काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा करको दर परिवर्तन गरेकै विषयलाई लिएर आफूले पदबाट राजीनामा नदिने बताएका छन्। आगामी आर्थिक वर्षका लागि आफूले देश र जनताको पक्षमा बजेट ल्याउँदा प्रतिपक्ष (नेकपा एमाले)लाई अनैतिक लागेको शर्माको भनाइ छ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा वनियोजन विधेयकका सन्दर्भमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट देश र जनताको पक्षमा ल्याएको कारण विपक्षी दललाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने बताए।
करका दर परिर्वतन भएको विषयमा आफू र सरकार जवाफदेही र जिम्मेवार समेत रहेको शर्माले उल्लेख गरे। मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीको व्यक्तिगत नभएर प्रतिष्ठित व्यवसायी, अर्थविद्, नागरिक र सबै सांसदहरु सुझावको आधारमा ल्याएको दाबी गरे।
बजेट कार्यान्वयन गर्दा आयात प्रतिस्थापन, गरिबी हटाउने र मानव विकास सूचकाङ्क वृद्धि गर्ने अंक नै बजेटमा समावेश गरिएको मन्त्री शर्माले दाबी गरे। बजेट कार्यान्वयन हुँदा औधोकिकरण, उत्पादन र आयात प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्ने उनको दाबी छ।
‘कार्यान्वयन गर्दै जाँदा लक्ष्य तोकेको छ। यति प्रतिस्थापन गर्ने, यति गरिबी हटाउने, मानव सूचाकाङ्क यति वृद्धि गर्ने भनेर तोकिएका आँकडाहरु छन्। तोकिएका आँकडामा बजेट कार्यान्वयन हुनेबाट भोलि देशको औद्योगिकरणमा आउने परिवर्तन, उत्पादन र प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्नेछ। जवाफ दिनेछ,’ मन्त्री शर्माले भने, ‘यो बजेट देश र जनताको पक्षमा ल्याएको कारणले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यही गर्नुपर्छ भन्ने होइन। यो इतिहासले पुष्टि गर्ने छ। त्यसप्रति म जवाफदेही छु। मैले गरेका निर्णयहरुमा पूर्वरुपमा जवाफदेही छु। मैले त्यो जिम्मा लिएको छु। लिन तयार पनि छु। अहिलेको सरकार तयार छ।’
अर्थमन्त्री शर्माले करका दर रेट घटाउने र बढाउने विषय अर्थमन्त्रीको अधिकारको भएको बताए। अर्थमन्त्रीले बजेट नल्याएर, करका दर रेटलाई घटबढ नगरेर अरु के गर्नु पर्ने थियो? भन्दै शर्माले प्रश्न गरे।
मन्त्री शर्माले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा आर्थिक समृद्धि, आत्मनिर्भता, गरिबी कम गर्ने र व्यवसायिक क्षेत्रलाई प्रोत्साहन गर्नेगरी ल्याउने अर्थमन्त्री अनैतिक नहुने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।