• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पाँच रुपैयाँको नोट, तस्करको कोड! कपडामा लेपन लगाएर दुबईबाट काठमाडौं सुन तस्करी 

64x64
नारायण अधिकारी सोमबार, जेठ २३, २०७९  १५:२८
1140x725

काठमाडौं–सुन तस्करले नयाँ–नयाँ तरिका अपनाएर तस्करीको धन्दा सञ्चालन गर्ने गरेको रहस्य खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुन तस्करीको आरोपमा जेठ २१ गते सात जनालाई पक्राउ गरेसँगै तस्करीको नयाँ तरिका बाहिरिएको हो।

सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। एक भारतीय, एक चिनियाँ र ५ नेपाली गरी सात जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा रुपन्देहीको सैनामैना नगरपालिका–१ बनकट्टाका ४२ वर्षीय सुरेशबहादुर शाही, कपिलवस्तुको बाणगंगा नगरपालिका–८ बोडेगाउँका २९ वर्षीय सन्दीप चन्द ठकुरी, बाराको जितपुर सिमरा उपमहानरपालिका–१६ कि २२ वर्षीया निर्मला घलान, धनुषाको बडेश्वर गाउँपालिका–४ घर का ४१ वर्षीय बरुनभक्त माथेमा, चीनको तिब्बत छेन्दु घर भइ काठमाडौंको बौद्ध बस्ने २७ वर्षीय लोब्सान ग्याल्सेन, नवलपरासीको सुनवल नगरपालिका–१० घर भएका ४२ वर्षीय युवराज भुषाल र भारतको नयाँदिल्ली घर भइ ललितपुरको बागडोल बस्ने ५१ वर्षीय अमन राजपुत छन्।

यसरी भयो तस्करी 
जेठ २१ गते दुबईबाट नेपाल एअरलाइन्सको फ्लाइट आरए२३० बाट सुरेशबहादुर शाही र सन्दीप चन्द ठकुरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं उत्रिए। उनीहरुले सुन लिएर आउँदै गरेको भन्ने 'सूचना' पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले निगरानी बढाएको थियो। 

उनीहरुलाई दुबईमा भीम लाहुर भनेर चिनिने व्यक्तिले विमानस्थलमा कपडा लगाउन लगाइ नेपाल पुगेपछि निर्मला घलानलाई उक्त कपडाहरु दिनु भनेका थिए। 

सुरेशबहादुर शाहीले शरीरमा एउटा सर्ट र एउटा पाइन्ट तथा सन्दीपले एउटा अन्डरवयेर, एउटा भेस्ट, एउटा सर्ट र एउटा पाइन्ट लगाएका थिए। 

उनीहरुले लगाएको कपडाहरुको वजन असाधारण पाइएपछि कपडा खोल्न लगाएर हेर्दा भित्र सुनको लेपन लगाएर सुन तस्करी गरेको खुलेको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

दुबईबाट काठमाडौं आएका सुरेशबहादुर र सन्दीपबाट सुन लेपन गरिएको कपडा लिन निर्मला विमानस्थल पुगेकी थिइन्। प्रहरीले विमानस्थलको सवारी पार्किङ क्षेत्रबाट निर्मलालाई पक्राउ गर्‍यो।   

अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरका अनुसार दुबईबाट सन्देश तामाङ नाम गरेका व्यक्तिले निर्मलालाई म्यासेन्जरमा सम्पर्क गरी आवश्यक निर्देशन दिँदै ती कपडाहरु लिन लगाएका थिए। 

उक्त निर्देशनअनुसार कपडाहरुलाई दुई भाग लगाएर झोलामा राखेर दुई वटा प्याकेज बनाउने र कपडा लिएर आउने सुरेश र सन्दीपलाई खाना खुवाएर दुई/दुई हजार रुपैयाँ दिन भन्दै दुबईबाट सन्देशले निर्मलालाई निर्देशन दिएका थिए।

तस्करको कोड पाँच रुपैयाँको नोट!
प्रहरी अनुसन्धानबाट खुलेअनुसार निर्मला घेलानको जिम्मेवारी विमानस्थलमा कपडा रिसिभ गर्ने थियो। दुबईबाट आएका सुरेशबहादुर सन्दीपबाट कपडा बुझेर निर्मलाले अर्का एक व्यक्तिलाई ती कपडा दिनुपर्ने 'जिम्मेवारी' तोकिएको थियो। 

त्यसका लागि केही कोडसहितको हुलिया सन्देशले दुबईबाट निर्मलालाई बताउँछन्। उनले म्यासेन्जरमै भनेका हुनछन्, ‘पहिला एउटा व्यक्ति आउँछ । उसले ण/४७०१७६२१ नम्बरको पाँच रुपैयाँको नोट देखाउँछ । उसलाई एउटा प्याकेज दिएर पठाउनु। ‘त्यसपछि अर्को मान्छे आउँछ। उसले थ/९४१५७५१० नम्बरको पाँच रुपैयाँको नोट देखाउँछ। त्यसलाई अर्को प्याकेज दिनु।’

तर, सामान रिसिभ गर्नुभन्दा पहिला नै प्रहरीले सुन ल्याउने र रिसिभ गर्ने निर्मलासहित तीनै जनालाई पक्राउ गरिसकेको हुन्छ। उता पाँच रुपैयाँको नोट कोड लिएर सुनको लेपन लगाएका कपडा लिन बसेका हुन्छन् चिनियाँ नागरिक लोब्साङ र नेपाली नागरिक बरुणभक्त माथेमा। 

उनीहरुले निर्मलालाई फोन सम्पर्क गरेर लोकेशन माग गर्छन्। उता प्रहरीको नियन्त्रणमा रहेकी निर्मलाले प्रहरीले सिकाएअनुसार नै लोकेसन दिन्छिन्।

सोही अनुसार पाँच रुपैयाँको ण/४७०१७६२१ नम्बरको नोट बोकेर लोब्साङ र पाँच रुपैयाँकै थ/९४१५७५१० नम्बरको नोट बोकेर सुनको लेपन लगाएको कपडा लिन बौद्ध पुगेका दुबै जनालाई प्रहरीले पक्राउ गर्छ। उनीहरुबाट उक्त नम्बरका पाँच रुपैयाँको नोट समेत बरामद हुन्छ।

अनि पक्राउ पर्छन् युवराज र अमन
बरुण पक्राउ परेसँगै उनलाई निर्देशन दिने व्यक्तिको पहिचान प्रहरीले गर्‍यो। उनलाई युवराजले निर्देशन दिएर नोट लिएर कपडा लिन पठाएको खुल्यो। बरुणले उक्त सामान रिसिभ गरेपछि पुनः अमन राजपुत आएर सामान रिसिभ गर्ने योजना बनाएको प्रहरी अनुसन्धनबाट खुलेको छ। 

राजपुतले थ/७४९३८०३६ नम्बरको पाँच रुपैयाँको नोट देखाएपछि बरुणले त्यो सामान अमनलाई दिनुपर्ने भन्दै युवराजलाई निर्देशन दिएको प्रहरी समक्ष बताए। त्यसपछि अमनलाई कपडा लिन बोलाएर बानेश्वरस्थित सिभिल अस्पताल अगाडिबाट थ/७४९३८०३६ नम्बरको पाँच रुपैयाँको नोटसहित पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।

उनी पक्राउ परेपछि उनीहरुलाई निर्देशन दिने भुषाललाई माछापोखरीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। जेठ २१ गते नै साँझ साढे ६ बजे दुबईबाट सन्देशले बरुणलाई फोन गरी अब सबै फोनहरु अफ गर्नु समेत भनेर निर्देशन दिएका थिए।

उता लोब्साङबाट सामान रिसिभ गरी पठाउनु पर्ने जिम्मेवारी पाएका ठिन्ले लामा भन्ने व्यक्ति भने फरार भएका छन्। दुबईबाट यसरी कपडामा लेपन लगाएर ल्याइएको सुनको तौल ८८६ ग्राम रहेको पाइएको छ। उक्त सुन नेपालको बाटो हुँदै भारत तस्करी गर्न लागिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

पक्राउ परेका सातै जनालाई सुनसहित थप अनुसन्धान तथा कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाउन लागिएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १५:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाअनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका झापाको अर्जुनधारा नगरपालिका-९ क... आइतबार, साउन १०, २०८३
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ शुक्रबार राति करिब ११:०० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी वरिष्ठ हवल्द... शनिबार, साउन ९, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास आत्मदाह गर्न खोज्ने २७ वर्षीय विशाल तामाङलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ। तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन्... मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्