काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य ३०० रुपैयाँले घटेको छ। यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार थियो।
शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर प्रतितोला १ हजार २४० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २५० रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।