भारत- भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी चम्पावतबाट प्रदेश सभामा निर्वाचित भएका छन्। केही महिनाअघि भएको निर्वाचनमा पराजित भए पनि मुख्यमन्त्री बनेका धामी उपनिर्वाचनबाट विजयी बनेका हुन्।
उनले ५४ हजार १ सय २१ मत प्राप्त गरेका छन्। उनकी प्रतिष्पर्धी कांग्रेसकी निर्मला गहतोडीले ३ हजार ६ सय ७ मत मात्रै प्राप्त गरिन्। पहिलोपटक कांग्रेसका प्रत्यासीको जमानत जफत भएको छ।
यही वर्ष भएको उत्तराखण्डको विधानसभा निर्वाचनमा ७० मध्ये ४७ सिट भारतीय जनता पार्टीले जितेको थियो तर मुख्यमन्त्री धामीले आफ्नो क्षेत्र खटिमामा हार बेहोरेका थिए।
उनले ६ महिनाभित्र निर्वाचित हुनेगरी मार्च २३ मा मुख्यमन्त्रीको शपथ लिएका थिए। त्यसपछि उनलाई चम्पावतबाट विधानसभामा उठाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।