काठमाडौं– साप्ताहिक कारोबारको पाँचौ दिन (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो।
तोलामा ३०० रुपैयाँ घटेर बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार छापावाल सुनको मूल्य ९७ हजार ८०० रुपैयाँ प्रतितोला थियो। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो।
बिहीबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २३५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २४० रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।