काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले नेपालको अर्थतन्त्रमा चुनौती थपेको बताएका छन्।
नेपाल चार्टड एकाउण्टेन्ट्स संघको नव निर्वाचित कार्यसमितिको बुधबार आयोजित शपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताए। गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा शंकट देखापरेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप परेको बताए।
अहिले मूल्यवृद्धिको चाप विश्वले भोग्नुपरेको उनको भनाइ छ। गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र सुधार गर्न सबैले मिलेर काम गर्नुपर्ने समय आएको पनि बताए।
‘अहिले विश्व अर्थतन्त्र छुट्टै खालको चापमा रहेको छ। हामी सबैले फेस गरिरहेका छौं। कोभिड र कोभिड पछाडि रुस र युक्रेनको युद्धले मूल्यवृद्धिको दबाब यतिबेला विश्वव्यापी रुपमा भएको छ। यसको चुनौती विश्वभरले भोग्नुपरिरहेको छ। नेपाल त्यसबाट अन्यथा हुन सक्देनौं, त्यस कारण यो अहिलेको चुनौती सामना गर्ने शिलशिलामा सबैको भूमिका जरुरी छ,’ अधिकारीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।