• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

ब्यूँतियो ‘रअ बार्ज’को र्‍याप ब्याटल, नेपाली संगीतलाई संसारभर फैलाउने सपना

64x64
नेपाल लाइभ सोमबार, जेठ ३०, २०७९  ११:३९
1140x725

काठमाडौं- नब्बेको दशकमा अमेरिकाबाट सुरुवात भएको मानिने हिपअप संगीतअन्तरगतको रचनात्मक र रोमाञ्चक विधा ‘र्‍याप ब्याटल’ले नेपाली युवामनहरुमा हलचल ल्याइदिएको छ। 

अमेरिकाबाटै सुरु भएको हिपअप म्यूजिकको लोकप्रियताले नेपाललाई पनि छोयो। केहीपछि हिपअप म्यूजिक विधा प्रयोग गरेर रचनात्मक क्षमता भएकाहरुले हिपअप शैली अर्थात र्‍याप शैलीमा गाउँदै ब्याटल गर्ने प्रचलन बढ्दै गयो।

नेपालमा र्‍याप ब्याटलको औपचारिक सुरुवात नै भएको पनि ९ वर्ष बढी भइसक्यो। पछिल्लो समय युवाहरुको रोजाई बन्न सफल र्‍याप म्यूजिकअन्तर्गतका ब्याटल श्रृंखलाहरुले बिस्तारै श्रोता–दर्शकको मन तान्न थालेको छ। 

नेपालमा र्‍याप ब्याटलको प्रसंग उठाउनेबित्तिकै अधिकांश युवाहरुले ‘रअ बार्ज’(Raw Barz)को नाम सम्झिन्छन्। हिपअप संगीतको प्रवद्र्धनकै लागि स्थापित ‘रअ बार्ज’ले र्‍याप ब्याटललाई पुनर्जिवित गराउँदै यसलाई व्यवसायिक रुप दिन खोजिरहेको छ। 

‘रअ बार्ज’को इतिहास
कोलिन राणाले आफू सेन्ट जेभियर्समा पढ्दादेखि नै एक्सक्लूसिभ इन्टरटेनमेन्ट नामको कम्पनी स्थापना गरेका थिए। उनले यो कम्पनीमार्फत हिपअप ब्याण्डको व्यवसायिक सुरुवात गरे। सन् २०१० मा कम्पनी खोलेका उनको २०११ मा यम बुद्धसँग भेट भयो। त्यसपछि हिपअपमा गएको मनले यही विधालाई थप प्रवद्र्धन गर्ने अठोट लियो। 

त्यसपछि कोलिन राणाको अगुवाईमा ‘एक्सक्लूसिभ नाइट वान’ नामको इभेन्ट आयोजना भयो। त्यहाँ र्‍याप ब्याटल पनि भयो। त्यो कार्यक्रम युवामाझ निकै हिट भयो। त्यसपछि यही टिमले सन् २०१३ मा ‘एक्सक्लूसिभ नाइट टू’को योजना गर्ने निधो गर्यो। र्‍याप ब्याटललाई नेपालमा पनि व्यवसायिक बनाउँदै लैजानुपर्ने सोंचसहित यम बुद्ध, राणा लगायतको टिमले कार्यक्रमको नाम ‘रअ बार्ज’ राख्यो। ‘रअ बार्जको’ र्‍याप ब्याटल भनेपछि युवाहरुमा आकर्षण बढ्दै गयो। ४ जनाले स्थापना गरेको ‘रअ बार्ज’ नामको इभेन्ट अत्यधिक लोकप्रिय भएपछि यसैलाई कम्पनीको रुप दिइयो र जन्मियो ‘रअ बार्ज कम्पनी प्रालि’। 

‘रअ बार्ज’को जन्मपछि पनि अजबगजबका र्‍याप ब्याटल आयोजना भए। त्यही बीचमा ‘र बार्ज’बाट यम बुद्ध अलग भए। तर राणा लगायतको टिमले भने र्‍याप ब्याटललाई अगाडि बढाउने निधोसहित काम पुनः सुरु गर्यो।  

काठमाण्डौ केन्द्रीत पहिलो -याप ब्याटल गर्दा त्यसमा १६ र्‍यापर सहभागी भए। ब्याटल पहिला पनि हुन्थ्यो, तर स्टेजमै र्‍यापरलाई उतारेर व्यवसायिक रुपले त्यस्तो कार्यक्रम आयोजना भएको थिएन। 

Ncell 2
Ncell 2
nimb
nimb

र्‍याप ब्याटलको दोश्रो सिजन २०१३ मा भयो। तेश्रो सिजन २०१६ मा भयो। त्यसपछि राणाले नेपाली म्यूजिकलाई हिपअपमार्फत विदेशमा पनि पुर्याउनुपर्छ भन्ने भावनाबाट प्रेरित भई अमेरिकामा ध्यान केन्द्रीत गरे। २०१८ देखि ०१९ सम्म त्यही केन्द्रीत भई उनले यूएसमा र्‍याप ब्याटलको इभेन्ट नै आयोजना गरी नेपाली गीत–संगीतको प्रवद्र्धन गरे। त्यसपछि यो टिमले भारत, बेलायत लगायतका देशमा पनि र्‍याप ब्याटल गर्यो। नेपालीभाषी मात्र नभई विदेशका संगीतप्रेमी युवावर्गमा पनि ‘रअ बार्ज’ले चर्चा बटुल्दै गयो।

अमेरिकामा अर्को संस्करणको ब्याटल आयोजना गर्ने योजना बनाइरहेको बेला कोभिड संक्रमणले महामारीको रुपमा लिन थाल्यो। त्यसपछि युवाहरुको ‘रअ बार्ज’ पनि केही सेलाएजस्तो देखियो। 

रायमाझीको प्रवेशपछि ‘रअ बार्ज’को पुनर्जीवन
कोभिडको संक्रमण लगभग नरहेपछि अब राणा लगायतको टिमले पुनः ‘रअ बार्ज’लाई सक्रिय बनाई र्‍याप ब्याटललाई अगाडि बढाइसकेको छ। हाल देशका मुख्य शहरहरुमा र्‍याप ब्याटलका लागि अडिसन सकिइसकेको छ। 

Xtrem

Xtrem

युवाहरुमार्फत र्‍याप ब्याटल यति लोकप्रिय भइसक्यो कि, रअ बार्जले ब्याटलका लागि आवेदन आह्वान गर्दा डिजीटल अडिसनमा मात्रै छोटो समयमा ३ हजार बढीको सहभागिता भयो। 
फिजिकल अडिसनमा पनि -यापरहरुको उल्लेख्य सहभागिता रहेको ‘रअ बार्ज’का चेयरम्यान प्रवेश रायमाझीले जानकारी दिए। 

रायमाझी पनि संगीत उद्यमी हुन्। उनी युवाहरुमाझ लोकप्रिय भएर पनि सक्रिय हुन नसकेको ‘रअ बार्ज’लाई ब्यूँताएर -यापरहरुलाई सही बाटोमा ल्याउनेदेखि लिएर हिपअप म्यूजिकको राष्ट्रिय÷अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्न तल्लीन व्यक्ति हुन्। हाल रायमाझीको नेतृत्वको ‘रअ बार्ज’ले नयाँ काचुली फेरेको छ। -याप ब्याटलका विभिन्न अडिसनहरु भइरहेका छन्। रायमाझीको नेतृत्व पाएपछि ‘रअ बार्ज’ पुनः जागेको छ। ‘प्रवेश दाई आएपछि हामीमा नयाँ उत्साह थपिएको छ।’ राणा भन्छन्–‘अब हामी छिट्दै हाम्रो ब्याटलका अडिसन र एलिमेनेसन राउण्ड सकेर लाइभ राउण्डका लागि टप ४० प्रतिस्पर्धी छान्दैछौं।’  

प्रवेशलाई पनि सानैदेखि हिपअप म्यूजिकमा चासो थियो। आफू -यापर नभए पनि र्‍यापलाई माया गर्ने भएका कारण पछिल्लो समय रायमाझीले ‘रअ बार्ज’लाई टेकओभर गरे। 

नेपालको मौलिक संस्कृतिमा लोकदोहोरी भनेजस्तै हिपअप म्यूजिकमा खेलिने दोहोरीलाई रायमाझी -याप ब्याटल भन्छन्। ‘यो पनि निकै रचनात्मक हुन्छ।’ उनले थपे–‘दुई व्यक्तिबीच हिपअप म्यूजिकको विधामार्फत -याप ब्याटल हुन्छ। सो क्रममा एकअर्काविरुद्धका भडाँस पोख्ने मात्र नभई देशको सिस्टम, राजनीतिक विकृति, सामाजिक विषय वा विकृति लगायतमा एकअर्काले गतिलो प्रहार गरी -याप गाउँछन्।’ 

यसपटकको स्थानीय निकायको निर्वाचनमा उठेर काठमाण्डौ महानगरपालिकाको मेयरमा निर्वाचित बालेन शाह पनि र्‍यापरनै हुन्। र, उनलाई व्यवसायिक छवि बनाइदिने काम पनि ‘र बार्ज’ले नै गरिदिएको थियो। 

सानेपामा विद्यालय समेत चलाइरहेका रायमाझीले किन लिए त ‘रअ बार्ज’को जिम्मेवारी आफ्नो काँधमा ? उनी भन्छन्–‘एउटा इभेन्टमा म सहभागी भएको थिएँ। त्यसपछि भने आफैं केही गर्ने हुटहुटी भयो। अर्को कारण चाहिँ म आफैंलाई मन पर्ने र्‍यापर यमबुद्धको लेगेसी भएको कम्पनी हो, त्यही भएर पनि पुनः सुरु गर्ने सोंच आयो।’ 

यम बुद्ध हाल यो संसारमा नरहे पनि रअ बार्जलाई चिनाउने र आजसम्मको अवस्थामा ल्याउने काममा उनको महत्वपूर्ण भूमिका रहेको रायमाझी बताउँछन। फेरि, ‘रअ बार्ज’ यस्तो प्लेटफर्म हो, जहाँबाट लाहुरे, बालेन जस्ता धेरै चर्चित र्‍यापर जन्मिएका छन्, जो अहिले व्यवसायिक रुपमा सफल पनि मानिन्छन्।  

‘रअ बार्ज’को जिम्मेवारी लिएपछि रायमाझी समेत हिजोआज हिपअप म्यूजिक प्रवद्र्धनमा जुटेका छन्। र्‍याप ब्याटलको पछिल्लो अडिसन २०२२ फेब्रुअरीबाट सुरु भएको छ। युवाहरुको अत्यधिक सहभागिता देखेर रायमाझी खुशी छन्। ‘मेरो उद्देश्य भनेको नेपाली म्यूजिक र हिपअपलाई फ्यूजन गरेर लैजाने हो।’ उनले भने–‘नेपाली म्यूजिकलाई विभिन्न देशसम्मै पुर्याउने हो।’

पछिल्लो समय समाजमा र्‍यापरहरु लागूऔषध दुव्र्यसनमा फस्ने गर्छन् भन्ने गलत धारणाको विकास हुँदैछ। रायमाझीले यो कुरा धेरै नजिकबाट बुझेका छन् र नै र्‍याप ब्याटललाई एन्टी ड्रग क्याम्पेनसँग पनि जोडिदिएका छन्। ‘कुनै पनि लागूपदार्थ सेवन गर्नेलाई हामीले ब्याटलमा स्थान नै दिंदैनौं।’ रायमाझी भन्छन्–‘कुलतमा फसेकाहरुलाई बाहिर निकालेर उपयुक्त काम र रोजगारी समेत दिने काम पनि गरिरहेका छौं।’ 

रायमाझी आएपछि उनले बेखर्ची -यापरहरुलाई काम समेत दिएका छन्। त्यस्ता र्‍यापरहरुलाई बस्नेदेखि गरिखाने ठाउँसम्मको व्यवस्थापन गरिदिइरहेको उनको भनाई छ। 

‘हामीले -यापरहरुको व्यक्तित्व विकासलाई समेत विशेष ध्यान दिएर काम गरिरहेका छौं।’ रायमाझी भन्छन्–‘इन्टरनेशनल मार्केट अनुकूलको ट्यालेन्ट हामी जन्माउँछौं, यो मेरो अठोट हो।’ 

रायमाझीको आफ्नो छुट्टै म्यूजिक कम्पनी पनि छ। त्यसलाई समेत ‘रअ बार्ज’सँगै दौडाउन चाहेका छन्। ‘यहाँ ट्यालेन्टहरुलाई तयार गरी हाम्रो र्‍याप ब्याटल विभिन्न देशसम्म लिएर जान्छौं।’ उनले भने–‘संसारमा म्यूजिकमा लगानी गर्नेहरु अर्बपति भइसके। हाम्रोमा पनि कलाकारिताप्रतिको दृष्टिकोण नै गलत छ। यसलाई आमूल सुधार गरी र्‍याप ब्याटल गर्ने प्रतिभाहरुले पनि राम्रो कमाउन सक्छन् भन्ने मान्यता स्थापित गर्नु छ।’ 

सुरुवातका दिनहरुमा हिपअप म्यूजिकको नाम सुन्दा पनि मानिसहरु हास्थे, तर अहिले बिस्तारै कुरा बुझ्ने जमात ठूलो हुँदै गएको उनको ठम्याई छ। ‘अब त मानिसले कुरा बुझ्न थाले। हिपअप र र्‍याप ब्याटललाई सबैले स्वीकारिसके। यो विधालाई बुझ्ने क्राउड पनि नेपालमा पाउन थालियो।’ उनी थप्छन्।

‘रअ बार्ज’का अभियन्ता लोकसंगीत र र्‍यापलाई फ्यूजन गरेर अगाडि बढ्न चाहन्छन्। ‘र्‍याप ब्याटल बाहिरको अवधारणा हो, तर यसलाई परिस्कृत गरेर नेपाली परम्परागत म्यूजिकको समेत फ्यूजन गरी अगाडि बढ्न सकिने रहेछ।’ रायमाझी भन्छन्–‘फेरि हामी र्‍याप ब्याटल र शो मात्र गर्न आएका होइनौं। योसँगै हामीले युवा पुस्तालाई ज्ञान पनि बाँड्नुछ। अझ एउटा र्‍यापरले र्‍याप गाएरै जीवन निर्वाह गर्नसक्ने अवस्था बनाउनुछ।’ 

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  ११:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित]
कृष्णभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] सोमबार, असोज १२, २०८३
कृष्णभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा सोमबार, असोज १२, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्