काठमाडौं- सरकारले सामाजिक सञ्जालमा कर लगाउने घोषणा गरेको छ।
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमार्फत उक्त घोषणा गरेको हो।
अर्थमन्त्री जनार्दन शर्माले नेपाल बाहिरबाट विद्युत्तिय सञ्जाल प्रयोग गरी नेपालभित्र आर्थिक क्रियाकलाप सञ्जालन हुने क्रम बढ्दै गएकाले यस्ता कारोबारलाई करको दायरमा ल्याउने व्यवस्था मिलाएको बताए। फेसबुक,भाइबरलगायतका समाजिक सञ्जाललाई लक्षित गर्दै सरकारले यस्तो घोषणा गरेको ह।
यसअघि पनि सामाजिक सञ्जालमा कर लगाउने विषय पटकपटक उठ्दै आएको थियो।
सरकारले नीति तथा कार्यक्रममा पनि यो विषय समावेश गरेको थियो। पछिल्लो समय फेसबुकलगायत सामाजिक सञ्जालमार्फत विभिन्न माध्यमहरुबाट रकम विदेशमा गएको भन्दै सरकारले कर लिने जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।