काठमाडाैं-सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग उदयपुर सिमेण्टले आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब बढी रकम आम्दानी गरेको छ। उदयपुरले त्यसमध्ये ५६ करोड बढी सञ्चित नाफा निकालेको हो ।
लेखापरीक्षण प्रतिवेदन अनुसार उदयपुरले १ अर्ब १६ करोड ३२ लाख ६६ हजार ६ सय ३६ रुपैयाँ ६३ पैसा आम्दानी गरेको हो । त्यसमध्ये सिमेण्ट बिक्रीबाट १ अर्ब १४ करोड ७८ लाख १३ हजार ५९१ रुपैयाँ र व्याज तथा अन्य श्रोतबाट १ करोड ५६ लाख ६८ हजार ७ सय ३० रुपैयाँ ६३ पैसा आम्दानी भएको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिए। यो आर्थिक वर्षमा १७ लाख ६७ हजार ७६९ बोरा सिमेण्ट बिक्री गरिएको उनले बताए।
उद्योगले भर्खरै सम्पन्न गरेको ३५ औं वार्षिकोत्सव तथा ३४ औं साधारण सभामा उक्त जानकारी दिइएकाे हाे।
प्रतिवेदनमा ०७७/७८ को वित्तीय विवरणहरु ‘नेपाल वित्तीय प्रतिवेदन मापदण्ड’ (एनएफआरएस) अन्तर्गत सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्दा उद्योग ५६ करोड ३८ लाख ८६ हजार ८ सय ४१ रुपैयाँ ३५ पैसा वासलतमा संचित नाफा कमाउन सफल भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।