काठमाडौं– भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजीलमा मृत्यु हुनेको संख्या कम्तिमा पनि ९१ पुगेको छ। केही दिनयदेखि भारी वर्षा भइरहेको छ।
उत्तरी ब्राजीलको रेसिफ सहर र त्यस वरपरको भारी वर्षामा परेर अधिकांशको ज्यान गएको त्यहाँका अधिकारीहरूले जानकारी दिएका छन् ।
ब्राजीलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परिरहेको छ। अहिले पनि कतिपय स्थानमा बाढीको प्रकोप देखिएको बताइएको छ।
भारी वर्षा र त्यसपछिको बाढीले गर्दा अहिलेसम्म २६ जना स्थानीय नागरिक हराइरहेका उद्धारमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन्।
यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन्। उत्तरी ब्राजीलका विभिन्न १४ वटा नगरपालिकामा गरि ती नागरिकको ज्यान गएको र कम्तिमा पनि पाँच हजार जना विस्थापित हुन पुगेका छन्।
रेसिफ सहरको नजिकै गएको पहिरोमा परेर गएको शनिबार २० जनाको ज्यान गएको थियो। ब्राजीलमा अहिले पनि पानी पर्ने क्रम नरोकिएकाले सतर्कता अपनााउन अनुरोध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।