बेइजिङ–चीनको राजधानी बेइजिङमा कोरोना संक्रमितहरुले कोरोना नियन्त्रणसम्बन्धी नियम उल्लंघन गर्न थालेका छन्। दैनिक हजारौँले नियम उल्लंघन गर्ने गरेको स्थानीय बासिन्दाले जानकारी दिएका छन्।
क्वारेन्टाइनमा बसेका वा बस्नुपर्ने अवस्थामा रहेकाहरू नै अहिले बाहिर निस्कने गरेको उनीहरूको भनाइ छ।
चीनमा कोरोना संक्रमण फेरि बढ्न थालेपछि पछिल्लो पाँच हप्तादेखि सरकारले आम नागरिकलाई घरभित्रै बस्न अनुरोध गरेको छ।
विषेश गरेर संक्रमित भएकाहरूलाई कोरोना भाइरस नियन्त्रणसम्बन्धी नियमहरूको पालना कडाइका साथ गर्न पनि सरकारी अधिकारीहरूले आह्वान गर्दै आएका छन्।
लामो समयदेखि क्वारेन्टाइनमा बस्नु परेको र बाहिर निस्कन नपाएकोले सरकारी नियम नै उल्लंघन गरी बाहिर निस्कने गरेको उनीहरूले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।