काठमाडौं– भारतीय शास्त्रीय संगीतका हस्ती पण्डित भजन सोपोरी गुरुग्रामको निधन भएको छ। चर्चित संतुर वादक सोपोरीको भारतको गुरुग्रामको एक अस्पतालमा निधन भएको हो।
सोपोरीका परिवारका अनुसार उनी केही समय यता अस्वस्थ्य थिए। ७४ वर्ष पुगेका उनी स्वास्थ्य समस्याका कारण संगीतमा पनि विगत केही वर्षदेखि सक्रिय रुपमा देखिएका थिएनन्।
१९४८ मा जन्मिएका सोपोरीले भारतको शास्त्रीय संगीतमा निकै योगदान दिएका छन्। सन् १९९२ मा उनलाई भारतको प्रतिष्ठित पुरस्कार संगीत नाटक अकादमी पुरस्कार दिइएको थियो भने सन् २००४ मा पद्यश्री पुरस्कारमार्फत् सम्मान गरिएको थियो।
सोपोरी भारतका त्यस्ता संगीतकार थिए, जसले संस्कृतदेखि अरबीलगायतका विभिन्न भाषामा चार हजारभन्दा धेरै गीत कम्पोज गरेका छन्।
उनले भनेअनुसार देशको एकताका लागि उनले संगीत गर्थे। उनका चर्चित गीतहरुमा ‘सरफरोशीकी तमन्ना’, ‘कदम कदम बढाए जा’, ‘विजयी विश्व तिरंगा प्यारा’, ‘हम होंगे कामयाब’ लगायत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।