काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुनको) मूल्य सामान्य घटेको छ। सोमबार तोलामा २०० रुपैयाँले बढेको सुनको मूल्य मंगलबार २०० रुपैयाँले नै घटेको हो।
मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९८ हजार रुपैयाँ प्रतितोला पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ प्रतितोला पुगेको छ।
यसअघि सोमबार छापावाल सुनको मूल्य ९८ हजार २०० र तेजाबी सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ प्रतितोला पुगेको थियो।
मंगलबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार २७० रुपैयाँ पुगेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि सोमबार तोलामा ५ रुपैयाँ बढेर चाँदीको मूल्य प्रतितोला १ हजार २८५ रुपैयाँ पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।