काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि कूल २५ अर्ब ४१ करोड ९६ लाखको बजेट ल्याएको छ।
शुक्रबार नगरसभामा महानगरकी उपमेयर सुनिता डंगोलले उक्त बजेट प्रस्तुत गरेकी हुन्।
कूल बजेट २५ अर्ब ४१ करोड ९६ लाखमध्ये कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड र पूर्वाधार विकासका ११ अर्ब ८ करोड बजेट विनियोजन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।