काठमाडौं– साप्ताहिक कारोबारको पहिलो दिन (सोमबार) सेयर बजार उच्च अंकले ओरालो लागेको छ। संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेपछि पहिलोपटक खुलेको बजार राताम्य भएको हो।
सोमबार सेयर बजार परिसूचक (नेप्से) ५०.३३ अंकले घटेर २१७३.४४ विन्दुमा पुगेको छ। 'क' वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सोमबार १०.३३ अंकले घटेर ४२२.७४ विन्दुमा पुगेको छ।
सोमबार कारोबारमा आएका सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी व्यापार समूहको उपसूचक ३.२२ प्रतिशतले घट्यो।
कूल २२७ कम्पनीको २६ हजार ९४९ कारोबारबाट ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर किनबेच भएको छ। सोमबार समग्र सेयर बजारमा १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।