काठमाडौं- सरकारले सातै प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड रुपैयाँ अन्तरसरकारी वित्तीय अनुदान दिने भएको छ।
संघीय सरकारबाट सबैभन्दा धेरै अनुदान बागमती प्रदेशले पाउने भएको छ। सबैभन्दा कम चाहीँ गण्डकी प्रदेशले पाउने भएको छ।
आर्थिक वर्ष २०७९/८० का लागि सरकारले सातै प्रदेशलाई समपूरक, सशर्त, विशेष अनुदान र समपुरक अनुदान पुँजीगत प्रकृतितर्फ अनुदान वितरण गरेको हो।
सबैभन्दा धेरै अनुदान पाउनेमा बागमती प्रदेश छ। अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त सदनमा बजेट पेश गरेका थिए। बजेटको रातो किताबमा प्रदेशहरुले पाउने अनुदानको अंक तोकिएको हाे।
यस्तो छ सातै प्रदेशले पाउने अनुदान (लाखमा )
प्रदेश १- १९०९९१
मधेश प्रदेश- १९१५०९
बागमती प्रदेश- २०३२६६
गण्डकी प्रदेश- १६५४३२
लुम्बिनी प्रदेश- १८४७६४
कर्णाली प्रदेश- १८३०६१
सुदुर पश्चिम प्रदेश- १७५५८३
सातै प्रदेशले समानीकरण अनुदान अन्तर्गत ६१४३२१, सर्शत अनुदान अन्तर्गत ५७१६८२, विशेष अनुदान अन्तर्गत ४५६४३, समपुरक अनुदान अन्तर्गत ६२९६० लाख रुपैयाँ पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।