काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य तोलामा २०० रुपैयाँले बढेको छ। यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ पुगेको छ। तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ पुगेको छ।
यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ थियो।
तोलामा ५ रुपैयाँ बढेर सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार २८५ रुपैयाँ पुगेको छ। यसअघि आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार २८० रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।