• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १९, २०८३ Tue, Jun 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बलात्कार आरोपी पाण्डेको इन्कारी बयान, आरोप गलत सावित गर्न चुनौती!

सुन्दरी प्रतियोगिताका अन्य सहभागीको पनि बयान लिने तयारी
64x64
नारायण अधिकारी बुधबार, जेठ १८, २०७९  १८:०२
1140x725

काठमाडौं– बलात्कार आरोपमा पक्राउ परेका ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले इन्कारी बयान दिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका पाण्डेले प्रहरीसँगको बयानमा आफूमाथि लागेको आरोप झुटो रहेको दाबी गर्दै आएका छन्। 

सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धी किशोरीले ८ वर्ष अगाडि आफूमाथि बलात्कार भएको घटनाविवरण सार्वजनिक गरेपछि प्रहरीले जेठ ७ गते पाण्डेलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका पाण्डेमाथि अहिले जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।  

पहिलो पटकका लागि ५ दिन र दोस्रो पटकका लागि ७ दिन गरी १२ दिनको म्याद लिएर परिसरले पाण्डेमाथि अनुसन्धान गरिरहेको छ। अनुसन्धानको क्रममा पाण्डेले आफूमाथि लागेको आरोप षड्यन्त्र मात्रै भएको दाबी गर्दै इन्कारी बयान दिएको परिसरका एक प्रहरी अधिकारीले नेपाल लाइभलाई जानकारी दिए।

जेठ ४ गते सामाजिक सञ्जाल टिकटकमार्फत एक किशोरीले सौन्दर्य प्रतियोगिताको आयोजना गरी पाण्डेले आफूमाथि ६ महिनासम्म बलात्कार गरेको भन्दै भिडियो सार्वजनिक गरेकी थिइन्। किशोरीले २० वटा भिडियोमार्फत् ८ वर्षअघि सौन्दर्य प्रतियोगिता आयोजना गर्दा पाण्डेले आफूमाथि बलात्कार गरेको बताएकी थिइन्।

भिडियो सार्वजनिक भएपछि उक्त विषयले सडकदेखि संसदसम्म प्रवेश पाएको थियो। आरोपी पाण्डेलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन दबाब सिर्जना भएको थियो। जेठ ७ गते प्रहरीले पाण्डेलाई स्वयम्भूबाट पक्राउ गरेको थियो।

बलात्कारको कसुरमा अनुसन्धान गरेर मुद्दा चलाउने हदम्याद सकिएकाले प्रहरीले पाण्डेमाथि मानव बेचबिखन तथा ओसारपसारको कसुरअन्तर्गत अनुसन्धान गरिरहेको छ। उक्त घटनामा आसोरपसारको कसुर आकर्षित हुने प्रहरीले जनाएको छ।

मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीलाई पाण्डेले भने आफूमाथि सबै आरोप निराधार रहेको र आफूलाई फसाउने उद्देश्यले यो कुरालाई उछालिएको बयान दिएका छन्। 

‘अब कसरी अगाडि बढ्ने भनेर म वकिलसँग परामर्शको तयारीमा थिए। त्यतिबेलै मलाई पक्राउ गरिएको हो। आरोप लगाएजस्तो बन्धक बनाएर बलात्कार गरेको छैन,’ पाण्डेले आरोप इन्कार गर्दै बयानमा भनेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

सौन्दर्य प्रतियोगिता सम्पन्न भएपछि सक्सेस पार्टीको नाममा एभरेस्ट होटलमा कार्यक्रम गरिएको र उक्त होटलमा आफूमाथि बलात्कार भएको किशोरीको भनाइ छ। उक्त विषयको बारेमा पूर्व मिस नेपाल माल्भिका सुब्बालाई समेत जानकारी गराएकोमा सुब्बाले सहयोग नगरेको किशोरीले बताएकी छन्। 

प्रहरीले सुब्बासँग पनि बयान लिइसकेको छ। सुब्बा उक्त कार्यक्रको कोरियोग्राफर थिइन्। घटनाबारे पीडितले आफूलाई फोनमा जानकारी गराएको र आफैं तनावमा भएकाले पछि कुरा गरौंला भनेको सुब्बाले प्रहरीसमक्ष बयान दिएकी छन्। 

प्रतियोगीसहित अन्यको बयान लिने तयारी
किशोरीमाथि भएको बलात्कारको घटना बारे प्रहरीले सौन्दर्य प्रतियोगिताका अन्य सहभागी र प्रतिस्पर्धीसँग पनि बयान लिने तयारी गरेको छ। एक प्रतियोगी भने बेल्जियममा रहेको भन्ने जानकारी आएपछि प्रहरीले ती प्रतियोगीसँग बयान लिन अहिले सम्भव नरहेको जनाएको छ।

बाँकी रहेका प्रतियोगीहरुको बारेमा बयान लिने काम अघि बढाइने परिसरले बताएको छ। त्यसैगरी यो घटनामा साक्षी हुनसक्ने अन्य व्यक्तिमाथि पनि बयान लिइने प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार यो घटनामा अर्का एक पुरुषको पनि बयान लिइएको छ। तर, प्रहरीले ती व्यक्तिको नाम भने खुलाएको छैन। 

घटनाबारे परिसरका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले भन्छन्, ‘अनुसन्धान भइरहेको छ। अरुभन्दा यो केस अली गम्भीर नै छ। सक्दो प्रमाण जुटाएर प्रहरीले फाइल पेस गर्छ।’

पाण्डेलाई आरोप गलत सावित गर्न चुनौती !
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले मानव बेचबिखन तथा ओसारपसारको कसुरमा आरोपीतलाई नै आरोप गलत सावित गर्नुपर्ने चुनौती दिएको छ। पीडित पक्षले लगाएको आरोपमा थप अनुसन्धान तथा प्रमाण जुटाएर प्रहरीले सरकारी वलिकमार्फत् अदालतमा मुद्दा पेस गर्छ। 
यस्तो कसुरमा जति प्रमाण जुटाएर प्रहरीले आरोपितलाई अदालतमा पेस गर्छ त्योभन्दा बलियो प्रमाण जुटाएर आफू निर्दोष रहेको दलिल पेस गर्ने भार आरोपितलाई हुन्छ।

आफूलाई लागेको आरोप सही होइन भनेर आरोपितले दिएको इन्कारी बयान मात्रै मान्य नहुने ऐनमा व्यवस्था गरिएको छ। ऐनको दफा ९ मा भनिएको कुनै व्यक्तिलाई ऐनअन्तर्गतको कसुर गरेको अभियोग लागेमा सो कसुर आफूले गरेको छैन भन्ने कुराको प्रमाण स्वयं व्यक्ति (आरोपी)ले नै पुर्‍याउनुपर्ने व्यवस्था गरिएको छ। 

मानव बेचबिखन तथा ओसारपसारको अन्तर्गको कसुरमा ठूलो 'र्‍याकेट' हुनसक्ने र एकले अर्कोलाई नचिन्ने तथा एकले अर्को व्यक्तिको भूमिका थाहा नपाउने हुँदा प्रहरी अनुसन्धानबाट मात्रै कसुरको प्रमाण जुटाउन नसकिने देखिएकोले प्रमाणको भार आरोपितमा राखिएको कानुनका जानकाहरु बताउँछन्। त्यसकारण यो कसुरमा पनि पाण्डेले आफूमाथि लागेका आरोपमा एक–एक प्रमाणसहित खण्डन गरी पुष्टि गर्नुपर्ने चुनौती छ।

यो कसुरअन्तर्गत किन्ने, बेच्न वा वेश्यावृतमा लगाउने उदेश्यले नेपाल भित्रै एक ठाउँबाट अर्को ठाउँमा लगेको अवस्थामा १० वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ।

बाल यौन दुरुपयोगमा पनि अनुसन्धान 
पाण्डेबाट आफू पनि पीडित भएको भन्दै अर्की एक किशोरी पनि प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। ती किशोरीको पनि जाहेरी लिएर प्रहरीले पाण्डेमाथि अनुसन्धान अघि बढाएको छ। 

किशोरीले पाण्डेविरुद्ध बाल यौन दुरुपयोगको कसुरमा जाहेरी दिएकी थिइन्। अहिले दुबै मुद्दाको छुट्टा–छुट्टै फाइल बनाएर परिसरले अनुसन्धान अघि बढाइरहेको छ। ‘यो केसमा हिरासतको म्याद एउटै हुन्छ। फाइल भने फरक–फरक मुद्दाको फरक–फकर बनाएर पेस हुन्छ। अहिले दुबै केसलाई हामीले एकैपटक अनुसन्धान गरेर अघि बढाइरहेका छौं,’ परिसरका एक अनुसन्धान अधिकृतले नेपाल लाइभसँग भने।

पाण्डे पक्राउ परेपछि आफू पनि पीडित भएको भन्दै तेस्रो महिला पनि प्रहरीकोमा पुगेकी थिइन्। तर उनले भने जाहेरी नदिएको पाइएको छ। ‘हामीले जाहेरी दिनुस्, अनुसन्धान अघि बढ्छ भनेर काउन्सिल पनि गर्‍यौं। तर, उहाँले जाहेरी दिन मान्नु भएन। अहिले दुईटा मात्रै मुद्दाको अनुसन्धान भइरहेको छ,’ परिसरका एक अधिकारीले भने।

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सप्तकोशी नदीबाट ४ सय ७५ किलो गाँजा बरामद सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा लुकाइ राखेको १६ बोरा गाँजा बराम... मंगलबार, जेठ १२, २०८३
प्रहरीले बुझायो दुर्गा प्रसाईंको अनुसन्धान प्रतिवेदन जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोब... सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ लामडाँडा स्थायी घर घई हाल ललितपुर महानगरपालिका १४ थसिखेल बस्ने ४८ वर्षीया ज्योती कांग्रेस नेता... सोमबार, जेठ ११, २०८३
ताजा समाचारसबै
रास्वपाले भन्यो : सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनायो मंगलबार, जेठ १९, २०८३
रवि लामिछानेले भेटे भारतीय विदेशमन्त्री एस जयशंकरलाई मंगलबार, जेठ १९, २०८३
नेपाल–भारत सीमा विवाद द्विपक्षीय संयन्त्रबाट समाधान गर्ने भारतको स्पष्टीकरण मंगलबार, जेठ १९, २०८३
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धलशमशेरबिच छलफल मंगलबार, जेठ १९, २०८३
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहसँग अदालतले माग्यो ४ लाख १५ हजार रुपैयाँ धरौटी मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन सोमबार, जेठ १८, २०८३
एक खेल अगावै नेपाल एसियन गेम्समा छनोट मंगलबार, जेठ १९, २०८३
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता मंगलबार, जेठ १९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्