काठमाडौं–उद्योग विभागले उद्योग व्यवस्थापन सूचना प्रणाली (इन्ड्रष्ट्रिज म्यानेजमेन्ड इन्फर्मेसन सिस्टम–आईएमआईएस) सञ्चालनमा ल्याएको छ। विभागले यसलाई बुधबारदेखि परीक्षणका रुपमा सञ्चालन गरेको हो।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले यो प्रणाली एक महिनापछिदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए। उनका अनुसार यो प्रणालीबाट उद्योग दर्ता, नवीकरण, प्रतिलिपि, लगानीको स्वीकृति, विदेशी लगानीको फिर्तालगायतका उद्योग प्रशासनसम्बन्धी सबै काम हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।