काठमाडौं- नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले बढेर रु ९८ हजार ५०० तोकिएको छ।
अघिल्लो दिन सुन प्रतितोला रु ९७ हजार ६०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार कायम भएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार १०० थियो।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार २९० पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस एक हजार ८६७ डलर आसपास कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।