गएको पनि थिएँ। समस्या कसरी समाधान गर्ने भनेर छलफल पनि भयो। त्यतिबेला त्यहाँका एसपीले भन्नुभएको थियो, 'बाघको आक्रमण धेरै भयो भनेर हामीले १० दिन जंगल प्रवेश निषेध गरिएको छ भनेर सूचना निकालेका थियौँ। तर हामीले नाकामा पुलिस राखेर एक दिन बल्लतल्ल रोक्न सक्यौँ। दोस्रो दिनबाट सकिएन। जबर्जस्ती छिरेर मान्छेहरु जंगल पसे।' स्थिति यस्तो छ। त्यसैले सचेतना अलि बढाउनुपर्ने हो कि भन्ने लाग्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

मान्छेबाट पनि वन्यजन्तु मरिरहेका छन्। हामीले बाघलाई पनि मारेकै छौँ। गैंडालाई पनि मारेकै छौँ। हात्तीलाई पनि मारेकै छौँ। 

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा भइरहेका पहलहरु कतिको प्रयाप्त छन्?
पहल भइरहेका छन्। तर पर्याप्त भएको छैन। सचेतना ल्याउन सकेका छैनौँ। अझै यो विषयमा केन्द्रित रहेर कार्यक्रम ल्याउनुपर्छ जस्तो लाग्छ।

अब के कस्तो कार्यक्रम ल्याउन सकिन्छ?
अहिले पनि कार्यक्रम नै नभएको होइन, छ। तर सचेतना बढाउने कार्यक्रमलाई तीव्रता दिनुपर्छ। जस्तो हामी कुनै पनि उत्पादनको विज्ञापन सुन्छौँ र उत्पादनलाई किन्छौँ। राम्रो भयो भने त्यसलाई प्रयोग गर्छौँ। नभए छाड्छौँ। त्यसैले हाम्रो मानव समुदायलाई पनि वन्यजन्तुसँगको द्वन्द्वलाई पुर्‍याएको पुर्‍यायै गर्नुपर्छ। जहाँबाट पनि प्रचारप्रसार गरिरहनुपर्छ। हाम्रो वरिपरि कुनै पनि किसिमका कार्यक्रम हुन्छ भने यो विषयलाई जोड्नुपर्छ। एफएमहरुबाट पनि यो विषयमा भनिराख्नुपर्छ। विद्यार्थीहरुलाई केन्द्रित गरेर अझ बढी कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ।

हाम्रो कानुनी प्रबन्ध प्रयाप्त छन्?
ऐन, नियम, निर्देशिका, कार्यविधि पर्याप्त छन्। ऐनमै पनि प्रष्ट व्यवस्था छ। कहिले काहीँ मानिसलाई पनि रिस उठ्छ नि त। धान लगाएको छ, उखु लगाएको छ। तर वन्यजन्तु आएर खाइदिन्छन्। वर्ष दिन खाने बाली नोक्सान हुन्छ। त्यसपछि करेन्ट लगाइदिन्छौँ। गैंडा मर्छन्। कानुन अनुसार त्यस्ता मान्छे कारबाहीमा पर्छन्। कैद जाने भयो। यी विषयका जानकारी पनि मानिसहरुमा बढीभन्दा बढी पुर्‍याउनुपर्छ।

Xtrem

Xtrem

अन्य देशमा हुने मानव-वन्यजन्तुबीचको द्वन्द्व र नेपालमा हुने द्वन्द्वलाई तुलना गरेर हेर्दा कस्तो देखिन्छ? यहाँको द्वन्द्व कति स्वभाविक हो?
संसारभरि नै यस खालको द्वन्द्व हुने गरेको पाइन्छ। अमेरिकाकै घटनाहरु पनि आइरहेका हुन्छन्। रातो भालुले मान्छेहरुको खेतीबाली नोक्सान गरेको सुनिन्छ। हाइवेमा यात्रा गर्दा ठूल्ठूला हरिणहरु यसरी कुदिरहेका हुन्छन् कि, सिसा फोडेर गाडीभित्रै पनि छिर्छन्। मान्छे पनि मरिरहेका हुन्छन्। त्यहाँ अर्कै प्रकारका द्वन्द्व छन् भने यहाँ अर्कै प्रकारका छन्। तर द्वन्द्वचाहिँ संसारभरि नै हुने गरेको छ।

छिमेकी मुलुक भारतमा पनि यस्तो द्वन्द्व हुने गरेको छ। तर यहाँ घाइते वा मृत्यु भएको अवस्थामा राहत रकम दिने गर्छौँ, भारतको भन्दा धेरै दिने गरेका छौँ। मृत्यु भएका १० लाख, उपचारको लागि दुई लाख वा त्योभन्दा बढी उपचार गर्नुपर्‍यो भने सरकारी अस्पतालमा निशुल्क हुन्छ। त्यस्तो व्यवस्था भारतमा पनि छ जस्तो लाग्दैन। यसरी हेर्दा नेपाल सरकारले पहल नगरेको होइन, तर नतिजा आएको देखिँदैन।

दुई थरी धारणा सँगसँगै व्यक्त हुने गरेको छ। पहिलो, मानिस नै प्रमुख हो। उसको जनजीविका प्रमुख हो। त्यसैले उसको सुरक्षा पनि हो। दोस्रो, वन त वन्यजन्तुको हो। उसको ठाउँ हो। उसको अधिकार हो। यी दुवै धारणामा कसरी सन्तुलन ल्याउन सकिएला?
दुवैको आ-आफ्नै धारणा छन्। मानिसलाई सर्वश्रेष्ठ प्राणीको रुपमा लिइन्छ। त्यसैले उसलाई नै पहिलो प्राथमिकता दिनुपर्छ भन्ने धारणा एकथरीको छ। संरक्षणकर्मीको भनाइचाहिँ मानिसभन्दा पनि पहिले त यस्ता प्राणी (वन्य जस्तु) नै आएका होलान्। उनीहरुको बासस्थान मिचेर मानिसले राज गरेको हो।

हात्तीले किन मार्छ त? उसको लामो यात्रा छ। ऊ वर्षौंपछि पहिलेको ठाउँमा आइपुग्छ। फर्केर आइपुग्दा उसले पहिलेको ठाउँमा मानवबस्ती देख्छ। त्यसपछि रिसाउँछ। त्यसैले यी दुवै थरी धारणालाई सन्तुलन बनाएर जानुपर्ने हुन्छ। सहअस्तिस्व कायम गर्नुपर्‍यो। सँगसँगै अगाडि बढ्नुपर्‍यो। विकास र संरक्षणलाई सँगसँगै लैजानुपर्‍यो। मानिसले नहेरे वन्यजन्तुलाई कसले हेर्ने छ? त्यसैले मानिसलाई बचाउनका निम्ति वन्यजन्तुलाई खतरामा राख्नु हुँदैन। मानिसको त दिमाग छ, स्मरण शक्ति छ। सोच्न सक्छौँ। वन्यजन्तुले त सक्दैन। त्यसलाई पनि विचार गर्नुपर्छ। उसको बासस्थानमा गएर हामीले अवरोध गरेनौँ भने यस्तो द्वन्द्व कम हुन्छ।

मानिस र वन्यजन्तुबीचको सहयात्रा किन जरुरी छ?
अस्तित्वको लागि पनि यो जरुरी छ। सबैको सृष्टि भएपछि सबैको बाँच्ने अधिकार छ। खेल्ने अधिकार, खाने अधिकार सबैको छ। त्यसैले सहअस्तित्व हुनुपर्‍यो। एकले अर्काको अधिकार स्वीकार गर्नुपर्‍यो। 'हामी मात्रै हौँ' भनेर हिँड्दा द्वन्द्व भएका छन्। 

यस शृंखलाका थप सामग्री 
मानव–वन्यजन्तु द्वन्द्वः बाँच्ने संघर्षमा परिणाम मृत्यु
वन्यजन्तु र मान्छेको बासस्थान ‘ओभरल्याप’ले संरक्षणमा चुनाैती
वन्यजन्तुले उठिबास: पहाडबाट तराई, तराईबाट सहर!
जनावरमाथि ज्यादती

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १४:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले इ–बिडिङ खारेज गरेर आफू निकट ठेकेदारलाई ठेक्का दिन खोज्यो : बस्नेत
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ?
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
सरकारले इ–बिडिङ खारेज गरेर आफू निकट ठेकेदारलाई ठेक्का दिन खोज्यो : बस्नेत आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्