काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले ल्याएको बजेट गोश्वारा भाषामा लेखिएको निबन्धजस्तो भएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दलका तर्फबाट बोल्ने क्रममा पूर्व अर्थमन्त्री पौडेलले यस्तो आरोप लगाएका हुन्।
‘यो बजेट गोश्वारा भाषामा लेखिएको निबन्धजस्तो छ। कार्यक्रम र योजना व्यक्ति र समूह विशेषलाई हो कि भन्ने देखिन्छ,’ उनले आरोप लगाए ‘ अहिलेको विश्व संकटको समयमा कसरी ७ प्रतिशत मुद्रा स्थिति कायम राख्ने कुनै योजना देखिदैन।’
उनले कृषिलाई राष्ट्रिय उत्पादन बनाउने सपना बजेटले देखाएको तर कसरी भन्ने कुनै पनि योजना पेस गर्न नसकेको आरोप लगाए। उनले सरकारको बजेट सफल हुने नदेखिएको भन्दै मसिनो श्वरमा मात्र कृषिको विकास हुने भनिएको टिप्पणी गरे।
‘हाम्रा उत्पादनहरूलाई कसरी निर्यात गर्ने भन्नेबारे केही देखिँदैन,’ उनले भने, ‘नेपालमा आयात हुने कृषि उपजहरूलाई रोक्ने र नेपाली उत्पादनलाई प्राथमिकता दिने नीति पनि स्पष्ट छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।