• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

कांग्रेस नेतालाई कमिसन बुझाउन ७ करोड बढीमा सिटी स्क्यान मेसिन किन्न दिने निर्णय

64x64
नेपाल लाइभ आइतबार, असार १२, २०७९  १५:५२
1140x725

काठमाडौं– बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट अगाडि बढेको सिटी स्क्यान मेसिनको खरिद प्रक्रियामा सेटिङ गरेको तथ्य फेला परेको छ। व्यापारीसँगको मिलेमतोमा केन्द्रका निर्देशक डा अर्जुनप्रसाद सापकोटाले सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीलाई पन्छाएर झण्डै सात करोड बढी रकम कबोल गरेको अर्को कम्पनीलाई खरिद गर्ने दिने निर्णय गराएका छन्।

निर्देशक सापकोटाले व्यापारिसँग मिलेमतोमा गरेको उक्त सेटिङमा नेपाली कांग्रेसको बागमती प्रदेशका सभापति इन्द्र बानियाँ, बागमती स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीको मिलेमतो रहेको स्रोत बताउँछ।

स्रोतका अनुसार मेडट्रोनिक्स नेपाल प्रालीका सञ्चालकसँग काठमाडौंको एक होटलमा बसेर निर्देशक सापकोटाले सिटी स्क्यानका लागि सेटिङ मिलाएका थिए। सो क्रममा निर्देशक सापकोटाले कांग्रेसका बागमती प्रदेश सभापति बानियाँका नाममा पनि कमिसन रकम बुझाउनु पर्ने भन्दै कमिसनको रकम बढाएको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार सुरुमा ३२ करोडमा पाँच वटा सिटी स्क्यान मेसिन किन्ने गरी बजेटको व्यवस्था गरिए पनि कमिसनकै लागि उक्त बजेट बढाएर ३६ करोड ६४ लाख भन्दा बढी पुर्‍याइएको हो। 

स्रोतका अनुसार निर्देशक सापकोटाले नेता बानियाँकै नाम लिएर पाँचवटा सिटी स्क्यान मेसिन खरिदमा कम रकम कबोल गर्नेलाई खरिदको जिम्मा नदिएर ७ करोड बढी रकम कबोल गर्ने कम्पनीलाई खरिदको जिम्मा दिएका छन्। 

पाँच वटा सिटी स्क्यान खरिदका लागि क्यापिटल इन्टरप्राइजेजले सबैभन्दा कम रकम कबोल गरेको थियो। उक्त कम्पनीले २३ लाख ७३ हजार डलर अर्थात २९ करोड ६६ लाख २५ हजार रुपैयाँमा उपकरण उपलब्ध गराउने गरी बोलपत्रमा कबोल गरेको थियो। तर केन्द्रले उक्त रकमभन्दा झण्डै सात करोड बढी रकम कबोल गर्ने मेडट्रोनिक्स नेपाल प्राली र भण्डारी सर्जिकलको संयुक्त रुपमा हालेको टेण्डरलाई दिने निर्णय गरेको छ। उनीहरुले सिटी स्क्यानका लागि ३६ करोड ६४ लाख रुपैयाँ कबोल गरेका छन्।

‘यो खेलमा कांग्रेस नेता बानियाँको पनि हात छ,’ स्रोतले भन्यो, ‘पछिल्लो समय प्रदेशको खरिदमा नेता बानियाँको प्रत्यक्ष हालिमुहाली हुन थालेको छ। खरिदसँगै प्रदेशका स्वास्थ्यका कर्मचारीको सरुवामा समेत बानियाँले हात हालेका छन्।’ स्रोतका अनुसार यो खेलमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको पनि उत्तिकै हात छ। 

‘उहाँ (बद्रीबहादुर खड्का)लाई कुनै पनि काम गर्नपर्यो भनेर कसैले भन्यो भने पहिला इन्द्र दाईसँग सल्लाह गरेर आउनुहोस्। उहाँ (इन्द्र बानियाँ)ले भनेपछि जे काम पनि हुन्छ भन्नुहुन्छ,’ स्रोतले भन्यो, ‘सिटी स्क्यान खरिदमा पनि इन्द्र बानियाँ, बद्रीबहादुर खड्का र अर्जुन सापकोटाले ठूलै कमिसनको खेल खेलेका छन्।’

सेटिङमा बढी रकम कबोल गर्नेलाई सिटी स्क्यान दिने निर्णयमा नेता बानियाँको नाम मुछिएपछि उनलाई सम्पर्क गरिएको थियो। तर, उनको नम्बर नउठेपछि उनी निकट एक कर्मचारीसँग कुराकानी भयो। ती कर्मचारीले आफू बानियाँको नक्सालस्थित कार्यालयमा रहेको र सिटी स्क्यानको कमिसनका विषयमा आफूलाई जानकारी नभएको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘प्रदेशको स्वास्थ्यका धेरै विषयमा उहाँसँग कर्मचारीहरुले कुराकानी गरिररहेका हुन्छन्,’ ती कर्मचारीले भने, ‘कमिसनका विषयमा उहाँले लिएको भन्ने कुरा मलाई जानकारी छैन। उहाँको नाम लिएर कर्मचारीले फसाउन खोजेको पनि हुनसक्छ। एकपटक उहाँसँगै कुराकानी गर्नुहोला। अरु म बोल्न मिल्दैन।’

यसरी गरियो सेटिङ
प्राप्त विवरण अनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले १२८ स्लाइस क्षमताको पाँच वटा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढाउँदा नै मेडट्रोनिक्सका सञ्चालकसँग मिलेर स्पेसिफिकेसन बनाएका थिए। सो क्रममा केन्द्रका निर्देशक हेटौँडाबाट काठमाडौं आउँदै काठमाडौंको होटलमा बसेर सेटिङ गरेका थिए।

केन्द्रले १२८ क्षमताको पाँच वटा सिटी स्क्यान मेसिनका लागि सुरुमा ३२ करोड लागत अनुमान गरेको थियो। प्राप्त विवरण अनुसार केन्द्रले उक्त बजेटमा मिलेमतोमा मेडट्रोनिक्सका सञ्चालकसँग बसेर सिटी स्क्यानका लागि आफू अनुकुलका शर्तहरु राखेर स्पेसिफिकेसन बनाएका थिए। सुरुमा उनीहरुले तोसिबा कम्पनीको सिटी स्क्यान मेसिनलाई मात्र मिल्ने गरी स्पेसिफिकेसन बनाएको थिए। 

उक्त विषयमा समाचार प्रकाशित भएपछि उनीहरुले मिलेमतोमै केही शर्तहरु परिवर्तन गरेका थिए। तर, सो क्रममा पनि मेडट्रोनिक्सकै सञ्चालकको भनाई अनुसार बायोमेडिकल इन्जिनिरयर राजेश्वर कमलीसँग मिलेर स्पेसिफिकेसन बनाएका हुन्। मिलेमतोका विषयमा समाचार प्रकाशित भएपछि प्रदेशले छानबिन समिति समेत बनाएको थियो। तर, उक्त समितिले कामै नगरी इन्द्र बानियाँको आदेशका भरमा प्रक्रिया सबै मिलेको प्रतिवेदन बनाएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘खरिदका विषयमा प्रश्न उठेपछि छानबिन समितिसमेत बनेको थियो। तर समितिले काम नै गर्न पाएन। बरु उल्टै नेता बानियाँकै आदेश अनुसार प्रतिवेदन बनाइयो र प्रक्रिया अगाडि बढाइयो’, स्रोतले भन्यो।

स्रोतका अनुसार स्पेसिफिकेसन बनाउँदा निर्देशक सापकोटाले नेता बानियाँ र सचिव खड्कालाई पनि कमिसन दिनुपर्ने भन्दै रकम कसरी बढाउन मिल्छ त्यो अनुसार सर्तहरु थप्नेसमेत बताएका थिए। यहाँसम्मकी उनले अन्य कम्पनीसँग पनि सुरुमा कमिसनका लागि कुराकानी गरेका थिए। पछि मेडट्रोनिक्सले बढी कमिसन दिने भएपछि उसलाई मिल्ने गरी सर्तहरु राखिएको स्रोत बताउँछ।

जनशक्ति र भवन नै छैन, थन्किने छन् सिटी स्क्यान
केन्द्रले सिन्धुली अस्पताल, बकुलहर रत्ननगर अस्पताल चितवन, धादिङ अस्पताल, नुवाकोट अस्पताल र भक्तपुर अस्पतालका लागि १२८ स्लाइसको सिटी क्यान मेसिन खरिद गर्न प्रक्रिया अघि बढाएको हो।

तर यी अस्पतालहरुमा सिटी स्क्यान चलाउने दक्ष जनशक्ति रेडियोलोजिष्ट, रेडियोग्राफर लगायत तालिमप्राप्त जनशक्ति नै नभएको पाइएको छ। यसका साथै भवन लगायतका पूर्वाधारसमेत नभएको ती अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा कर्मचारीहरुले बताएका छन्।

प्रदेश सरकारले सिटी स्क्यान मेसिन उपलब्ध गराउने भनेको जिल्ला अस्पताल धादिङमा जनशक्ति नै नभएको अस्पतालका निमित्त मेसु डा मधुकर दाहालले खरिद प्रक्रिया अगाडि बढाउँदा नै जानकारी दिएका छन्। 

‘सिटी स्क्यान राख्ने ठाउँ अहिले छैन, सिटी स्क्यानलाई सुरक्षित गर्न एउटा भवन बनाउने तयारी गरिएको छ,’ उनले भने, ‘जनशक्तिको कुरामा कम्तिमा एकजना रेडियोलोजिष्ट चाहिने हो, तर दरबन्दी मात्रै छ, रेडियोलोजिष्ट भने छैनन्।’

नुवाकोट अस्पतालका मेसु डा दिपेन्द्र पाण्डेले पनि अस्पतालमा सिटी स्क्यान चलाउने जनशक्ति र मेसिन राख्ने ठाउँ नभएको बताए। उनले भने, ‘हामीसँग सिटी स्क्यान चलाउने जनशक्ति छैन, मेसिन राख्ने ठाउँ पनि छैन।’

केन्द्रले सिटी स्क्यान वितरण गर्न लागेको सिन्धुली अस्पतालमा मेसिन चलाउने स्थायी दरबन्दीको जनशक्ति नभएको अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ट डा उमेश प्रधानले बताए।

डा प्रधानका अनुसार अस्पतालमा हाल एकजना करार सेवाका रेडियोलोजिष्ट मात्र छन्। यस्तै एक्सरे टेक्निसियन मात्रै रहेको तर सिटी स्क्यान चलाउने तालिम प्राप्त टेक्निसियन भने नरहेको उनले बताए। 

यस्तै बकुलहर रत्ननगर अस्पतालमा पनि रेडियोलोजिष्ट २ जना भएपनि  टेक्नोलोजिष्ट भने नभएको अस्पतालका मेसु डा विश्ववन्धु बगालेले बताए। उनले सिटी स्क्यान मेसिन राख्ने ठाउँ पनि साँगुरो रहेको जानकारी दिए।

उनले भने, ‘एकजना स्थायी र एकजना विकास समितिको गरी २ जना रेडियोलोजिष्ट त हुनुहुन्छ, तर सिटी स्क्यान राख्ने ठाउँ भने साँगुरो  छ, अब त्यही साँगुरोमा एड्जस्ट गर्ने भनिएको छ।’

उनले बकुलहर अस्पताल प्रदेश मातहतमा भए पनि चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी स्थानीय तह मातहतका भएकाले कर्मचारी व्यवस्थापनमा समस्या नै भएको बताए।

प्रदेश सरकारले सिटी स्क्यान मेसिन उपलब्ध गराउने भनेको भक्तपुर अस्पतालमा सेवा सञ्चालन गर्न २ रेडियोलोजिष्ट रहेको अस्पतालका  निमित्त मेसु डा श्रीधर अर्यालले बताए। तर सिटी स्क्यान चलाउने तालिम प्राप्त टेक्निसियन भने नभएको उनले जानकारी दिए।

सिटी स्क्यान मेसिन उपलब्ध भएमा एक्सरे मेसिन चलाउने टेक्निसियनलाई नै तालिम दिएर सेवा सञ्चालन गर्न सकिने उनले बताए।

प्रदेश आपूर्ति केन्द्रका निमित्त निर्देशक डा अर्जुन सापकोटाले भने अस्पतालहरुको माग अनुसार नै सिटी स्क्यान खरिदका लागि प्रक्रिया अघि बढाइएको बताएका छन्।

उनले भने, ‘अस्पतालहरुले हामीलाई सिटी  स्क्यान चाहियो, हामीसँग ठाउँ छ, हामीले चलाउन सक्छौं भनेर माग गरेको आधारमा हामीले सिटी स्क्यान खरिद गर्न लागेको हो।’

भक्तपुर अस्पताल, सिन्धुली अस्पताल, बकुलहर अस्पताल, त्रिशुली अस्पताल सबैमा सिटी स्क्यान मेसिन चलाउने जनशक्ति रहेको उनको दाबी छ। यस्तै सिटी स्क्यान राख्ने भवन नभएका अस्पताललाई भौतिक पूर्वाधार बनाउने बजेट पनि राखिएको डा सापकोटाले बताए।

सिटी स्क्यान सञ्चालन गर्ने जनशक्ति नभएका अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारले जनशक्ति पदपूर्ति गर्न आवेदन खुलाएको डा सापकोटाले बताए।

प्रदेश सरकारले खरिद गर्न लागेको सिटी स्क्यान मेसिन थन्काएर राख्न नपर्ने दाबी समेत उनले गरे। आर्थिक चलखेलका लागि मेसिन खरिद गर्न लागिएको कुरा गतल भएको उनको भनाइ छ। ‘सिटी स्क्यान मेसिन कमिसनका लागि खरिद गर्न लागिएको आरोप गलत आरोप हो,’ उनले भने।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १५:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्