काठमाडौं–सरकारले क्यासिनो सञ्चालनका लागि अनुमति लिन पाँच करोड रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरेको छ। सरकारले आर्थिक वर्ष २०७९/८०को बजेटको अर्थसम्बन्धी प्रस्तावमार्फत यस्तो व्यवस्था गरेको हो।
त्यस्तै, आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलका लागि वार्षिक एक करोड पचास लाख रुपैयाँ रोयल्टी तिर्नु पर्ने बजेटमा उल्लेख छ। एउटा इजाजतपत्रबाट एक स्थानमा मात्र त्यस्तो खेल सञ्चालन गर्न पाइनेछ।
रोयल्टी रकम क्यासिनो सञ्चालनका लागि इजाजतपत्र प्राप्त व्यक्ति वा संस्थाले पुस मसान्तभित्र ४० प्रतिशत, चैत मसान्तभित्र ७० प्रतिशत र बाँकी रकम असार मसान्तभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा दाखिला गर्नुपर्ने आर्थिक विधेयकमा उल्लेख छ। सरकारले क्यासिनोहरुलाई व्यवस्थित गर्न यस्तो प्रस्ताव गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।