काठमाडौं– सरकारले प्राकृतिक व्यक्ति तथा दम्पतीको आयकर छुटको सीमालाई वृद्धि गरेको छ। आगामी आर्थिक वर्ष ०७९/०८० को बजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका हुन्।
व्यक्तिगत वा परिवारको आधारभूत जीवन निर्वाहलगायतलाई दृष्टिगत गर्दै प्राकृतिक व्यक्ति तथा दम्पतीलाई आयकर ऐन २०५८ ले प्रदान गरेका आयकर छुटको सीमालाई वृद्धि गरेको हो।
अब प्राकृतिक व्यक्ति अर्थात एकल व्यक्तिको हकमा ५ लाख रुपैयाँ र दम्पतीको हकमा ६ लाख रुपैयाँ पु¥याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।