काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोलियम पदार्थमा लिँदै आएको कर कटौती गरेर मूल्य घटाइएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए।
शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री बडूले अहिलेको अवस्थालाई सहज बनाउन सरकारले लिँदै आएको करमा कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाइएको बताए। पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ कर कटौती गरिएको छ।
अब पेट्रोलको मूल्य १७९ रुपैयाँ र डिजेलको मूल्य १६३ रुपैयाँ पर्नेछ। सरकारको निर्णयसँगै अब नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्य सूची सार्वजनिक गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।