• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

कांग्रेस नेतालाई कमिसन बुझाउन ७ करोड बढीमा सिटी स्क्यान मेसिन किन्न दिने निर्णय

64x64
नेपाल लाइभ आइतबार, असार १२, २०७९  १५:५२
1140x725

काठमाडौं– बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट अगाडि बढेको सिटी स्क्यान मेसिनको खरिद प्रक्रियामा सेटिङ गरेको तथ्य फेला परेको छ। व्यापारीसँगको मिलेमतोमा केन्द्रका निर्देशक डा अर्जुनप्रसाद सापकोटाले सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीलाई पन्छाएर झण्डै सात करोड बढी रकम कबोल गरेको अर्को कम्पनीलाई खरिद गर्ने दिने निर्णय गराएका छन्।

निर्देशक सापकोटाले व्यापारिसँग मिलेमतोमा गरेको उक्त सेटिङमा नेपाली कांग्रेसको बागमती प्रदेशका सभापति इन्द्र बानियाँ, बागमती स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीको मिलेमतो रहेको स्रोत बताउँछ।

स्रोतका अनुसार मेडट्रोनिक्स नेपाल प्रालीका सञ्चालकसँग काठमाडौंको एक होटलमा बसेर निर्देशक सापकोटाले सिटी स्क्यानका लागि सेटिङ मिलाएका थिए। सो क्रममा निर्देशक सापकोटाले कांग्रेसका बागमती प्रदेश सभापति बानियाँका नाममा पनि कमिसन रकम बुझाउनु पर्ने भन्दै कमिसनको रकम बढाएको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार सुरुमा ३२ करोडमा पाँच वटा सिटी स्क्यान मेसिन किन्ने गरी बजेटको व्यवस्था गरिए पनि कमिसनकै लागि उक्त बजेट बढाएर ३६ करोड ६४ लाख भन्दा बढी पुर्‍याइएको हो। 

स्रोतका अनुसार निर्देशक सापकोटाले नेता बानियाँकै नाम लिएर पाँचवटा सिटी स्क्यान मेसिन खरिदमा कम रकम कबोल गर्नेलाई खरिदको जिम्मा नदिएर ७ करोड बढी रकम कबोल गर्ने कम्पनीलाई खरिदको जिम्मा दिएका छन्। 

पाँच वटा सिटी स्क्यान खरिदका लागि क्यापिटल इन्टरप्राइजेजले सबैभन्दा कम रकम कबोल गरेको थियो। उक्त कम्पनीले २३ लाख ७३ हजार डलर अर्थात २९ करोड ६६ लाख २५ हजार रुपैयाँमा उपकरण उपलब्ध गराउने गरी बोलपत्रमा कबोल गरेको थियो। तर केन्द्रले उक्त रकमभन्दा झण्डै सात करोड बढी रकम कबोल गर्ने मेडट्रोनिक्स नेपाल प्राली र भण्डारी सर्जिकलको संयुक्त रुपमा हालेको टेण्डरलाई दिने निर्णय गरेको छ। उनीहरुले सिटी स्क्यानका लागि ३६ करोड ६४ लाख रुपैयाँ कबोल गरेका छन्।

‘यो खेलमा कांग्रेस नेता बानियाँको पनि हात छ,’ स्रोतले भन्यो, ‘पछिल्लो समय प्रदेशको खरिदमा नेता बानियाँको प्रत्यक्ष हालिमुहाली हुन थालेको छ। खरिदसँगै प्रदेशका स्वास्थ्यका कर्मचारीको सरुवामा समेत बानियाँले हात हालेका छन्।’ स्रोतका अनुसार यो खेलमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको पनि उत्तिकै हात छ। 

‘उहाँ (बद्रीबहादुर खड्का)लाई कुनै पनि काम गर्नपर्यो भनेर कसैले भन्यो भने पहिला इन्द्र दाईसँग सल्लाह गरेर आउनुहोस्। उहाँ (इन्द्र बानियाँ)ले भनेपछि जे काम पनि हुन्छ भन्नुहुन्छ,’ स्रोतले भन्यो, ‘सिटी स्क्यान खरिदमा पनि इन्द्र बानियाँ, बद्रीबहादुर खड्का र अर्जुन सापकोटाले ठूलै कमिसनको खेल खेलेका छन्।’

सेटिङमा बढी रकम कबोल गर्नेलाई सिटी स्क्यान दिने निर्णयमा नेता बानियाँको नाम मुछिएपछि उनलाई सम्पर्क गरिएको थियो। तर, उनको नम्बर नउठेपछि उनी निकट एक कर्मचारीसँग कुराकानी भयो। ती कर्मचारीले आफू बानियाँको नक्सालस्थित कार्यालयमा रहेको र सिटी स्क्यानको कमिसनका विषयमा आफूलाई जानकारी नभएको बताए। 

Ncell 2
Ncell 2

‘प्रदेशको स्वास्थ्यका धेरै विषयमा उहाँसँग कर्मचारीहरुले कुराकानी गरिररहेका हुन्छन्,’ ती कर्मचारीले भने, ‘कमिसनका विषयमा उहाँले लिएको भन्ने कुरा मलाई जानकारी छैन। उहाँको नाम लिएर कर्मचारीले फसाउन खोजेको पनि हुनसक्छ। एकपटक उहाँसँगै कुराकानी गर्नुहोला। अरु म बोल्न मिल्दैन।’

यसरी गरियो सेटिङ
प्राप्त विवरण अनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले १२८ स्लाइस क्षमताको पाँच वटा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढाउँदा नै मेडट्रोनिक्सका सञ्चालकसँग मिलेर स्पेसिफिकेसन बनाएका थिए। सो क्रममा केन्द्रका निर्देशक हेटौँडाबाट काठमाडौं आउँदै काठमाडौंको होटलमा बसेर सेटिङ गरेका थिए।

केन्द्रले १२८ क्षमताको पाँच वटा सिटी स्क्यान मेसिनका लागि सुरुमा ३२ करोड लागत अनुमान गरेको थियो। प्राप्त विवरण अनुसार केन्द्रले उक्त बजेटमा मिलेमतोमा मेडट्रोनिक्सका सञ्चालकसँग बसेर सिटी स्क्यानका लागि आफू अनुकुलका शर्तहरु राखेर स्पेसिफिकेसन बनाएका थिए। सुरुमा उनीहरुले तोसिबा कम्पनीको सिटी स्क्यान मेसिनलाई मात्र मिल्ने गरी स्पेसिफिकेसन बनाएको थिए। 

उक्त विषयमा समाचार प्रकाशित भएपछि उनीहरुले मिलेमतोमै केही शर्तहरु परिवर्तन गरेका थिए। तर, सो क्रममा पनि मेडट्रोनिक्सकै सञ्चालकको भनाई अनुसार बायोमेडिकल इन्जिनिरयर राजेश्वर कमलीसँग मिलेर स्पेसिफिकेसन बनाएका हुन्। मिलेमतोका विषयमा समाचार प्रकाशित भएपछि प्रदेशले छानबिन समिति समेत बनाएको थियो। तर, उक्त समितिले कामै नगरी इन्द्र बानियाँको आदेशका भरमा प्रक्रिया सबै मिलेको प्रतिवेदन बनाएको थियो।

‘खरिदका विषयमा प्रश्न उठेपछि छानबिन समितिसमेत बनेको थियो। तर समितिले काम नै गर्न पाएन। बरु उल्टै नेता बानियाँकै आदेश अनुसार प्रतिवेदन बनाइयो र प्रक्रिया अगाडि बढाइयो’, स्रोतले भन्यो।

स्रोतका अनुसार स्पेसिफिकेसन बनाउँदा निर्देशक सापकोटाले नेता बानियाँ र सचिव खड्कालाई पनि कमिसन दिनुपर्ने भन्दै रकम कसरी बढाउन मिल्छ त्यो अनुसार सर्तहरु थप्नेसमेत बताएका थिए। यहाँसम्मकी उनले अन्य कम्पनीसँग पनि सुरुमा कमिसनका लागि कुराकानी गरेका थिए। पछि मेडट्रोनिक्सले बढी कमिसन दिने भएपछि उसलाई मिल्ने गरी सर्तहरु राखिएको स्रोत बताउँछ।

जनशक्ति र भवन नै छैन, थन्किने छन् सिटी स्क्यान
केन्द्रले सिन्धुली अस्पताल, बकुलहर रत्ननगर अस्पताल चितवन, धादिङ अस्पताल, नुवाकोट अस्पताल र भक्तपुर अस्पतालका लागि १२८ स्लाइसको सिटी क्यान मेसिन खरिद गर्न प्रक्रिया अघि बढाएको हो।

तर यी अस्पतालहरुमा सिटी स्क्यान चलाउने दक्ष जनशक्ति रेडियोलोजिष्ट, रेडियोग्राफर लगायत तालिमप्राप्त जनशक्ति नै नभएको पाइएको छ। यसका साथै भवन लगायतका पूर्वाधारसमेत नभएको ती अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा कर्मचारीहरुले बताएका छन्।

प्रदेश सरकारले सिटी स्क्यान मेसिन उपलब्ध गराउने भनेको जिल्ला अस्पताल धादिङमा जनशक्ति नै नभएको अस्पतालका निमित्त मेसु डा मधुकर दाहालले खरिद प्रक्रिया अगाडि बढाउँदा नै जानकारी दिएका छन्। 

‘सिटी स्क्यान राख्ने ठाउँ अहिले छैन, सिटी स्क्यानलाई सुरक्षित गर्न एउटा भवन बनाउने तयारी गरिएको छ,’ उनले भने, ‘जनशक्तिको कुरामा कम्तिमा एकजना रेडियोलोजिष्ट चाहिने हो, तर दरबन्दी मात्रै छ, रेडियोलोजिष्ट भने छैनन्।’

नुवाकोट अस्पतालका मेसु डा दिपेन्द्र पाण्डेले पनि अस्पतालमा सिटी स्क्यान चलाउने जनशक्ति र मेसिन राख्ने ठाउँ नभएको बताए। उनले भने, ‘हामीसँग सिटी स्क्यान चलाउने जनशक्ति छैन, मेसिन राख्ने ठाउँ पनि छैन।’

केन्द्रले सिटी स्क्यान वितरण गर्न लागेको सिन्धुली अस्पतालमा मेसिन चलाउने स्थायी दरबन्दीको जनशक्ति नभएको अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ट डा उमेश प्रधानले बताए।

डा प्रधानका अनुसार अस्पतालमा हाल एकजना करार सेवाका रेडियोलोजिष्ट मात्र छन्। यस्तै एक्सरे टेक्निसियन मात्रै रहेको तर सिटी स्क्यान चलाउने तालिम प्राप्त टेक्निसियन भने नरहेको उनले बताए। 

यस्तै बकुलहर रत्ननगर अस्पतालमा पनि रेडियोलोजिष्ट २ जना भएपनि  टेक्नोलोजिष्ट भने नभएको अस्पतालका मेसु डा विश्ववन्धु बगालेले बताए। उनले सिटी स्क्यान मेसिन राख्ने ठाउँ पनि साँगुरो रहेको जानकारी दिए।

उनले भने, ‘एकजना स्थायी र एकजना विकास समितिको गरी २ जना रेडियोलोजिष्ट त हुनुहुन्छ, तर सिटी स्क्यान राख्ने ठाउँ भने साँगुरो  छ, अब त्यही साँगुरोमा एड्जस्ट गर्ने भनिएको छ।’

उनले बकुलहर अस्पताल प्रदेश मातहतमा भए पनि चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी स्थानीय तह मातहतका भएकाले कर्मचारी व्यवस्थापनमा समस्या नै भएको बताए।

प्रदेश सरकारले सिटी स्क्यान मेसिन उपलब्ध गराउने भनेको भक्तपुर अस्पतालमा सेवा सञ्चालन गर्न २ रेडियोलोजिष्ट रहेको अस्पतालका  निमित्त मेसु डा श्रीधर अर्यालले बताए। तर सिटी स्क्यान चलाउने तालिम प्राप्त टेक्निसियन भने नभएको उनले जानकारी दिए।

सिटी स्क्यान मेसिन उपलब्ध भएमा एक्सरे मेसिन चलाउने टेक्निसियनलाई नै तालिम दिएर सेवा सञ्चालन गर्न सकिने उनले बताए।

प्रदेश आपूर्ति केन्द्रका निमित्त निर्देशक डा अर्जुन सापकोटाले भने अस्पतालहरुको माग अनुसार नै सिटी स्क्यान खरिदका लागि प्रक्रिया अघि बढाइएको बताएका छन्।

उनले भने, ‘अस्पतालहरुले हामीलाई सिटी  स्क्यान चाहियो, हामीसँग ठाउँ छ, हामीले चलाउन सक्छौं भनेर माग गरेको आधारमा हामीले सिटी स्क्यान खरिद गर्न लागेको हो।’

भक्तपुर अस्पताल, सिन्धुली अस्पताल, बकुलहर अस्पताल, त्रिशुली अस्पताल सबैमा सिटी स्क्यान मेसिन चलाउने जनशक्ति रहेको उनको दाबी छ। यस्तै सिटी स्क्यान राख्ने भवन नभएका अस्पताललाई भौतिक पूर्वाधार बनाउने बजेट पनि राखिएको डा सापकोटाले बताए।

सिटी स्क्यान सञ्चालन गर्ने जनशक्ति नभएका अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारले जनशक्ति पदपूर्ति गर्न आवेदन खुलाएको डा सापकोटाले बताए।

प्रदेश सरकारले खरिद गर्न लागेको सिटी स्क्यान मेसिन थन्काएर राख्न नपर्ने दाबी समेत उनले गरे। आर्थिक चलखेलका लागि मेसिन खरिद गर्न लागिएको कुरा गतल भएको उनको भनाइ छ। ‘सिटी स्क्यान मेसिन कमिसनका लागि खरिद गर्न लागिएको आरोप गलत आरोप हो,’ उनले भने।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १५:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस्
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्