• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

अझै कप्तानी परीक्षामा सन्दीप

64x64
दीप सुवेदी बिहीबार, जेठ २६, २०७९  १६:४०
1140x725

काठमाडौं– ‘कप्तानी र व्यक्तिगत प्रदर्शन दुवैलाई एक साथ लैजानु मेरो लागि असहज थियो। कप्तानीले मेरो व्यक्तिगत स्वास्थ्य र जीवनमा असर पारेको थियो। मैले एक टोलीको रूपमा सक्दो प्रयास गरें।’

लर्ड्समा न्यूजिल्याण्डविरूद्धको टेस्टमा आइतबार शतक प्रहार गरेपछि जो रूट निकै भावुक भएर अभिव्यक्ति दिएका थिए। अविजित ११५ रन उनको जीवनको २६औं टेस्ट शतक थियो। 

३१ वर्षीय रूटले यसअघि पाँच वर्ष इङ्ल्यान्डको कप्तानी गरे। तर, इङ्ल्यान्ड एशेज सिरिजमा अष्ट्रेलियासँग ४–० र वेस्ट इन्डिजसँग १–० ले पराजित भयो। वेस्ट इन्डिजबाट फर्किएपछि उनले क्रिकेटमा ब्रेक लिए। त्यसपछि कप्तानबाट राजीनामा दिए। 

उनी भन्छन्, ‘मैले सक्दो प्रयास गरेको थिएँ, तर कप्तानको बोझ कति गहिरो थियो भन्ने सायद मैले बुझेको थिइनँ। मलाई मेरो निर्णय सही लाग्यो र राजीनामा दिएँ। राजीनामा दिएपछि मात्रै ठूलो बोझ हटेको महसुस भयो।’

उनको भनाइबाट नै थाहा हुन्छ कप्तानी जिम्मेवारी कति ‘गह्रुंगो’ हुन्छ। क्रिकेटमा कप्तानी गर्नुमात्रै ठूलो विषय होइन, टोलीलाई जित दिलाउनु महत्त्वपूर्ण हुन्छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पनि बेलाबखत कप्तानीबारे धेरै चर्चा हुने गर्छ। नेपाल क्रिकेट संघ (क्यान) र सिनियर खेलाडीबीच पछिल्लो समय द्वन्द्व सिर्जना हुँदा राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी सन्दीप लामिछानेको काँधमा पुगेको छ।

गत मंसिरमा बिगब्यास लिग खेल्न अस्ट्रेलिया पुगेका बेला लेग स्पिनर सन्दीपले यति चाँडै नेपाली टोलीको कप्तानी सम्हालान् भनेर सायदै कसैले सोचेका थिए। खेलाडीहरूको केन्द्रीय सम्झौताको विषयमा सुरू भएको विवादमा क्यानले ज्ञानेन्द्र मल्लबाट कप्तानी जिम्मेवारी मात्रै खोसेन, तत्कालीन उपकप्तान दिपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर कमलसिंह ऐरीलाई समेत कारवाही गर्‍यो।

त्यसपछि सिर्जित घटनाक्रमले नेपाली क्रिकेटलाई गुट र उपगुटमा ल्याएर विभाजनको बाटो देखायो। यसै वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि ओमानमा हुन लागेको छनोट प्रतियोगिताको मुखमा सिर्जित विवादले खेलाडीमा पनि निषेधको राजनीति भित्र्याउने अड्कल गरिएको थियो। भयो पनि त्यस्तै। 

ज्ञानेन्द्रसहित चार खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिनुपर्ने मागसहित बन्द प्रशिक्षणमा बोलाइएका १४ खेलाडीले क्यानको खुलेरै विरोध गरे। यता, विश्वकप छनोट नजिकिँदै जानु र घटनाक्रमले पनि उग्ररुप लिँदै जानुले क्यानको चौतर्फी आलोचना भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि क्यानले उनीहरुमाथि गरिएको कारवाही फिर्ता लिने निर्णय त गर्‍यो, तर ज्ञानेन्द्रले राष्ट्रिय टोलीमा गुट बनाएको भन्दै उनलाई कप्तानबाट हटाउने निर्णय फिर्ता भएन। पारस खड्काले सन्यास लिएसँगै कप्तानी जिम्मेवारी ज्ञानेन्द्रमा आइपुगेको थियो। डिभिजन ५ हुँदै आईसीसी विश्वकप र एकदिवसीय मान्यता पाउँदासम्म नेपाली टोलीको एक महत्त्वपूर्ण सदस्य रहेका ज्ञानेन्द्रबाट कप्तानी खोस्नु स्वयम् क्यानका पदाधिकारी र समर्थकलाई मान्य थिएन। तर, विवादबाट मुक्त हुन क्यानले विश्वभरका व्यावसायिक क्रिकेट खेल्दै ‘ग्लोबल स्टार’को छवि बनाइसकेका सन्दीपलाई कप्तान बनाउने निर्णय गर्‍यो।

सन्दीप नेपाली क्रिकेटको मात्र होइन, समग्र नेपाली खेलकुदकै चर्चित खेलाडी हुन्। थुप्रै विश्व प्रसिद्ध क्रिकेट प्रतियोगिताहरू खेलिसकेका उनलाई कप्तानी जिम्मेवारी दिँदा क्यानले आफूमाथिको आलोचना केही कम हुने आकलन गरेको थियो। कतिपयले त्यो जिम्मेवारीले सन्दीपको व्यक्तिगत प्रदर्शन प्रभावित हुने तर्क गरे। तर, क्यानले पछाडि फर्केर हेरेन र सन्दीपलाई सबै फर्म्याटको कप्तान बनायो। 

वास्तवमा संकट टार्नका लागि क्यानले उनलाई अपनाएको थियो। बढ्दो आलोचना र आफूभन्दा सिनियर खेलाडीहरूलाई आफ्नो अण्डरमा राखेर कप्तानी गर्नुपर्ने अवस्था सन्दीपका लागि सजिलो थिएन। पारसपछि राष्ट्रिय टोली समाल्ने सबैभन्दा कान्छा कप्तान सन्दीप नै हुन्। पारसले २० वर्षको उमेरमै नेपालको कप्तानी सम्हालेका थिए।

सन्दीपले भने २१ वर्षको उमेरमा टिमको नेतृत्व गर्ने मौका पाए। कम उमेरमै कप्तानी सम्हालेका उनले पहिलो अवसरमा नै टी–२० विश्वकप छनोटजस्तो ठूलो प्रतियोगितामा पार पाउनु पर्‍यो। यो प्रतियोगिता सन्दीपको क्षमताको परीक्षण मात्रै थिएन, विभाजित टोलीलाई समेट्दै करिब सात वर्षपछि नेपाललाई दोस्रो पटक विश्वकपमा पुर्‍याउनुपर्ने दायित्व पनि थियो। तर, यू–१९ र घरेलु प्रतियोगिताको कप्तानीमा ‘फल्प’ भएका सन्दीपले राष्ट्रिय टिममा पनि गतिलो सुरुआत गरेनन्।

नेपालले छनोट प्रतियोगिताको बाँकी सबै खेल जित्यो, तर निर्णायक खेलमा यूएईसँग हार्न पुग्यो। नेपालले दोस्रोपटक विश्वकप खेल्ने मौका गुमायो। 

यो पनि पढ्नुहोस्

सुवासको क्रिकेट यात्रा : आफ्नो चोटले टिमबाहिर, अरुको चोटले फेरि मौकाबिहीबार, जेठ २६, २०७९

त्यसपछि घरेलु मैदानबाटै सन्दीपले ओडीआईको कप्तानी डेब्यु गरे। उनको कप्तानीमा कीर्तिपुरस्थित क्रिकेट मैदानमा पपुवा न्यू गिनीसँग भएको श्रृङ्खला नेपालले गुमायो। दुई खेलको श्रृङ्खलामा नेपालले दुवै खेल गुमायो। त्यसअघि नेपाल ओडीआईमा पपुवा न्यू गिनीसँग चार खेलमा अपराजित थियो। सन्दीप आफ्नो कप्तानीमा पहिलो ओडीआई जितकै खोजीमा छन्।

तर, पपुवा न्यू गिनी र मलेसिया समेत सम्मिलित त्रिकोणात्मक टी–२० सिरिजको उपाधि भने उनकै कप्तानीमा नेपालले जित्यो। पछिल्ला ८ खेलमध्ये सन्दीपको कप्तानीमा नेपालले पाँच खेलमा सफलता पाएको थियो। नेपालले उपाधि जित्दा सन्दीपको प्रदर्शन पनि राम्रै रह्यो। दबाबका बीचमा उनले फाइनलसम्म नेपालले ५ खेल खेल्दा ११ विकेट लिए। उनी त्यो सिरिजमा करण केसीपछि धेरै विकेट लिने बलर बने। सन्दीपले कप्तानीपछि १९ खेलमा ३५ विकेट लिएका छन्। 

यो आँकडाले के स्पष्ट गरेको छ भने दबाबबीच पनि उनले आफ्नो स्वाभाविक लय गुमाएका छैनन्। साथै नेपाली टोलीमा एकता ल्याउन पनि राम्रै भूमिका खेलिरहेको घरेलु भूमिमा सम्पन्न सिरिजमा स्पष्ट देखियो।

सन्दीपकै कप्तानीमा आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न हाल नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकामा छ। नेपालले यो भ्रमणमा आयोजक अमेरिका र ओमानसँग दुई दुई एकदिवसीय खेल खेल्दैछ।

विश्वकप लिग–२ सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्ने बाटो हो। सात टिम सहभागि लिग–२ मा अंक तालिकामा शीर्ष तीन टोलीले सिधै विश्वकप छनोट खेल्न पाउनेछन्। तल रहेका ४ टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ।

यो लिगमा १२ खेलमा १२ अंक जोडेको नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ। सन्दीपको कप्तानीमा नेपालले पाँच प्रतियोगिता खेल्दा तीन टी–२० सिरिज र दुई एकदिवसीय प्रतियोगिता खेलेको छ। यसमा १३ टी–२० र ६ एकदिवसीय खेल छन्। टी–२० मा उनले १० जित निकाल्दा तीन खेलको नतिजा विपक्षीलाई सुम्पिइएको छ।

सन्दीप राष्ट्रिय टोलीको कप्तान बनेको ६ महिना पनि पूरा भएको छैन। त्यसैले छोटो अवधिमा उनको कप्तानीको मापन गर्ने बेला भइसकेको छैन। जति खेल बढ्दै जान्छ, त्यति अनुभवले काम गर्छ। सन्दीप आफैं भन्ने गर्छन्, ‘आउने बितिक्कै सबै मिलाउन गाह्रो नै हुन्छ। कतिपय स्थितिमा ग्याम्बल (जुवा) नै खेल्नुपर्छ। कुन ओभर कसलाई दिने र कुन पोजिसनमा कसलाई ब्याटिङमा गर्न पठाउनेलगायत दबाब नेतृत्वमा हुन्छ।’

अब सन्दीपका अगाडि नेपालसँग रहेको ओडीआई मान्यता जोगाउनुपर्ने चुनौती छ। उनको नेतृत्वमा नेपाली टोलीले हाल विश्वकप लिग–२ अन्तर्गतको आगामी खेलहरूमा राम्रो प्रदर्शन गरेर एकदिवसीय विश्वकप छनोटसम्म पुग्न सक्छ। यदि, एकदिवसीय विश्वकप छनोटसम्म पुग्न सके अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपालको एकदिवसीय मान्यता कायमै राखिदिन सक्छ। नेपालको ओडीआई स्टेटसको भविष्य नै सन्दीपको कप्तानी परीक्षा हो।

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्