काठमाडौं– भन्सार विभागले गत वैशाखमा सञ्चालन गरेको भन्सार एजेन्टको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ।
लोकसेवा आयोगसँगको सहकार्यमा सञ्चालन गरिएको परीक्षामा ८६० जना लिखित परीक्षामा उत्तीर्ण भएका छन्।
अब लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थी आगामी असार ५ गतेदेखि हुने अन्तर्वार्तामा सहभागी हुनेछन्।
विभागले भन्सार ऐन बमोजिम ६६० जना एजेन्ट थप गर्न भन्दै २०७७ चैत १६ गते सूचना प्रकाशित गरेको थियो।
तर, पटक पटक रोकिएको भन्सार एजेन्टको परीक्षा गत वैशाखमा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।