काठमाडौं– व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना– दोस्रो (इभेन्ट–टू)ले राष्ट्रिय सीप प्रतियोगिता गर्ने भएको छ। असार १४ गते 'बिल्डिङ इलेक्ट्रिसियन' विषयमा राष्ट्रिय सीप प्रतियोगिता गर्न लागिएको परियोजनाले जनाएको छ।
प्रतियोगितामा विगतमा विभिन्न निकाय र परियोजनाबाट बिल्डिङ इलेक्ट्रिसियन विषयमा तालिम लिएका, सीप परीक्षण तह-१ पास भएका र ५० वर्ष उमेर ननाघेका महिला तथा पुरुष प्रशिक्षार्थीले प्रतिस्पर्धा गर्न पाउने छन्।
सीप सिकाइको सक्षमता, आत्मविश्वास र प्रतिश्पर्धी क्षमताको मापन गर्दै कर्मयोगी, सीपयुक्त र सम्बन्धित क्षेत्रमा इच्छुक युवालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्न लागिएको र यसकाे व्यवस्थापन स्किलिङ नेपाल फाउन्डेसनले गरेको आयोजक संस्थाले जनाएको छ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई आकर्षक पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।