• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नेपाललाई नै घर बनाएका ८५ वर्षीय 'पुतली बाजे'को उपचारमा सरकारको बेवास्ता  

64x64
धनु विश्वकर्मा बुधबार, असार १, २०७९  ०७:१२
1140x725
उपचारका लागि अस्पताल भर्ना भएका पुतली बाजेसँग शुभचिन्तकहरू। सबै तस्बिर सौजन्य : सुनिल उलक

काठमाडौं- 'पुतली बाजे' भनेर चिनिने ८५ वर्षीय कलिन स्मिथको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। पिसाबमा समस्या आएपछि उनको अहिले इन्टरन्याशनल नेपाल फेलोशिप (आइएनएफ) द्वारा पोखराको हरियोखर्कमा संचालित अस्पतालमा उपचार भैराखेको छ। 

उनी लामो समयदेखि बिरामी रहेको पोखरामै बसोबास गर्ने ऐतिहासिक फोटो तथा चलचित्र संकलक सुनिल उलकले नेपाल लाइभलाई बताए। कलिन पोखरा महानगरपालिकाको वडा नं. १८ ग्यारजातिमा बस्दै आएका छन्। उनले नेपाल सरकारबाट २०७६ सालमा मानार्थ नेपाली नागरिकता पाएका थिए। 

को हुन् पुतली बाजे?
बेलायतमा जन्मिएका पुतली बाजेको खास नाम भने कलिन स्मिथ हो। उनी नेपालमा निकै लामो समयदेखि बस्दै आएका छन्।  पुतलीको संरक्षणमा लागेको हुनाले उनी ‘पुतली बाजे’ को नामबाट चर्चित छन्।  

पोखरा महानगरपालिका वडा नं. १८ ग्यारजातिस्थित कलिनको घर।

१९९३ मंसिर ९ गते लण्डन नजिकै जन्मिएका कलिन फिलिप स्मिथले टलिङ्गटन ग्रामर स्कुल, मस्वेल हिल, लण्डनमा विद्यालय शिक्षा पूरा गरेका हुन्। २०१५ असोजमा युनिवर्सिटी कलेज, लण्डनबाट गणित विषयमा एमएस्सी गरेका कलिनले  पढाइ पूरा गरेपछि ग्लास्गो युनिवर्सिटीमा पढाउन थाले। उनले पछि मिशनरीहरूद्वारा संचालित कलेजहरूमा पनि पढाए। यसरी मिशनरीको नजिक पुगेका उनलाई 'युनाइटेड मिशन टु नेपाल'ले पोखरामा खोल्न लागेको स्कुलमा पढाउन निमन्त्रणा गर्‍यो।

२०२२ माघमा पहिलो पटक पोखरा आएका कलिनले  केही महिना स्कुल स्थापनाको तयारीमा सहयोग गरे। नेपाली आदर्श विद्यालय (हाल गण्डकी बोर्डिङ स्कुल) सुरुमा  पानीट्यांकी नजिकै खोल्न खोजिएको थियो। यूएमएनका प्रतिनिधिले ठाउँ साँघुरो भएको बताएपछि लामाचौरमा खोलियो। 

उनी नेपाली आदर्श विद्यालयमा गणित र विज्ञान विषय पढाउनको लागी चुनिएका थिए। ३–४ महिनाको बसाइपछि अन्तत: जेठ २९, २०२३ मा ४५ विद्यार्थी छात्रावासमा बस्ने र स्थानीयको सहयोगमा  १२ विद्यार्थीलाई निशुल्क पढाउने गरी विद्यालय उद्घाटन भयो। 

श्रीमती मार्था मुखिया प्रिन्सिपल बनिन् भने कलिनले शिक्षकको रूपमा पढाउन थाले। स्कुल सञ्चालनको लागी स्थानीय समुदाय, साइनिङ हस्पिटल तथा युनाइटेड मिशन टु नेपालबीच समन्वय भएको थियो। मार्थाका साथ दुई वर्ष उनले नेपाली आदर्श स्कुलमा पढाए।

पछि उनी र यूएमएनबीच सम्बन्धमा व्यवधान आयो। यूएमएनले उनलाई पढाइ मात्र होइन धर्म प्रचार गर्न पनि अनुरोध गर्‍यो। तर, यो कुरा अस्वीकार गर्दै उनले 'म आफ्नो धर्म परिवर्तन गर्दिन अरूलाई पनि धर्म परिवर्तन गर्न लगाउँदिन’ भनेपछि यूएमएनले उनको भिसा थप्न सहयोग गरेन। जसले गर्दा बाध्य भएर उनी बेलायत फर्किए। 

Ncell 2
Ncell 2
nimb
nimb
संकलित पुतलीका साथ युवा कलिन।

लण्डन फर्किएको करिव ६ महिनापछि पुन: यूएमएनले नै गोरखाको लुइँटेलमा खुलेको अमरज्योति स्कुलमा उनलाई पठायो। त्यहाँ चार वर्ष जति पढाए। यही स्कुलमा उनका विद्यार्थी थिए, डा. बाबुराम भट्टराइ र डा. उपेन्द्र देवकोटालगायत। कलिनले उनीहरूलाई कक्षा ९ मा पढाएका थिए। त्यसपछि कलिन पढाउनका लागि काठमाडौंको आनन्दकुटी पुगे। आनन्दकुटीमा केही समय पढाएपछि उनको शिक्षण पेशामा अचानक ब्रेक लाग्यो।

उनका काका अर्नाल्ड टर्नर पुतली संग्रह गर्दै हिंड्थे। सानै हुँदा उनले आफ्ना काकाको पुतलीको संग्रह भएको दराज देखेका थिए। रङ्गीबिरङ्गी पुतली देखेर उनी निकै खुशी भएका थिए। १३ वर्षको हुँदा स्काउट सदस्यको रुपमा जंगल घुम्न जाँदा जंगलमा धेरै पुतली देखेपछि पुतलीसँग उनको प्रेम बस्यो। उनले पहिलो पटक काकालाई भनेर पुतली जम्मा गरे। 

यसपछि पढाइले गर्दा आफ्नो सौख पूरा गर्न पाएनन्। पोखरामा रहँदा उनको भेट 'पिस कर भोलन्टियर' डोरोथी मिरोसँग भयो। डोरोथी म्यूजियम बनाउने धुनमा थिए, दुइ जनाको कुरा मिल्य। पुतली बाजेले डोरोथीको म्यूजियममा पुतली संग्रह गरेर राखिदिने काम गरे। यसरी उनले पोखरामा भेटिएका केही पुतली संग्रह गर्न थाले । 

पुतली बाजे गोरखा पुगे, फेरि काठमाडौ स्वयम्भूमा रहेको आनन्दकुटीमा फर्के। त्यहीँ रहँदा पुतली बाजेको सौखको चर्चा सायद त्रिभुवन विश्वविद्यालयमा पुगेको थियो होला। त्यसैले जीव विज्ञानका प्राध्यापक डीआर उप्रेतीले एक दिन आफ्नो कार्यालय कीर्तिपुरमा बोलाएर निकट भविष्यमा बन्न लागेको प्राकृतिक विज्ञान संग्रहालय अन्तर्गत किट विज्ञान संग्रहालय बनाउन उनलाई आग्रह गरे।

नेपालका गाँउ गाँउ घुमेर पुतली संकलन
उनी पढाउन छोडेर त्रिभुवन विश्वविद्यालयसँग ६ वर्षे सम्झौता गरी नेपालका गाँउगाँउ घुम्दै पुतली जम्मा गर्न थाले। यो एउटा चुनौतीपूर्ण काम थियो र उनको रहर पनि। नभन्दै उनले ४० जिल्लाको भ्रमणपछि करिब २५ हजार पुतली संग्रह गरे। छुट्ट्याएर हरेकलाइ नामकरण गरे। नेपालमा पाइने ६६० प्रजातिका पुतलीमध्ये उनले करिव ५५० प्रजाति भेट्टाए। यसरी उनले ६ वर्षभित्रै पुतली संकलनका साथ त्यसलाई सुरक्षित रुपमा  प्राकृतिक विज्ञान संग्रहालयलाई हस्तान्तरण गरे।

गण्डकी बोर्डिङ स्कुलका लागि प्राचार्य रविराज बराललाई संग्रहित पुतली हस्तान्तरण गर्दै कलिन।

यसपछि आफ्ना बुबा बिरामी भएको खबर पाएपछि उनी स्वदेश फर्कनु पर्‍यो। बिरामी बुबाको निधन भयो, आमा एक्लो भइन्। त्यसैले उनको हेरचाह गर्न उनी बेलायतमै बसे। बेलायतमा नै उनले पाँच वर्ष बिताए। 

त्यसपछि फेरि फर्केर पोखरामा डोरोथी मिरोको संग्रहालयको लागि काम  गर्न थाले। यसैबीच २०४२ माघमा उनकी आमाको पनि निधन भयो। तर पनि उनले पोखराको अन्नपूर्ण संग्रहालयको काम रोकेनन्। निरन्तर लागिरहे, अन्तत: २०५२ सालमा सम्पूर्ण पुतलीलाई व्यवस्थित गराएर संग्रहालयमा सजाए। आज यो संग्रहालयलाई दर्शकहरू माझ ‘पुतली संग्रहालय’ भनेर परिचित छ।

विश्वमा पाइने १७ हजार ५०० प्रजातीका पुतलीमध्ये  नेपालमा ६६० प्रजातिका पुतली भेटिएका छन्। नेपालका पुतली सम्बन्धी जति जानकारी पुतली बाजेलाई छ, सायद अरु कसैलाई पनि छैन। त्यसैले होला, अर्का किटविज्ञ डब्लुडब्लुएफ भुटानमा सल्लाहकारको रूपमा कार्यरत कलिनका मित्र पिट भान डेर पोयलले उनको जीवनी नै लेखेका छन्।

नेपालमै करिब पाँच दशक बिताइसकेका पुतली बाजेको नेपालमै अन्तिम सास फेर्ने धोको रहेको उलक बताउँछन्। निस्वार्थ रुपमा नेपालको जैविक विविधताको खोजी र संरक्षण गर्न उनले पुर्याएको योगदान अतुलनीय रहेको संरक्षणविद्हरु बताउँछन्। तर, अस्पतालको बेडमा एक्लै रहेका 'पुतली बाजे'को बारेमा न त स्थानीय सरकारले चासो राखेको छ, न त प्रदेश वा संघीय सरकारले नै। 

स्वास्थ्य लाभको कामना पुतली बाजे।

प्रकाशित मिति: बुधबार, असार १, २०७९  ०७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्