काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा कुनै पनि नयाँ सवारी साधन खरिद नगर्ने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा बजेट पेस गर्दै यस्तो घोषणा गरेका हुन् ।
त्यस्तै पुनःनिर्माण गर्दा पनि सम्भव नहुने सवारी साधनहरू लिलामी गरिने बजेटमा उल्लेख छ। त्यस्तै खर्च कटौतीका लागि सरकारले नीति बनाएर गरिने बजेटमा उल्लेख छ।
आर्थिक अवस्था बिग्रदै गएको र वैदेशिक विनियम सञ्चिति घट्दै गएकोप्रति लक्षित गर्दै सरकारले यस्तो कार्यक्रम ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।