काठमाडौं- सरकारले सेनिटरी प्याडमा ९० प्रतिशत छुट दिने भएको छ। सेनिटरी प्याडमा कर वृद्धिको सार्वजनिक रुपमासमेत बिरोध भएपछि सरकारले बजेटमार्फत् कर कटौती गरेको हो।
देशमै सेनिटरी प्याडका कच्चा पदार्थका लागि १ प्रतिशत मात्रै कर लाग्ने घोषणा सरकारले गरेको छ।
सार्वजनिक निकाय र सरकारी संस्थाले नि:शुल्क वितरण गर्ने सेनिटरी प्याड नेपालमै बनेको हुनुपर्ने पनि भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।