काठमाडौं– यो सताको पहिलो कारोबार दिनदेखि नै ओरोलो लागेको सेयर बजार अन्तिम कारोबार दिन (शुक्रबार) २०७८.७८ विन्दुमा खुम्चिएर बन्द भएको छ। शुक्रबार सेयर बजार परिसूचक ३३.७६ अंकले घट्यो।
शुक्रबार सेयर बजारमा १ अर्ब ३० करोड ७३ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ। आज नेप्सेमा कूल १२६ कम्पनीको २६ हजार ६९३ कित्ता सेयर किनबेच भएको छ।
सेयर बजार घटे पनि शुक्रबार कारोबारमा आएका २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। शुक्रबार उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो। यसैगरी, बलेफी हाइड्रो पावर कम्पनीको सेयर मूल्य पनि ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लेबलमा कारोबार भएको हो।
शुक्रबार कारोबारमा आएका २० कम्पनीको मात्र सेयर मूल्य बढेको नेप्सेले जानकारी दिएको छ। यसैगरी, १९७ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी ९ कम्पनीको सेयर मूल्य यथावत रहेको छ। आज सबैभन्दा धेरै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घटेको नेप्सेले जानकारी दिएको छ। यस कम्पनीको सेयर मूल्य आज ८ प्रतिशत भन्दा धेरैले घटेको छ।
आज कारोबारमा आएका १३ समूहमा सबै समूहको सेयर मूल्य घटेको छ। आज सबैभन्दा धेरै ट्रेडिङ समूहतर्फको सेयर मूल्य ओरालो लागेको छ। यस समूह तर्फको सेयर मूल्य आज २.५६ प्रतिशतले घटेको छ। आज ६ करोड २३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा रहेको छ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नागरिक लगानी कोष र हिमालयन डिस्टिलरी परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।