काठमाडौं- सरकारले बजेटमा चितवनलाई विशेष महत्व दिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रसमेत रहेको चितवनलाई केन्द्रमा राखेर तीन द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेको छ।
आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं-चितवन एक घण्टामै पुग्न सकिने चन्द्रागिरी, पालुङ, चित्लाङ, चितवन द्रुतमार्ग घोषणा गरेका छन्।
यसैगरी चितवन, रामपुर, बुटवल जोडिने अर्को द्रूतमार्ग घोषणा गरिएको छ भने चितवन, रामपुर र पोखरा द्रुतमार्ग बनाउन लगानी बोर्डमार्फत् प्रक्रिया थाल्ने घोषणासमेत बजेटबाट गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।