काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेटबाट आफूहरू उत्साहित भएको बताएका छन्। उत्पादन र कृषिमा जोड दिइएकोले आफूहरू उत्साहित रहेको उनले प्रतिक्रिया दिए।
उनले भने, ‘हामी उत्साहित छौं। किनभने उत्पादनलाई बढी प्रोत्साहन गर्ने भनेको छ। हामीले उठाइरहेका धेरै विषय समेटिएका छ।’ उनले बजेटको सैद्धान्तिक पक्ष कहिल्यै नकारात्मक नहुने बताउँदै कार्यान्वयन हेर्नुपर्ने समेत उल्लेख गरे।
उनले भने, ‘हामीले उठाउँदै आएका साना उद्योगीलाई सरल कर्जा, ठूला उद्योगीलाई जग्गाको हदबन्दीका कुरा, कृषि उत्पादन र बजारीकरण, चिस्यान केन्द्र, रेमिट्यान्स पठाउनेलाई आइपिओ, विदेशी नागरिकले अपार्टमेन्ट किन्न पाउने कुरा र निर्यातमा जोड जस्ता हाम्रा माग सम्बोधन भएका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।