काठमाडौं– होस्टेलमा बस्दै आएका तीन छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका सर्वनाम शिक्षालयका होस्टेल वार्डेन पक्राउ परेका छन्। यौन दुर्व्यवहार गरेको जाहेरी परेपछि प्रहरीले खोजी सुरु गरेको थियो।
उजुरीपछि भागेर रामेछाप पुगेका वार्डेनलाई रामेछाप प्रहरीको सहयोगमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।
उनलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको छ। काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टेलका वार्डेनलाई पक्राउ नगरिएको भन्दै छात्रा र अभिभावकले आन्दोलन गरेका थिए।
शिक्षालय अगाडि नाराबाजी गर्दै अभिभावक र छात्राहरूले आरोपी वार्डेनलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका थिए। छात्राहरुले अभिभावकलाई सुनाएपछि विद्यालयमा केहीबेर तनाव भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।