• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

सुवासको क्रिकेट यात्रा : आफ्नो चोटले टिमबाहिर, अरुको चोटले फेरि मौका

64x64
दीप सुवेदी बिहीबार, जेठ २६, २०७९  ०७:०७
1140x725

काठमाडौं– अवसर तिनै खेलाडी आउँछ, जो खराब समयमा पनि आत्मविश्वास गुमाउँदैनन्। विकेटकिपर तथा ब्याट्सम्यान सुवास खकुरेललाई पनि त्यस्तै अवसर प्राप्त भएको छ।

नेपालको पहिलो एकदिवसीय अन्तराष्ट्रिय (ओडीआई) श्रृङ्खला खेल्ने टोलीमा रहेका सुवास चोट र खराब ‘फर्म’का कारण लामो समय मैदानबाहिर रहे। उनलाई अहिले ‘कम ब्याक’को अवसर पनि अर्को खेलाडीको चोटकै कारण मिलेको हो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर तथा ‘ओपनिङ’ ब्याटर आसिफ शेख चोटग्रस्त भएपछि सुवासलाई टोलीमा बोलाइएको छ। उनी बुधबारदेखि नै सुरु विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक श्रृङ्खलाका लागि अमेरिका पुगिसकेका छन्। नेपालको पहिलो खेेल भने आज (बिहीबार) छ।

पछिल्लो समय राष्ट्रिय टोलीबाट ब्याटर कुशल भुर्तेलसँगै आसिफ शेखले ओपनिङ गरिरहेका छन्। तर, आसिफ घाइते भएर खेल्न नसक्ने अवस्थामा पुगेका छन्। कुशल पनि चोटग्रस्त छन्।

नेपाल अर्को वर्ष भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटको सुरुआती खुट्किलोका रूपमा रहेको लिग–२ मा प्रतिश्पर्धा गरिरहेको छ। नेपाली टिममा आसिफलाई ‘तुरुपको एक्का’का रूपमा हेरिएको थियो।

गत वर्ष मलेसिया र नेदरल्याण्ड्स सम्मिलित टी–२० श्रृङ्खलाबाट उनी आशालाग्दा ओपनर बनेर उदाएका थिए। त्यसयता उनी कुशलसँग मिलेर लगातार ओपनिङ गरिरहेका छन्। यसपटक लिग–२ खेल्न अमेरिका गएको टोलीले अभ्यास गर्ने क्रममा आसिफ घाइते भए। नेपाल टोलीबाट नियमित विकेटकिपिङ पनि गरिरहेका आसिफले नेपाल अलस्टारविरुद्धको खेलअघि घुँडामा चोट बोक्न पुगे। गत शनिबार भएको नेपाल र ह्यूस्टन हुरिकेन्सबीचको खेलमा पनि उनी उपस्थित हुन सकेनन्।

आसिफको ओपनिङ जोडी कुशल पनि ह्यूस्टन हुरिकेन्ससँगको अभ्यास खेलका क्रममा घाइते भए। फिल्डिङका क्रममा उनलाई ‘ह्याम्स्ट्रिङ’ समस्या भएको छ। उनी पनि खेल्न सक्नेमा आशंका भएपछि लिग–२ को शीर्ष तीनमा उक्लिने लक्ष्य लिएर अमेरिका उडेका प्रशिक्षक पुबुदु दासानायके समस्यामा परे।

अमेरिका गएको टोलीका सदस्य सुनिल धमला पनि ओपनिङ गर्नसक्ने ब्याटर हुन्। उनीसँग राष्ट्रिय टिमबाट ओपनिङ गरेको अनुभव पनि छ। तर, नियमित ओपनर कुशल र आसिफले खेल्ने संभावना कम भएपछि सुवासलाई राष्ट्रिय टोलीमा समावेश गर्ने निर्णय गरिएको नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए। 

‘आसिफको घुँडामा गहिरो चोट लाग्न पुग्यो। उनले अभ्यस खेलसम्म खेल्न पाएनन्। तत्त्कालै उनलाई चेकजाँच पनि गरियो। तर, सिटी स्क्यान र एमआरआई विस्तृत रिपोर्ट आउन समय लाग्ने भयो। त्यही बेला कुशल पनि घाइते भएका कारण सुवासलाई पठाउनु परेको हो,’ उनले नेपाल लाइभसँग भने।

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार आसिफको स्वास्थ्य परीक्षणको रिपोर्ट आइसकेको छैन। तर, जस्तोसुकै रिपोर्ट आए पनि उनी मैदान उत्रिन सक्ने स्थितिमा छैनन्। यता, कुशल फिट रहे मैदान उत्रिने संभावना छ। नियमित दुईमध्ये एक ओपनरले प्रतियोगिता गुमाउने निश्चितजस्तै भएपछि नेपाली टोली व्यवस्थापकले सुवासलाई उपयुक्त खेलाडी देखेका हुन्।

कार्यवाहक सचिव मल्लका अनुसार नेपाली टोली अमेरिका जानुअघि सुवास टीमसँगै अभ्यास गरिरहेका थिए। उनले पछिल्लो पटक नेपालको लागि २०२० मा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत ओमान र अमेरिका सम्मिलित त्रिकोणीय श्रृङ्खलामा अवसर पाएका थिए। घरेलु भूमिमा भएको श्रृङ्खलाका लागि राष्ट्रिय टोलीमा समावेश गरिएका शरद भेषवाकर घाइते भएपछि सुवासलाई टिममा बोलाइएको थियो। 

तर, उनले प्रभावशाली खेल देखाउन सकेनन्। तीन खेल खेल्दा उनले जम्मा २५ रन बनाए। एउटा खेलमा डकआउट भएका उनले ओमानविरुद्ध २२ रन बनाएका थिए। 

सुवासले पाँच वटा ओडीआई खेल्दै एक अर्धशतकसहित जम्मा ९४ रन बनाएका छन्। उनको स्ट्राइक रेट ५०.५३ छ। उनले २०१८ अगष्ट ३ मा ओडीआई डेब्यु गर्दै नेदरल्यान्डसविरुद्ध १९ रन बनाएका थिए। २०१८ सेप्टेम्बर ३० मा एशिया कप छनोट अन्तरगत युएईविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसपछि उनलाई चोटले सतायो। चोटका कारण करिब १५ महिना क्रिकेटबाट टाढा रहे। यो बीचमा उनलाई अब क्रिकेट करिअर सकिने चिन्ता थियो। तर, उनले हिम्मत देखाउँदै पोखरा प्रिमियर लिगमार्फत्  पुनरागमन गरे। 

त्यसपछि सुवासले राष्ट्रिय टोलीबाट खेल्ने सपना फेरि देख्न थाले। उनी ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक श्रृङ्खलामा खेल्ने टोलीको वैकल्पिक खेलाडी थिए। उक्त प्रतियोगिताअघि शरद चोटग्रस्त भएपछि मौका पाए पनि उत्कृष्ट खेल देखाउन सकेनन्। 

डेभ वाट्मोरको राजीनामापछि फेरि नेपाल आएका पुबुदु दासानायकेले राष्ट्रिय टोलीमा मौका नपाएका सुनिल, सुवासजस्ता खेलाडीलाई प्रदर्शन मूल्यांकन गर्न बोलाएका थिए। त्यसैको प्रतिफल सुनिलले राष्ट्रिय टोलीमा पाँच वर्षपछि पुनरागमन गरे। आसिफ र कुशल घाइते हुँदा सवास पनि राष्ट्रिय टोलीमा फकिएका छन्। सुवासको विशेषता भनेको उनी तीव्र गितका बलरविरुद्ध राम्रो खेल्न सक्छन्। 

नेपाली टोलीका कप्तान सन्दीप लामिछानले अहिले आफूहरु दुई ओपनरको फिटनेस जाँचको रिपोर्ट कुरिरहेको जानकारी दिएका छन्। रिपोर्ट आएपछि खेल्ने वा नखेल्ने निर्णय हुने उनको भनाइ छ। 

‘दुई ओपनर नै घाइते हुनु हाम्रा लागि दुर्भाग्य हो, त्यो हामीले फिल गरेका छौं। उनीहरुको फिटनेस चेक भइरहेको छ। ओपनर परिवर्तनबारे फिटनेस चेकको रिपोर्टमा भर पर्ने छ। रिपोर्ट राम्रो नआए ओपनर परिवर्तन गर्नुको विकल्प छैन। त्यसबारे सोचिरहेका छौं,’ अमेरिकामा नेपाली पत्रकारहरुसँग उनले भनेका छन्।

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  ०७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
राहुलको चार विकेट र मोइनको अर्धशतकमा जनकपुरको शानदार जित काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो। जनकपुरको जितमा मोइन अलीले अविजित ५८ र सैफ हसनले अ... बिहीबार, कात्तिक १२, २०८३
एनपीएल : आज जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै आज जनकपुर बोल्टस र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुन लागेको हो । बिहीबार, कात्तिक १२, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित जितसँगै सुदूरपश्चिमले दुई अंक जोडेको छ । पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खे... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
राहुलको चार विकेट र मोइनको अर्धशतकमा जनकपुरको शानदार जित बिहीबार, कात्तिक १२, २०८३
कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यले सभापतिसँग खाए शपथ बिहीबार, कात्तिक १२, २०८३
कोप-३१ मा जलवायु वित्त र पर्वतीय मुद्दालाई प्राथमिकता दिने तयारी, मन्त्री चौधरी र सभामुख अर्यालबीच छलफल बिहीबार, कात्तिक १२, २०८३
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, धान नकाट्न विभागको आग्रह बिहीबार, कात्तिक १२, २०८३
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्