फाइल तस्बिर काठमाडौं– नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले मुल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भइसकेको आरोप लगाएका छन्। सरकार मूल्यवृद्धि नियन्त्रण गर्न असफल भएकाले जनता मारमा परेको उनको भनाइ छ।
प्रतिनिधि सभामा पेस भएको महङ्गी नियन्त्रणसम्बन्धी संकल्प प्रस्तावका सन्दर्भमा शुक्रबारको बैठकमा धारण राख्दै अघिल्लो सरकारको पालामाभन्दा यसपटक दोब्बरले मूल्यवृद्धि भएको बताए।
यसरी मुल्यवृद्धि भइरहनुको कारण पत्ता लगाउन छानबिन समिति बनाउन पनि माग गरे। समग्र मूल्यवृद्धि फिर्ता लिँदै सरकारले जनतालाई थपेको महङ्गी घटाउनुपर्ने उनको माग छ।
पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने स्वचालित प्रणाली १५/१५ दिनमा लागू हुनुपर्नेमा एकै हप्तामा दुई पटक मूल्य बढाएको समेत उनले आरोप लगाए।
‘खेती गर्ने समयमा किसानहरु मल नपाएर हाहाकारमा छन्,’ उनले भने, ‘यस्तो अवस्थामा सरकारले पेट्रोलिय पदार्थमा अचाक्लि मुल्य बढाएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।