काठमाडौं– सरकारी स्वामित्वका रुग्ण ८ उद्योगलाई सरकारले ुउपयुक्त ढाँचामा सञ्चालनमा ल्याउने घोषणा गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
सरकारले जनकपुर चुरोट कारखाना, कृषि औजार कारखाना, गोरखकाली रबर उद्योग, ओरियन्ट एण्ड म्याग्नेसाइट मेटल कम्पनी, विराटनगर जुट मिल, वीरगन्ज चिनी कारखाना, हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याउने तयारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।