• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

सुवासको क्रिकेट यात्रा : आफ्नो चोटले टिमबाहिर, अरुको चोटले फेरि मौका

64x64
दीप सुवेदी बिहीबार, जेठ २६, २०७९  ०७:०७
1140x725

काठमाडौं– अवसर तिनै खेलाडी आउँछ, जो खराब समयमा पनि आत्मविश्वास गुमाउँदैनन्। विकेटकिपर तथा ब्याट्सम्यान सुवास खकुरेललाई पनि त्यस्तै अवसर प्राप्त भएको छ।

नेपालको पहिलो एकदिवसीय अन्तराष्ट्रिय (ओडीआई) श्रृङ्खला खेल्ने टोलीमा रहेका सुवास चोट र खराब ‘फर्म’का कारण लामो समय मैदानबाहिर रहे। उनलाई अहिले ‘कम ब्याक’को अवसर पनि अर्को खेलाडीको चोटकै कारण मिलेको हो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर तथा ‘ओपनिङ’ ब्याटर आसिफ शेख चोटग्रस्त भएपछि सुवासलाई टोलीमा बोलाइएको छ। उनी बुधबारदेखि नै सुरु विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक श्रृङ्खलाका लागि अमेरिका पुगिसकेका छन्। नेपालको पहिलो खेेल भने आज (बिहीबार) छ।

पछिल्लो समय राष्ट्रिय टोलीबाट ब्याटर कुशल भुर्तेलसँगै आसिफ शेखले ओपनिङ गरिरहेका छन्। तर, आसिफ घाइते भएर खेल्न नसक्ने अवस्थामा पुगेका छन्। कुशल पनि चोटग्रस्त छन्।

नेपाल अर्को वर्ष भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटको सुरुआती खुट्किलोका रूपमा रहेको लिग–२ मा प्रतिश्पर्धा गरिरहेको छ। नेपाली टिममा आसिफलाई ‘तुरुपको एक्का’का रूपमा हेरिएको थियो।

गत वर्ष मलेसिया र नेदरल्याण्ड्स सम्मिलित टी–२० श्रृङ्खलाबाट उनी आशालाग्दा ओपनर बनेर उदाएका थिए। त्यसयता उनी कुशलसँग मिलेर लगातार ओपनिङ गरिरहेका छन्। यसपटक लिग–२ खेल्न अमेरिका गएको टोलीले अभ्यास गर्ने क्रममा आसिफ घाइते भए। नेपाल टोलीबाट नियमित विकेटकिपिङ पनि गरिरहेका आसिफले नेपाल अलस्टारविरुद्धको खेलअघि घुँडामा चोट बोक्न पुगे। गत शनिबार भएको नेपाल र ह्यूस्टन हुरिकेन्सबीचको खेलमा पनि उनी उपस्थित हुन सकेनन्।

आसिफको ओपनिङ जोडी कुशल पनि ह्यूस्टन हुरिकेन्ससँगको अभ्यास खेलका क्रममा घाइते भए। फिल्डिङका क्रममा उनलाई ‘ह्याम्स्ट्रिङ’ समस्या भएको छ। उनी पनि खेल्न सक्नेमा आशंका भएपछि लिग–२ को शीर्ष तीनमा उक्लिने लक्ष्य लिएर अमेरिका उडेका प्रशिक्षक पुबुदु दासानायके समस्यामा परे।

अमेरिका गएको टोलीका सदस्य सुनिल धमला पनि ओपनिङ गर्नसक्ने ब्याटर हुन्। उनीसँग राष्ट्रिय टिमबाट ओपनिङ गरेको अनुभव पनि छ। तर, नियमित ओपनर कुशल र आसिफले खेल्ने संभावना कम भएपछि सुवासलाई राष्ट्रिय टोलीमा समावेश गर्ने निर्णय गरिएको नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए। 

‘आसिफको घुँडामा गहिरो चोट लाग्न पुग्यो। उनले अभ्यस खेलसम्म खेल्न पाएनन्। तत्त्कालै उनलाई चेकजाँच पनि गरियो। तर, सिटी स्क्यान र एमआरआई विस्तृत रिपोर्ट आउन समय लाग्ने भयो। त्यही बेला कुशल पनि घाइते भएका कारण सुवासलाई पठाउनु परेको हो,’ उनले नेपाल लाइभसँग भने।

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार आसिफको स्वास्थ्य परीक्षणको रिपोर्ट आइसकेको छैन। तर, जस्तोसुकै रिपोर्ट आए पनि उनी मैदान उत्रिन सक्ने स्थितिमा छैनन्। यता, कुशल फिट रहे मैदान उत्रिने संभावना छ। नियमित दुईमध्ये एक ओपनरले प्रतियोगिता गुमाउने निश्चितजस्तै भएपछि नेपाली टोली व्यवस्थापकले सुवासलाई उपयुक्त खेलाडी देखेका हुन्।

कार्यवाहक सचिव मल्लका अनुसार नेपाली टोली अमेरिका जानुअघि सुवास टीमसँगै अभ्यास गरिरहेका थिए। उनले पछिल्लो पटक नेपालको लागि २०२० मा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत ओमान र अमेरिका सम्मिलित त्रिकोणीय श्रृङ्खलामा अवसर पाएका थिए। घरेलु भूमिमा भएको श्रृङ्खलाका लागि राष्ट्रिय टोलीमा समावेश गरिएका शरद भेषवाकर घाइते भएपछि सुवासलाई टिममा बोलाइएको थियो। 

तर, उनले प्रभावशाली खेल देखाउन सकेनन्। तीन खेल खेल्दा उनले जम्मा २५ रन बनाए। एउटा खेलमा डकआउट भएका उनले ओमानविरुद्ध २२ रन बनाएका थिए। 

सुवासले पाँच वटा ओडीआई खेल्दै एक अर्धशतकसहित जम्मा ९४ रन बनाएका छन्। उनको स्ट्राइक रेट ५०.५३ छ। उनले २०१८ अगष्ट ३ मा ओडीआई डेब्यु गर्दै नेदरल्यान्डसविरुद्ध १९ रन बनाएका थिए। २०१८ सेप्टेम्बर ३० मा एशिया कप छनोट अन्तरगत युएईविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका थिए।

Xtrem

Xtrem

त्यसपछि उनलाई चोटले सतायो। चोटका कारण करिब १५ महिना क्रिकेटबाट टाढा रहे। यो बीचमा उनलाई अब क्रिकेट करिअर सकिने चिन्ता थियो। तर, उनले हिम्मत देखाउँदै पोखरा प्रिमियर लिगमार्फत्  पुनरागमन गरे। 

त्यसपछि सुवासले राष्ट्रिय टोलीबाट खेल्ने सपना फेरि देख्न थाले। उनी ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक श्रृङ्खलामा खेल्ने टोलीको वैकल्पिक खेलाडी थिए। उक्त प्रतियोगिताअघि शरद चोटग्रस्त भएपछि मौका पाए पनि उत्कृष्ट खेल देखाउन सकेनन्। 

डेभ वाट्मोरको राजीनामापछि फेरि नेपाल आएका पुबुदु दासानायकेले राष्ट्रिय टोलीमा मौका नपाएका सुनिल, सुवासजस्ता खेलाडीलाई प्रदर्शन मूल्यांकन गर्न बोलाएका थिए। त्यसैको प्रतिफल सुनिलले राष्ट्रिय टोलीमा पाँच वर्षपछि पुनरागमन गरे। आसिफ र कुशल घाइते हुँदा सवास पनि राष्ट्रिय टोलीमा फकिएका छन्। सुवासको विशेषता भनेको उनी तीव्र गितका बलरविरुद्ध राम्रो खेल्न सक्छन्। 

नेपाली टोलीका कप्तान सन्दीप लामिछानले अहिले आफूहरु दुई ओपनरको फिटनेस जाँचको रिपोर्ट कुरिरहेको जानकारी दिएका छन्। रिपोर्ट आएपछि खेल्ने वा नखेल्ने निर्णय हुने उनको भनाइ छ। 

‘दुई ओपनर नै घाइते हुनु हाम्रा लागि दुर्भाग्य हो, त्यो हामीले फिल गरेका छौं। उनीहरुको फिटनेस चेक भइरहेको छ। ओपनर परिवर्तनबारे फिटनेस चेकको रिपोर्टमा भर पर्ने छ। रिपोर्ट राम्रो नआए ओपनर परिवर्तन गर्नुको विकल्प छैन। त्यसबारे सोचिरहेका छौं,’ अमेरिकामा नेपाली पत्रकारहरुसँग उनले भनेका छन्।

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  ०७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार भएको दोस्रो खेलमा भिक्ट्री किङ्सले टिम जुम्लालाई ९ विकेटले पराजित गर्‍यो। टिम जुम्लाले दिएको ९९ रनको लक्ष्य भिक्ट्री किङ्सले... बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन र युवापुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले कम्पनीले खेलाडीसँग सहकार्य गरेको जना... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्