काठमाडौं– यौन दुर्व्यवहारको आरोपमा रामेछापबाट पक्राउ परेका एक होस्टेल वार्डेनलाई काठमाडौं ल्याइएको छ।
काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेनलाई काठमाडौं ल्याइएको हो। शनिबार पक्राउ परेका ती वाडर्नेलाई राति साढे १० बजेतिर काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले नेपाल लाइभलाई जानकारी दिए।
वार्डेनले होस्टेलमा बस्दै आएका तीन छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। यौन दुर्व्यवहार गरेको उजुरीपछि भागेर रामेछाप पुगेका वार्डेनलाई रामेछाप प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो।
उनलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको छ। काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टेलका वार्डेनलाई पक्राउ नगरिएको भन्दै छात्रा र अभिभावकले शनिबार आन्दोलन गरेका थिए।
शिक्षालय अगाडि नाराबाजी गर्दै अभिभावक र छात्राहरूले आरोपी वार्डेनलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका थिए। शिक्षालयमा केहीबेर तनाव समेत भएको थियो।
सम्बन्धित समाचार :
यौन दुर्व्यवहारको आरोपमा सर्वनाम शिक्षालयका होस्टेल वार्डेन पक्राउ
सर्वनाम शिक्षालयका होस्टेल वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप, आरोपित खोज्दै प्रहरी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।