काठमाडौं–सरकारले राष्ट्रसेवक कर्मचारीहरूको तलब वृद्धि गरेको छ। आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुको तलबमा १५ प्रतिशत वृद्धि भएको जानकारी दिएका हुन्। बढेको तलब साउन १ गतेदेखि नै लागू हुनेछ। सरकारले महंगी भत्तालाई पनि निरन्तर दिएको उल्लेख गरेको छ।
सरकारी कर्मचारीअन्तर्गत यसअघि प्राप्त गरेको तलब अनुसार त्यसमा १५ प्रतिशतका हिसाबले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका कर्मचारी, विभिन्न तहका शिक्षकलगायतका कर्मचारीको पनि तलब वृद्धि भएको छ। त्यस्तै स्वास्थ्यलगायतका विभिन्न क्षेत्रका श्रेणी अनुसारका कर्मचारीको पनि तलबमा वृद्धि भएको छ।
कसको कति बढ्याे?
मुख्य सचिव-हालको तलब ६७ हजार १४०, बढेपछिको तलब ७७ हजार २११
सचिव- हालकाे तलब ६२ हजार ६८०, बढेपछि ७२ हजार ८२
सहसचिव- हालकाे ४९ हजार ३८०, बढेपछि ५६ हजार ७८७
उपसचिव-हालकाे ४२ हजार ३८०, बढेपछि ४८ हजार ७३७
शाखा अधिकृत-हालकाे ३६ हजार ९९०, बढेपछि ४३ हजार ६८८
नायब सुब्बा-हालकाे ३० हजार २००, बढेपछि ३४ हजार ७३०
खरिदार- हालकाे २८ हजार ६१०, बढेपछि ३२ हजार ९०१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।