काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार २०० रुपैयाँ कायम भएको छ।
यसअघि साप्ताहिक कारोबारको पहिलो दिन (आइतबार) भने तोलामा १०० रुपैयाँ बढेर छापावाल सुनको मूल्य ९७ हजार ३०० रुपैयाँ प्रतितोला पुगेको थियो। यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ प्रतितोला थियो।
सोमबार चाँदीको मूल्य पनि सामान्य बढेको छ। तोलामा १० रुपैयाँ बढेर सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ पुगेको छ। यसअघि आइतबार तोलामा ५ रुपैयाँ बढेर चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँ पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।